Washington DC, US : January 30, 2026, Friday 02:24 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

नयाँ वर्ष सन् २०२६ र बर्तमान विश्वलाइ नियाल्दा - डा. बालकृष्ण चापागाईं

  NepalMother.com | १८ पुष २०८२, शुक्रबार १०:०४

आज अंग्रेजी नयाँवर्ष १ जनवरी, २०२६ हो । नयाँवर्षको आगमनसंगै शुभकामना आदानप्रदान हुनु स्वभाविक हो । बितेको वर्ष कस्तो रहयो ? र, नयाँवर्ष कस्तो हुने हो ? भन्ने सन्दर्भमा समीक्षा र आगामी भविष्यका सन्दर्भमा चर्चा र विवेचना हुनु पनि स्वभाविक हुन्छ । बितेको वर्ष विश्व रंगमञ्चमा अपेक्षाकृत उत्साहजनक हुन सकेन । विश्व अर्थतन्त्र र शान्तिलाई हेर्दा असन्तुलन र संकटको अवस्था देखा प¥यो । विभिन्न मुलुकहरुमा हिंसात्मक घटनाहरु दोहोरिए, ठूलो धनजनको क्षति समेत भयो । नेपालकै सन्दर्भमा भन्ने हो भने भदौ २३ र २४ गतेको जेनजी विद्रोह र विध्वंशकारी घटना विश्वकै सन्दर्भमा चर्चित रहयो । यस प्रकारका घटनाहरु दोहोरीरहनुमा कारण के हो ? भन्ने कुरा बुझ्नु आवश्यक छ । समाजमा द्वन्द्व, हिंसा, विध्वंश र नरसंहारका घटनाहरु दोहोरीरहनुमा के कारण रहेको छ ? यसको वस्तुगत र मानसिक विश्लेषण जरुरी छ । यस बारेमा आज भन्दा २६ सय वर्षअघि नेपाली भूमिमा जन्मेका गौतमबुद्धले दिएका विचारदर्शनलाई विश्वले बुझ्नु जरुरी छ । समस्त मानवजातीले आत्मसात गर्न जरुरी छ । यसो भएमा अहिले विश्वमा देखा परेका विध्वंसात्मक एवं नरसंहारकारी घटनाहरु दोहोरिने छैनन् । त्यसैले अंग्रेजी नयाँवर्ष विश्वशान्तिको लागि स्वर्णिम वर्ष बन्न सकोस् । यसका लागि गौतमबुद्धका विचारलाई आत्मसात गर्न सक्यौ भने विश्वशान्तिमा उल्लेख्य सफलता प्राप्त हुनेछ ।
नेपाल विश्वशान्तिको आधारभूमि हो । शान्तिका दार्शनिक, सैद्धान्तिक मान्यता र दृष्टिकोणहरु नेपालबाटै सिर्जित भएका छन् । लुम्बिनी विश्वशान्तिको मुहानकारुपमा स्थापित स्थल हो । मानवसभ्यताको विकासका क्रममा शान्तिको प्रश्नलाई दार्शनिक र सैद्धान्तिक रुपमा व्याख्या र विश्लेषण गरी वैज्ञानिक आधार प्रस्तुत गर्ने काम नेपाली भूमिबाटै भएको हो । वैदिक सनातन धर्म दर्शन तथा मूल्य र मान्यताका आधारमा शान्तिको वैज्ञानिक खोज अनुसन्धान पूर्वीय सभ्यताकै उपजका रुपमा लिन सकिन्छ । ब्रह्माण्ड र प्राणी जाति सबैमा शान्ति कसरी आउन सक्छ ? भन्ने प्रश्नको वैज्ञानिक उत्तर पनि नेपालका ऋषिमुनी र पूर्वजहरुले दिदै आएको पाइन्छ । ब्रह्माण्ड तथा समग्र सूर्य, चन्द्रलगायतका तारामण्डलका प्राकृतिक नियमलाई पत्ता लगाउने काम पनि खगोल शास्त्रले गरेको छ । पृथ्वीको शान्ति, समग्र ग्रहहरुको शान्ति कसरी हुन सक्छ ? भन्ने बारेमा पनि पूर्वीय दर्शन र शास्त्रहरुमा उल्लेख भएको पाइन्छ । जल,थल, आकाश, प्रकाश र