Washington DC, US : February 10, 2026, Tuesday 05:37 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|रूसको सैन्य शक्ति गम्भीर रूपमा क्षतिग्रस्त, सैन्य संयन्त्र पुनर्निर्माण गर्दै|नेपालमा भ्रष्टाचार कायमै रहेको अन्तर्राष्ट्रिय सर्वेक्षण प्रतिबेदन|लाज शरम पनि मरेको हो ?!|Breaking News: तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा ज्यान गुमाउनेको संख्या १२, ९ जनाको सनाखत, ३ जनाको परिचय खुल्न बाँकी|जाँचबुझ आयोगको म्याद थपप्रति सत्य र न्यायको खोजी अभियानको आपत्ति|Breaking News : साउदी अरेबियामा वैदेशिक रोजगारीका लागि गएका ७ सय ४८ जना नेपाली विभिन्न मुद्दामा जेलमा|नेपाली सम्पर्क विभाग साउदी अरेबियाको दोस्रो अधिवेशन सम्पन्न|जाँचबुझ आयोगको कार्यकाल २५ दिन बढाउने निर्णय, ओलीले काठमाडौंमा जनविश्वास गुमेपछि बालेन्द्र झापातिर आएको टिप्पणी|कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केपी शर्मा ओली र बालेन्द्र साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको बताए|सर्वोच्च अदालतको संवैधानिक इजलासले चेक बाउन्सलाई आपराधिक दायराबाट कमजोर बनाउने प्रयासमा रोक

जाँचबुझ आयोगको कार्यकाल २५ दिन बढाउने निर्णय, ओलीले काठमाडौंमा जनविश्वास गुमेपछि बालेन्द्र झापातिर आएको टिप्पणी नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता देखिन सक्ने बताए

  NepalMother.com | २७ माघ २०८२, सोमबार ०९:१८

सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगलाई थप समय दिएको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकाल २५ दिन बढाउने निर्णय गरेको सरकारले जनाएको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन पूरा गर्न समय अभाव देखिएपछि आयोगको म्याद थपिएको बताए। उनले आयोगले तथ्यमा आधारित प्रतिवेदन तयार गर्न थप समय आवश्यक परेको बताए।

यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा जनविश्वास गुमेपछि बालेन्द्र शाह झापातिर आएको टिप्पणी गरेका छन्। सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नै जिल्लाबाट चुनाव लड्न आँट नगर्नु आफैंमा प्रश्नको विषय भएको बताए।

अध्यक्ष ओलीले काठमाडौंबाट निर्वाचित भइसकेको व्यक्ति फेरि त्यहीँबाट उम्मेदवार बन्न नसक्नुको कारण जनताको विश्वास नरहनु भएको दाबी गरे। उनले भने, काठमाडौंमा जितिसकेको मान्छेले फेरि त्यहीँबाट उठ्ने आँट नगरेर झापातिर आउनु भनेको जनताको भरोसा कमजोर भएको संकेत हो।

ओलीले पछिल्लो समय समाजमा मधेशी–पहाडी जस्ता विभाजनकारी बहस बढ्दै गएकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले सामाजिक न्याय र समानताको आधारमा राष्ट्रिय एकता बलियो बनाउनुपर्ने बताए। जातको नाममा राजनीति गर्नु गलत भएको भन्दै उनले देश जातले होइन, विचार, नीति, योजना र संकल्पले बन्ने बताए।

उनले भने, कुन जातको उम्मेदवार हो भनेर देश बन्दैन। देश बनाउने कुरा भनेको दृष्टिकोण, नीति र इमानदार प्रयास हो।

उता, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता देखिन सक्ने बताएका छन्। क्लिकमाण्डुले आयोजना गरेको ‘जेन–जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले फ्रान्स र चीनका क्रान्तिको उदाहरण दिँदै यस्तो धारणा राखेका हुन्।

गभर्नर पौडेलले आर्थिक वृद्धिको प्रारम्भिक चरणमा स्थायित्व देखिए पनि वृद्धि तीव्र हुँदै जाँदा अवसरको असमान वितरणले असन्तुष्टि जन्माउने बताए। उनले नेपालमा उदारीकरण नीतिका कारण केही व्यक्ति धनी बन्दै गएको तर त्यसको स्पष्ट व्याख्या नहुँदा समाजमा प्रश्न उठिरहेको बताए।

उनले नवप्रवर्तनमा आधारित सम्पत्ति आर्जनभन्दा लाइसेन्स र आयातमा आधारित ढंगले धनी बन्ने प्रवृत्ति नेपालमा अस्वाभाविक देखिएको बताए। उनले भने, कसैले कसरी लाइसेन्स पायो र आफूले किन पाउन सकेन भन्ने प्रश्नले असन्तोष बढाएको छ।

गभर्नर पौडेलले आर्थिक उदारीकरणसँगै त्यसका सामाजिक प्रभावबारे सचेत हुनुपर्ने बताए। उनले आर्थिक वृद्धिलाई समावेशी बनाउन र अवसरको न्यायोचित वितरण सुनिश्चित गर्न सके समाजमा विद्रोह र अस्थिरताको जोखिम कम गर्न सकिने बताए।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।