Washington DC, US : September 8, 2026, Tuesday 09:26 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बाढी प्रकोप सहयोगार्थ रोटरी क्लवको सहयोग हस्तान्तरण अभियान|दिल्ली विश्वविद्यालय नजिक विद्यार्थी बस्ने भवन भत्किँदा कम्तीमा ६ जनाको मृत्यु, अझै केही पुरिएको आशंका|अमेरिकाको मियामी विमानस्थलमा अमेजन प्राइम एयरको कार्गो विमान दुर्घटना, पाँचको मृत्यु, पाँच घाइते|रूस युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी प्रयास फेरि निर्णायक कूटनीतिक चरणमा प्रवेश|नेपालमा रसुवाबाट शुरु भएको बाढीको पछिल्लो अपडेट यस्तो छ !|नौ दिन सम्म न सास न लाश , तनाब र पीडाकावीच दाहसंस्कार, पशुपति, देबघाट, त्रिबेणी, रिडी देखि नारायणघाटमा आशुको भेल बग्यो|Breaking News : विश्व ‘चरम मौसमको खतरा क्षेत्र’ मा प्रवेश|नेपालमा रसुवा बाढी प्रकरणको नालीबेली, खतरा कति ?|एनआरएनएको राहत तथा मानवीय अभियान सातौँ दिन पनि जारी|१,२०४ शव तथा मानव अवशेष फेला, अझै ४,२१६ जना सम्पर्कविहीन

Breaking News : साउदी अरेबियामा वैदेशिक रोजगारीका लागि गएका ७ सय ४८ जना नेपाली विभिन्न मुद्दामा जेलमा - बिष्णु घिमिरे, साउदी अरब

  NepalMother.com | २८ माघ २०८२, मंगलवार ०७:३८

साउदी अरेबियामा वैदेशिक रोजगारीका लागि गएका ७ सय ४८ जना नेपाली विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन्। राम्रो भविष्यको आशामा साउदी पुगेका नेपालीहरू स्थानीय कानुनविपरीत गतिविधिमा संलग्न हुँदा जेलमा परेका हुन्। अधिकांश नेपाली मदिरा उत्पादन, सेवन तथा बिक्री–वितरणसम्बन्धी अभियोगमा पक्राउ परेका बताइएको छ।

साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सिलर कबिराज उप्रेतीले उपलब्ध गराएको विवरणअनुसार ३ सय ४५ जना नेपाली मदिरा उत्पादन, सेवन र ओसारपसारको आरोपमा जेलमा छन्। यस्तै ४३ जना लागुऔषध ओसारपसार, १२ जना चोरी, १६ जना वेश्यावृत्ति, १५ जना तोडफोड, ४ जना घुसखोरी, ७ जना हत्या, ५ जना नियम उल्लङ्घन तथा अन्य विभिन्न गतिविधिमा संलग्न रहेको आरोपमा २ सय ९८ जना जेलमा रहेको बताए।

उनका अनुसार हाल जेलमा रहेका नेपालीमध्ये ३ सय ४१ जनालाई अदालतबाट फैसला भइसकेर सजाय भोगिरहेका छन् भने ४ सय ७ जनाको मुद्दाको फैसला आउन बाँकी छ। यस्तै विभिन्न कारणले ७ जना नेपाली कोमाको अवस्थामा उपचाररत रहेका छन् भने अन्य कारणले ज्यान गुमाएका ८ जना नेपालीको शव स्वदेश पठाउने प्रक्रिया अगाडि बढाइएको उनले बताए।

नेपाली कार्यवाहक राजदूत सिर्जना अधिकारीले साउदी अरेबियामा कार्यरत नेपाली श्रमिक सयौँको सङ्ख्यामा जेल पर्नु दुःखद र चिन्ताजनक भएको बताइन्। उनले घरेलु मदिरा उत्पादन, बिक्री–वितरण तथा ओसारपसारजस्ता गतिविधि साउदीमा गम्भीर अपराध हुने भन्दै यस्ता कार्यबाट टाढा रहन नेपाली श्रमिकलाई आग्रह गरिन्। साउदीको कानुन उल्लङ्घन गर्दा भोग्नुपर्ने कडा सजायबारे सबै नेपाली सचेत हुनुपर्ने उनले बताइन्।

दूतावासले श्रमिकलाई कानुनी प्रक्रिया र स्थानीय नियमबारे जानकारी दिँदै समस्या परेमा तत्काल दूतावास वा सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गर्दै आएको जनाएको छ। साथै कानुनको पालना गर्न, मर्यादा र शिष्टाचारमा रही काम गर्न र कुनै पनि अवैध गतिविधिमा संलग्न नहुन बारम्बार सचेत गराउँदै आएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार विभिन्न कारणले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा हालसम्म ६ हजार ५ सयभन्दा बढी एक्जिट भिसा प्राप्त गरी स्वदेश फिर्ता भइसकेका छन् भने केहीको प्रक्रिया अझै जारी छ। विभिन्न समस्या भोगेर अलपत्र परेका २३ जना नेपाली हाल दूतावासको सेल्टरमा रहेका छन् र उनीहरूको स्वदेश फिर्ताका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

साउदीमा मदिरा सेवन र बिक्री–वितरण पूर्ण रूपमा गैरकानुनी र दण्डनीय हुँदाहुँदै पनि नेपालीहरूले यसलाई बेवास्ता गर्दा ठूलो समस्यामा परेको दूतावासको भनाइ छ। पछिल्लो समय अवैध रूपमा काम गर्ने नेपालीको संख्या पनि दिनानुदिन बढ्दै गएको जनाइएको छ।

साउदी अरेबियामा करिब चार लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ। तीमध्ये ३ लाख २० हजारभन्दा बढी नेपाली वैधानिक रूपमा कार्यरत छन् भने बाँकी अवैध रूपमा काम गरिरहेको पाइएको छ। रोजगारीका लागि आउने नेपालीको संख्या बढ्दै जाँदा श्रम सम्झौताभन्दा बढी कमाइको लोभमा परेर कानुनविपरीत काम गर्ने र समस्या आएपछि कम्पनी छोडेर भाग्ने प्रवृत्ति बढेको बताइएको छ।

साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबाट अनौपचारिक रूपमा प्राप्त जानकारीअनुसार करिब ११ हजार नेपाली कामदार अवैध रूपमा कार्यरत छन् भने सयौँ नेपालीको यकिन तथ्याङ्क अझै प्राप्त हुन सकेको छैन। पछिल्लो समय दुई देशबीच भएको श्रम सम्झौतापछि अवैध रूपमा कार्यरत नेपालीको उद्धार र स्वदेश फिर्ताका लागि समन्वय हुने विश्वास लिइएको छ।

यसैबीच, साउदीस्थित नेपाली दूतावासले श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सेवा पनि सुरु गरेको छ। अब श्रम नवीकरणका लागि नेपाल फर्किनुपर्ने बाध्यता हटाएर साउदीबाटै अनलाइन माध्यममार्फत श्रम स्वीकृति नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। हालसम्म पाँच हजारभन्दा बढी नेपालीले श्रम नवीकरण गरिसकेको दूतावासले जनाएको छ।

श्रमिकको आवेदन प्रक्रिया सहज र पारदर्शी बनाउन दूतावासले स्पष्ट कार्यविधि तोकेको छ। श्रम नवीकरणका लागि राहदानी, साउदीको वैध आवासीय अनुमति पत्र (अकामा), नेपालमा गरिएको म्यादी जीवन बीमा, सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण तथा हाल कार्यरत कम्पनीसँगको करार सम्झौता अनलाइनमा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ।

पछिल्लो समय दूतावासले साउदीमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गर्दै सचेतनामूलक हाते पुस्तिका पनि वितरण गर्दै आएको छ। उक्त पुस्तिकामा साउदी आउँदा जान्नुपर्ने कुरा, पालना गर्नुपर्ने नियम, श्रमिकका कर्तव्य, दूतावासले दिने सेवा र यहाँको कानुनबारे विस्तृत जानकारी समेटिएको छ। साथै दूतावासमा राखिएको सूचना पेटिकामा सयौँ नेपालीले गुनासो पत्र दर्ता गराएको र ती गुनासोका आधारमा उद्धार तथा सहायताका प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ।

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor