Washington DC, US : February 8, 2026, Sunday 05:48 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

नेपाली विद्यार्थीले विदेशमा उच्च शिक्षा हासिल गर्न जाँदा लगे ६७ अर्ब चालु आर्थिक वर्षको पहिलो छ महिनामा रेमिट्यान्समा ऐतिहासिक वृद्धि : १० खर्ब ६२ अर्ब ९३ करोड

  NepalMother.com | २१ माघ २०८२, मंगलवार २०:०४

काठमाडौं। विदेशमा उच्च शिक्षा लिन जाने नेपाली विद्यार्थीको बढ्दो खर्चले देशको सेवा खातामा दबाब थपिएको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पुससम्म आइपुग्दा खुद सेवा आय ४१ अर्ब ५५ करोड रुपैयाँले घाटामा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २९ अर्ब ४७ करोडको घाटाभन्दा उल्लेख्य रूपमा बढी हो। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको तथ्यांकअनुसार सेवा खाताभित्र भ्रमण आय सामान्य रूपमा बढे पनि व्यय तीव्र गतिमा बढ्दा समग्र घाटा गहिरिएको हो। समीक्षा अवधिमा भ्रमण आय ०.८ प्रतिशतले वृद्धि भई ४२ अर्ब २१ करोड पुगेको छ भने भ्रमण व्यय ४.२ प्रतिशतले बढेर एक खर्ब पाँच अर्ब ५६ करोड रुपैयाँ नाघेको छ। यसमध्ये शिक्षासम्बन्धी खर्च मात्र ६७ अर्ब ४७ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ५६ अर्ब ७७ करोडको तुलनामा ठूलो उछाल हो।

रेमिट्यान्समा ऐतिहासिक वृद्धि

चालु आर्थिक वर्षको पहिलो छ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढ्दै १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स वृद्धि दर ४.२ प्रतिशत मात्र थियो। पुस महिनामै एक खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको पुसको तुलनामा निकै उच्च हो। वैदेशिक रोजगारीतर्फ जाने प्रवृत्ति पनि बलियो देखिएको छ। समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ६ हजार नाघेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९४ हजारभन्दा बढी पुगेको छ।

प्रत्यक्ष वैदेशिक लगानी र बाह्य स्थिति सबल

समीक्षा अवधिमा इक्विटीमार्फत आठ अर्ब १७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन गत वर्षको सोही अवधिभन्दा बढी हो। यससँगै शोधनान्तर स्थिति पाँच खर्ब एक अर्ब रुपैयाँभन्दा बढी बचतमा पुगेको छ। अमेरिकी डलरमा पनि शोधनान्तर बचत तीन अर्ब ५४ करोड पुगेको देखिन्छ। विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बलियो बनेको छ। २०८२ असारमा २६ खर्ब ७७ अर्ब रुपैयाँ रहेको सञ्चिति पुसमा बढेर ३२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। यसले २१ महिनाभन्दा बढीको वस्तु आयात र १८ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमतामा पुगेको केन्द्रीय बैंकले जनाएको छ।

महँगी ऐतिहासिक रूपमा न्यून

पुस महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको ५.४१ प्रतिशतको तुलनामा झन्डै आधा हो। खाद्य तथा पेय पदार्थ समूहमा मूल्य घट्दा (ऋणात्मक मुद्रास्फीति) गैर–खाद्य तथा सेवा समूहमा भने ३.८१ प्रतिशतको वृद्धि देखिएको छ। प्रदेशगत रूपमा मधेस र कोशी प्रदेशमा मुद्रास्फीति तीन प्रतिशतभन्दा माथि देखिएको छ भने कर्णाली र सुदूरपश्चिममा न्यून स्तरमा सीमित छ। काठमाडौं उपत्यकामा मुद्रास्फीति २.४८ प्रतिशत रहेको छ।

व्यापार: निर्यात बढ्यो, आयात अझै भारी

छ महिनामा निर्यात ४३.८ प्रतिशतले बढेर एक खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। भारत र अन्य मुलुकतर्फको निर्यातमा उल्लेख्य वृद्धि भए पनि चीनतर्फको निर्यात भने तीव्र रूपमा घटेको छ। भटमास तेल, अलैंची, पाम तेल, जुटका सामान र जुत्ताचप्पलको निर्यात बढेको देखिन्छ। यस अवधिमा आयात १४.२ प्रतिशतले बढ्दै नौ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। भारत, चीन र अन्य मुलुकबाट आयात क्रमशः बढ्दो क्रममा रहे पनि कुल व्यापार घाटा अझै गहिरिँदै सात खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।