Washington DC, US : June 4, 2026, Thursday 02:14 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पमाथि आफ्नै पार्टीको दबाब बढ्यो : इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको ऐतिहासिक कदम, नेतन्याहूसँग सम्बन्धमा पनि दरार|इरान-अमेरिका तनाव फेरि चुलियो : होर्मुज क्षेत्रमा मिसाइल आक्रमण, वार्ता स्थगित|घमण्ड र अहंकारका बेलुन केपी ओली गुन्डु पुग्दा पनि अझै सुध्रिएनन, अझै पनि झुट कै खेती|फिफा विश्वकप २०२६ : ४८ राष्ट्रका अन्तिम टोली सार्वजनिक|प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै विकृति–विसङ्गतिप्रति ‘शून्य सहनशीलता’ नीति अपनाउन मातहत अदालत र न्यायाधीशका लागि निर्देशन जारी गरे|अमेरिका–इरानबीच फेरि हवाई आक्रमण, होर्मुज नजिक तनाव चर्कियो; शान्ति सम्झौता अझै अन्योलमा|अमेरिकी बमबारीपछि पनि इरानको क्षेप्यास्त्र शक्ति कायम, भूमिगत अड्डाहरू पुनः सञ्चालनमा|Breaking News : फ्रान्सभर हिंसा, २१९ घाइते, ७८० जना पक्राउ|हिजो एमाले कांग्रेसले पेल्थे, आज रास्वपा पेल्दैछ बहुमतका नाममा !|प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति र घोर भर्त्सना

वरिष्ठ लोकगायक, कलाकार, साहित्यकार तथा पत्रकार रामप्रसाद खनाललाई पोखरामा विशेष सम्मान

  NepalMother.com | ३१ बैशाख २०८३, बिहीबार २१:३०

पोखरा / नेपाली लोकसंगीत, साहित्य तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका वरिष्ठ लोकगायक, कलाकार, साहित्यकार तथा पत्रकार रामप्रसाद खनाललाई पोखरामा विशेष सम्मान गरिएको छ। चार दशकभन्दा बढी समय देखि नेपाली भाषा, कला, संस्कृति र लोकसंगीतको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएका खनाललाई पोखराका विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाहरूले संयुक्त रूपमा सम्मान गरेका हुन्।

पोखरामा आयोजित एक विशेष कार्यक्रममा खनाललाई प्रमुख अतिति प्राज्ञ, बरिष्ठ लोक गायिका, साहित्यकार हरिदेबी कोइरालाले सम्मानपत्र, दोसल्ला तथा मायाको चिनोसहित सम्मान, अभिनन्दन गरेकी थिइन। त्यसै गरि पोखराका का ६ भन्दा बढी संघ संस्थाका तर्फबाट संस्थाका प्रमुख हरुले खनाल लाई सम्मान गरेका थिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्ब कुलपति सरु भक्त समेत को बिशेष उपस्थितिमा आयोजित कार्यक्रमको सभापतित्व स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष एबम अग्रज पत्रकार कृष्ण बास्तोला, संचालन लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पौडेलले गरेका थिए भने स्वागत भाषण गर्दै सम्मानित व्यक्तित्व खनालका बारेमा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालले प्रकाश पारेका थिए।

कार्यक्रममा सहभागी वक्ताहरूले विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य, कला, संस्कृति, पत्रकारिता, समाजसेवा, नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न खनालले खेलेको भूमिका अत्यन्त प्रेरणादायी रहेको बताएका थिए।

सम्मान कार्यक्रममा बोल्दै वक्ताहरूले नेपाली लोकसंगीतलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन खनालले उल्लेखनीय योगदान दिएको उल्लेख गरे। उनीहरूले नेपाली भाषा, साहित्य र पत्रकारितामार्फत प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो मातृभूमिसँग जोड्न खनाल सफल भएको धारणा व्यक्त गरे।

कार्यक्रममा खनालले आफूलाई गरिएको सम्मानले थप जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिए। उनले पोखरा आफूलाई अत्यन्त प्रिय लाग्ने सहर भएको उल्लेख गर्दै पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र यहाँका सर्जकहरूप्रति सदैव सम्मान रहेको बताए। “ भौतिक रुपमा विदेशमा रहे पनि म र मेरो मन सधै नेपालमै छ,” खनालले भने, “नेपाली गीत-संगीत र साहित्यलाई विश्वभर चिनाउने अभियानमा आगामी दिनमा अझ सक्रिय भएर लाग्नेछु।”

उनले प्रवासमा बसेर नेपाली कला र संस्कृतिको संरक्षण गर्नु चुनौतीपूर्ण भए पनि नेपाली समुदायको माया र साथले आफूलाई निरन्तर प्रेरणा मिलिरहेको बताए। साथै उनले पोखराका अग्रज कलाकार, साहित्यकार र पत्रकारहरूबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको स्मरण गरे।

कार्यक्रममा विभिन्न साहित्यिक, सांगीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नेपाली लोकसंस्कृतिको संरक्षणमा नयाँ पुस्तालाई समेत जोड्न आवश्यक रहेकोमा जोड दिएका थिए।

सम्मान कार्यक्रमको आयोजना लेखनाथ साहित्य प्रतिष्ठान, अली मियाँ लोकवार्षिक प्रतिष्ठान तथा हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषलगायत संस्थाहरूको सहकार्यमा गरिएको थियो । कार्यक्रममा सांगीतिक तथा साहित्यिक क्षेत्रका व्यक्तित्वहरूले खनालको योगदानबारे चर्चा गर्दै उनलाई शुभकामना दिएका थिए।

May be an image of text

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।