Washington DC, US : June 8, 2026, Monday 03:59 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|वरिष्ठ लोकगायिका तथा साहित्यकार हरिदेवी कोइरालाको कविता सङ्ग्रह ‘मायाको भूगोल’ लोकार्पण|Cartoon|युक्रेन युद्ध अन्त्यका लागि युरोपेली शक्तिहरूको पाँच सूत्रीय प्रस्ताव, अमेरिकाको सहभागिता अपरिहार्य रहेको जोड|फिलिपिन्सको दक्षिणी क्षेत्रमा शनिबार बिहान शक्तिशाली भूकम्प गएपछि प्रशान्त क्षेत्रका धेरै देशहरूमा सुनामीको चेतावनी जारी|रास्वपाको संगठन विस्तारमै संकट : जिल्ला अधिवेशन विवादले पार्टीभित्र बढायो असन्तुष्टि|प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सत्ता लाई आच्छु आच्छु पार्दै ‘कक्रोच जनता पार्टी’|नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने सहमति|भैरब अर्यालको मन छुने कविता|इरान – अमेरिका युद्धविराम संकटमा, खाडी क्षेत्रमा नयाँ तनाव; लेबनानमा इजरायली आक्रमण झन् तीव्र|प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको खबरदारी सभा, माफी माग्न माग

अवरोध, बहिष्कार र आरोप–प्रत्यारोपबीच नीति तथा कार्यक्रम पारित

  NepalMother.com | ३१ बैशाख २०८३, बिहीबार २०:४८

काठमाडौं / सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित भएको छ। राष्ट्रियसभाले सहज रूपमा अनुमोदन गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा भने तीव्र राजनीतिक विवाद, विपक्षी दलको बहिष्कार र निरन्तर अवरोधका बीच पारित भएको हो।

प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह स्वयं उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले बुधबारदेखि नै संसद् अवरुद्ध गरेका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री अनुपस्थित रहँदा नीति तथा कार्यक्रममाथिको प्रक्रिया अघि बढाउन नहुने अडान राखेका थिए।

तर बिहीबार परिस्थिति केही बदलिएको देखियो। बिहानदेखि दिनभर नीति तथा कार्यक्रममाथि छलफल चल्दा विपक्षी दलहरूले प्रत्यक्ष अवरोध गरेनन्। सांसदहरूले धारणा राख्ने क्रम जारी रह्यो र सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफको तयारी अघि बढाउनुभयो। तर जब नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रिया सुरु भयो, विपक्षी दलहरू फेरि आक्रामक बने। उनीहरूले प्रधानमन्त्री सदनमा उपस्थित नभई प्रक्रिया अगाडि बढाउन नमिल्ने भन्दै नाराबाजी र विरोध जनाए। त्यसपछि सभामुख डिपी अर्यालले केही समयका लागि बैठक स्थगित गर्नुपरेको थियो।

स्थगनपछि पनि सहमति जुट्न नसकेपछि सभामुखले अवरोधकै बीच प्रक्रिया अघि बढाउँदै नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो। यससँगै सरकारलाई अब आगामी आर्थिक वर्षको बजेट ल्याउने संवैधानिक बाटो खुला भएको छ।

सरकारको बचाउ गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक सुधार, समावेशी विकास र शासकीय सुधारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो। उहाँले संसद्मा उठेका सुझाव र सयबुँदे शासकीय सुधार कार्यक्रमलाई ध्यानमा राखेर आगामी बजेट तयार गरिने जानकारी दिनुभयो।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर संसद्मा तीव्र राजनीतिक बहस समेत देखियो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको आरोप लगाए भने सत्तापक्षले नियमावलीअनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा तोकिएको मन्त्रीले जवाफ दिन सक्ने व्यवस्था स्पष्ट रहेको तर्क प्रस्तुत गर्‍यो। प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार प्रधानमन्त्री अनुपस्थित भएमा उनले तोकेको मन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन सक्ने कानुनी व्यवस्था रहेको सत्तापक्षको भनाइ थियो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को गरिमा कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ। कांग्रेसका सचेतक निश्कल राईले दुईतिहाइ नजिकको शक्ति प्रयोग गरेर संसद्लाई कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गर्नुभयो। उहाँले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने लोकतान्त्रिक अभ्यासबाट सरकार पछि हटेको आरोप लगाउनुभयो।

नेकपा एमालेले पनि प्रधानमन्त्री शाहमाथि संसद्को अपमान गरेको आरोप लगायो। एमाले प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले लोकतान्त्रिक अभ्यासभन्दा “बालेनतन्त्र” निर्माण गर्न खोजेको आरोप लगाउँदै संसद्को निरन्तर उपेक्षा भइरहेको टिप्पणी गर्नुभयो।

त्यस्तै नेकपाका सांसद मातृका यादवले प्रधानमन्त्रीलाई “संशोधन” शब्दसँग नै असहजता भएको जस्तो देखिएको टिप्पणी गर्नुभयो। उहाँले संवाद र सहकार्यको राजनीतिक संस्कार कमजोर बन्दै गएको भन्दै सरकारलाई आलोचना गर्नुभयो।

राप्रपाले प्रधानमन्त्री संसद्मा उपस्थित हुनु जनताप्रतिको उत्तरदायित्व भएको बताएको छ। राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने भन्दै प्रधानमन्त्रीले सदनमा आएर प्रत्यक्ष जवाफ दिनुपर्ने धारणा राख्नुभयो।

यता सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले भने प्रधानमन्त्री उपस्थित नहुनुलाई “परम्पराको क्रमभंगता” का रूपमा लिन सकिने तर्क गर्दै सरकारको बचाउ गर्नुभयो।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor