Washington DC, US : November 13, 2026, Friday 11:55 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|‘मह’ जोडी : नेपाली कला इतिहासका दुई अमर नक्षत्र|अमेरिकाका आजका प्रमुख समाचारहरु|नेपालमा सडक दुर्घटनाको भयावह अबस्था : वर्षमा झन्डै ३० हजार दुर्घटना, दैनिक सात जनाभन्दा बढीको मृत्यु|Breaking News : इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको घोषणा|अमेरिका र इजरायलको आक्रमणपछि इरानले देखायो भूमिगत ‘मिसाइल सिटी’|देशविदेशमा उल्लास पूर्वक भाइटीका मनाइँदै|Breaking News : ममता काफ्ले भट्ट हत्या प्रकरणमा ऐतिहासिक फैसला, पति नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर|“यो भारत होइन, अमेरिका हो ! सभ्य बनौँ, सुध्रौँ, आफ्नो संस्कृतिको सम्मान गरौँ तर अरूलाई दुःख नदिऔँ !”|आजका संसारभरका मुख्य मुख्य समाचारहरु यस्ता छन !|११८औँ देवकोटा जयन्तीमा ‘हिमालको आवाज’ लोकार्पण

अमेरिकाले हमला गर्‍यो भने अमेरिका, इजरायल र आक्रमणकारीलाई समर्थन गर्ने सबै इरानको निशानामा पर्ने चेतावनी

  NepalMother.com | १६ माघ २०८२, बिहीबार ०९:३२

मध्यपूर्व क्षेत्रमा तनाव चुलिँदै गएको बेला इरान का एक उच्च अधिकारीले अमेरिकाले इरानमाथि सैन्य आक्रमण गरे त्यसलाई युद्धको सुरुवात मानिने र त्यसको अभूतपूर्व प्रतिक्रिया हुने कडा चेतावनी दिएका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का पूर्वसचिव तथा सर्वोच्च नेता अली खामेनेई का राजनीतिक सल्लाहकार अली शम्खानी ले भनेका छन् कि यदि अमेरिकाले हमला गर्‍यो भने अमेरिका, इजरायल र “आक्रमणकारीलाई समर्थन गर्ने सबै” इरानको निशानामा पर्नेछन्। शम्खानीले सामाजिक सञ्जाल एक्समा फारसी र हिब्रु भाषामा लेख्दै “सीमित अमेरिकी आक्रमण भन्ने कुरा भ्रम मात्र हो” भन्दै कुनै पनि स्तरको अमेरिकी सैन्य कारबाहीलाई युद्धको आरम्भ मानिने बताएका छन्।

उनका अनुसार यस्तो अवस्थामा प्रतिक्रिया तत्काल, व्यापक र अहिलेसम्मकै अभूतपूर्व हुनेछ। उनले विस्तृत विवरण नदिए पनि इजरायलको राजधानी तेल अभिभ नजिकैसम्म आक्रमण हुन सक्ने संकेत दिएका छन्। यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रमुख मार्को रुबियो ले अमेरिकी सिनेटको सुनुवाइमा मध्यपूर्व क्षेत्रमा करिब ४० हजार अमेरिकी सैनिक तैनाथ रहेको र ती इरानी मिसाइल तथा ड्रोनको पहुँचभित्र रहेको बताएका छन्।

रुबियोले इरानमा सत्ता परिवर्तन भए कसले नेतृत्व गर्ने भन्ने विषय अनिश्चित रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग आत्मरक्षाका नाममा पूर्व–आक्रमण गर्ने विकल्प पनि रहेको उल्लेख गरेका छन्। ट्रम्पले हालै इरानविरुद्ध पुनः सैन्य चेतावनी दोहोर्याएका थिए। यसअघि उनले युएसएस अब्राहम लिंकन विमानवाहक युद्धपोतको नेतृत्वमा रहेको अमेरिकी नौसैनिक “आर्माडा” लाई मध्यपूर्वतर्फ पठाउने आदेश दिएका थिए, जसले चाँडै सैन्य अभ्यास गर्ने बताइएको छ।

यो अवस्था त्यतिबेला आएको हो, जब ट्रम्पले इरान वाशिङ्टनसँग सम्झौताका लागि तयार रहेको बताएका थिए। विश्लेषकहरूका अनुसार सम्भावित सम्झौतामा इरानको परमाणु कार्यक्रम, मिसाइल क्षमता र क्षेत्रीय सशस्त्र समूहप्रतिको समर्थन सीमित गर्ने विषय समावेश हुन सक्छ।

इरानको संसदका सभामुख मोहम्मद बाघेर घालिबाफ ले पनि ट्रम्पले युद्ध सुरु गर्न सक्लान्, तर त्यसको अन्त्य कसरी हुन्छ भन्ने कुरा उनको नियन्त्रणमा नहुने चेतावनी दिएका छन्। उनले इरान अमेरिका सँग “इमानदार र वास्तविक वार्ताका लागि तयार” रहेको समेत बताएका छन्।

उता, इरानका विदेशमन्त्री अब्बास अराघची ले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरानी सशस्त्र बलहरू पूर्ण तयारीमा रहेको बताएका छन्। उनका अनुसार इरानको भूमि, आकाश वा समुद्रमाथि हुने कुनै पनि आक्रमणको तुरुन्त र शक्तिशाली जवाफ दिन सेना तयार छ।

यस घटनाक्रमसँगै अमेरिका–इरानबीचको टकरावको सम्भावना बढ्दै गएको विश्लेषकहरूको भनाइ छ। यदि कूटनीतिक पहल असफल भयो भने यो तनावले मध्यपूर्व मात्र होइन, विश्व सुरक्षामा समेत गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

*******

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।