वायुमा समस्या र असन्तुलनको स्थिति हुँदा कसरी शान्ति भंग हुन्छ भन्ने कुराको वैज्ञानिक आधार पूर्वीय दर्शनमा आधारित वेद तथा वैदिक सनातन धर्म ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । समाज विकासको क्रममा राज्यसत्ताको उदय र विकाससंगै आधुनिक युगको सुरुवात भएपछि भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक स्वार्थ र विभेदका कारण ठूला – ठूला नरसंहारका घटना विश्वले व्यहोर्नु परेको इतिहास हाम्रा सामु रहेको छ । विश्वलाई कसरी सशस्त्र युद्ध र विध्वंशबाट जोगाउने भन्ने मनसायबाट संयुक्त राष्ट्र संघको स्थापना गरी शान्तिको प्रयास गर्दै आए तापनि विश्वमा साँचो अर्थमा शान्ति स्थापना हुन सकेको छैन । स्वार्थ द्वन्द्वका कारण विश्व कतिबेला युद्धको विभिषिकाबाट आक्रान्त हुने हो ? यसको उत्तर अनुत्तरित छ ।
शान्ति भनेको कसैलाई कुनै काम गर्नका लागि अवरोध नभइकन स्वतन्त्रपूर्वक कार्य गर्न पाउने वातावरण हो । यसमा मधुरता, भाईचारा सम्बन्ध रहेको हुन्छ । जहाँ बैरभावले काम गरेको हुँदैन । संसारका सबै मानिसहरू सुख तथा शान्ति चाहन्छन् र यस संसारमा मानिसहरूले जे–जति कार्यहरू गरिरहेका छन् त्यसको एकमात्र लक्ष्य सुखी बनाउनु हो भन्ने देखिन्छ । मानिस मात्र होइन, कुनै पनि देश वा विश्वका सबै राष्ट्रहरू मिलेर पनि विश्वमा शान्ति स्थापित हुनु पर्दछ भन्ने कुरामा सहमत देखिन्छन् । शान्ति समृद्धि, सिर्जना र विकास एक अर्काका परिपूरक बनेका हुन्छन् । मानव समाजमा सद्भाव, सहिष्णुता, न्याय, सम्मान र समझदारी शान्तिसँग अन्तर्सम्बन्धित छन् ।
बौद्धदर्शनको मूल आधार समाजमा मैत्री, सद्भाव, सहिष्णुता, समझदारी र समभावका आधारमा शान्ति स्थापना गर्नु रहेको छ । बौद्ध विद्वान् ताराराम (धम्मपदः गाथा और कथा (बौद्ध पुनर्जागरण स्वणर् जयंती माला)” राजास्थानः सम्यक प्रकाशन २००६, पृ. ८४) मा गौतमबुद्धको भनाई उल्लेख गर्दै समाजमा शान्ति स्थापना हुनका लागि मैत्री र समभाव हनुपर्नेमा जोड दिएका छन् ।

“मनोपुब्बंगम धम्मा, मनोसेट्टा मनोमया ।
मनसा चे पदुट्टेन, भासति वा करोति वा,
ततो नं दुक्खमन्वेति चक्कं व वहतो पदं ।। १.१ ।।”
उक्त श्लोकमा अभिव्यक्त भावबाट बुझ्न सकिन्छ कि मन सबै प्रवृतिको अगुवा हो । मनबाट नै विभिन्न खालका इच्छाहरू उत्पन्न हुन्छन् । कुनै दुषित मनबाट कार्य गरिन्छ भने पापकर्म भएको हुन्छ । त्यसले दुःख निम्ताउँछ । गाडीको चक्का जसले चलाउने जिम्मा प्राप्त गरेको छ, जसले चलाउँछ उसकै आधारमा चलेको हुन्छ । यसको अर्थ हो, मन शुद्ध हुनुप¥यो, शुद्ध मनले गरेको काम मात्र कल्याणकारी हुन सक्छ । गौतम बुद्धका यी उपदेशहरू शान्तिका लागि अत्यन्तै उपयोगी देखिन्छ ।
शान्ति सर्वप्रथम मानिसको मन भित्र हुनु पर्दछ । मन भित्र शान्ति सञ्चार हुँदा मात्र बाह्य व्यवहारमा शान्तिका लागि मानिस अग्रसर हुन्छ । समाजमा शान्तिका लागि व्यक्ति व्यक्तिको मनमा शान्ति सञ्चार हुनु पर्दछ । त्यसैले मन शान्ति पहिलो आधार हो । दोस्रो तन शान्ति हो । तेस्रो सबै मानिस–मानिस बीच शान्तिको सञ्चार हुँदा मात्र विश्वशान्ति हुने हो । त्यसैले विश्वशान्तिका लागि शान्ति सञ्चारको आवश्यकता बोध गरी शान्ति सञ्चारका सैद्धान्तिक आधार प्रस्तुत गरिएको छ । यसलाई आमसञ्चार तथा पत्रकारितामा शान्ति सिद्धान्तको रुपमा परिभाषित पनि गरिएको छ ।
१. यो सिद्धान्तले बौद्धदर्शन र सञ्चारलाई अभिन्न अङ्गको रूपमा लिदै समस्त प्राणी जातिप्रति मैत्री, करुणा, विश्वकल्याण, मानवतावाद र शान्ति सञ्चारमा जोड दिन्छ ।
२. यसले बुद्धद्वारा प्रतिपादित चार आर्यसत्य, अष्टाङ्गिक मार्ग, पञ्चशील र दस कुशल कर्मको सञ्चारले विश्वशान्तिमा योगदान पु¥याउँछ भन्ने मान्यता राख्दछ ।
३. विश्व राजनीति, अर्थशास्त्र, समाजशास्त्र, संस्कृति र सभ्यताको विकासमा बौद्ध दर्शनको प्रभाव रहेको र यसमा सञ्चारको भूमिकालाई मानव शरीरका लागि रक्तसञ्चारको आवश्यकता जस्तै ठान्दछ ।
४. संसारमा विभिन्न दर्शनलाई आधार मानी राजनीतिक प्रणालीको स्थापना भएका मूलुुकमा राज्य व्यवस्थाको नीति अनुसार सञ्चारका सिद्धान्तको व्याख्या एवम् विश्लेषण गरिएको पाइन्छ । विश्व राजनीतिमा शान्तिको सञ्चार गर्नमा बौद्ध दर्शनको भूमिका महत्वपूणर् हुने भएकाले बौद्ध दर्शनको आलोकमा शान्ति र सञ्चारलाई जोडेर सञ्चारमा शान्ति सिद्धान्तको औचित्य स्पष्ट गरिएको हो । यो सिद्धान्तको प्रयोगले विश्वका राजनीतिक प्रणालीको नीति–निर्माण तहमा समेत प्रभाव पार्ने देखिन्छ ।

५. गौतम बुद्धका विचारले मात्र शान्तिको सन्देश सञ्चारित गरेको नभई उनको जीवनका समग्र क्रियाकलाप–नबोलिकन गरिने सञ्चार, बोलेर गरिने मौखिक सञ्चार, शारीरिक हाउभाउबाट गरिने सञ्चार, आँखाका माध्यमबाट गरिने सञ्चार, मुखाकृतिबाट गरिने सञ्चार, मौन सञ्चार, कथा–वाचन÷प्रवचन र प्रयोगात्मक सञ्चार, श्रवण सञ्चारजस्ता सञ्चार क्रियामा गौतम बुद्धको कला अत्यन्तै प्रभावकारी रहेको पाइन्छ । गौतम बुद्धका उपर्युक्त मौलिक एवम् विशिष्ट सम्प्रेषण कला आधुनिक संसारका मानिस र सञ्चार क्षेत्रले पनि प्रेरणाका रूपमा लिई अनुकरण गर्नु वाञ्छनीय देखिन्छ । मौखिक सञ्चार आदिको प्रयोग गरी गौतम बुद्धले बुद्धत्व, धर्म र संघ तथा आफ्ना अनुयायीहरूका माध्यमबाट विभिन्न विधि र शैलीको प्रयोग गरी मानव समाजलाई शिक्षा र प्रेरणा सञ्चारित गरेको पाइन्छ । आधुनिक समाजमा पनि ती कुरालाई महत्वका साथ सञ्चारले स्थान दिनुपर्ने मान्यता राख्दछ ।
६. यसले विचार र अभिव्यक्ति स्वतन्त्रता, मानवीयता एवम् मानव अधिकार, लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, समानता एवम् सहअस्तित्वलाई आत्मसात गर्दछ ।
७. बौद्ध दर्शनका आधारभूत मान्यतालाई आत्मसात गरी सत्य–तथ्य, वस्तुनिष्ठ, सन्तुलित, जवाफदेही, उत्तरदायी एवम् समाजलाई सही दिशा निर्देश गर्ने नैतिक, शिष्ट एवम् मर्यादित भाषाको प्रयोग गरी सूचना, समाचार र विचार सम्प्रेषणमा जोड दिन्छ ।
८. यसले जातीय, लैङ्गिक, भाषिक र रङ जस्ता आधारमा भेदभाव गर्न नहुने र पीडितहरूले न्याय पाउने पहिलो अदालतको रूपमा यसलाई लिदै असक्त, असहाय, अपाङ्ग, बालबालिका, महिला तथा पिछडिएका वर्ग, भाषा–भाषी, अल्पसङ्ख्यक समुदाय आदिका अधिकारलाई संरक्षण हुने गरी सूचना, समाचार र विचारको सम्प्रेषणमा जोड दिन्छ ।
९. यसले समानता, लोककल्याणकारी राज्य र सुशासनमा जोड दिदै भ्रष्टाचार एवम् दुव्र्यसनजस्ता विकृति हटाई सदाचारका लागि उत्प्रेरित गर्ने खालका सन्देश सम्प्रेषणमा जोड दिन्छ ।
१०. शान्तिको प्राप्ति हिंसात्मक युद्धबाट होइन, मैत्रीबाट प्राप्त हुने विश्वास राख्दै विध्वंश, हिंसा, आतङ्क, अपराध एवम् अश्लिल कुराले समाजमा शान्ति खलबलिने हुँदा मैत्री, करुणा, सहिष्णुता र सद्भाव प्रवद्र्धन जस्ता कुरालाई सञ्चारले जोड दिनुपर्ने मान्यता राख्दछ ।
११. यसले जैविक विविधता र प्रकृति संरक्षणमा जोड दिदै शान्तिलाई अधिकारका रूपमा स्थापित गर्न चाहन्छ ।
१२. समानता र सदाचारलाई शान्तिका आधारका रूपमा लिदै अन्तर्राष्ट्रिय जगत्मा निरन्तर शान्तिको सञ्चार हुने खालका सूचना, समाचार र विचारको सम्प्रेषण हुनुपर्नेमा जोड दिन्छ ।
१३. विश्वमा द्वन्द्व, हिंसा वा सशस्त्र युद्ध हुनुका पछाडि असीमित इच्छा, लोभ, द्वेष र मोहले नै मुख्य कारकको भूमिका खेल्ने गरेको ठान्दै यसको न्यूनीकरण एवम् अन्त्यका लागि बौद्धदर्शनका आधारभूत मान्यतालाई आत्मसात गरी अनुसरण गर्न सकेमा शान्ति स्थापना हुन्छ भन्ने विश्वास राख्दछ । साथै विश्वका कुनै पनि द्वन्द्व र समस्याको समाधान वार्ता र सम्वादमा आधारित रही शान्ति–मार्गबाट समाधान हुन सक्छ भन्ने मान्यता राख्दछ ।
१४. विश्वशान्तिका लागि संयुक्त राष्ट्र संघलगायतले कोशिस गर्दै आएको भए तापनि शान्ति स्थापना हुन सकेको देखिँदैन । आम विनासकारी (एटम, हाइड्रोजन, न्युटन बम र अणु–प्रमाणु अस्त्र तथा क्षेप्यास्त्र आदि) हतियारकोे उत्पादन र विक्री नरोकिएको यस अवस्थामा विश्व मानव जातिको मन–मनमा बौद्ध दर्शनको सञ्चार गराई उनीहरूको मनस्थितिमा सकारात्मक प्रभाव पार्न सकेमा मानव जातिले स्वार्थका लागि शस्त्रको प्रयोग र सशस्त्र युद्धको हिंसात्मक मार्ग छोडी वार्ता, सम्वाद र सहमतिको शान्ति मार्ग अवलम्वन गर्नेछ भन्नेमा विश्वास राख्दछ ।
१५. विश्वशान्तिका लागि हिंसाको समाप्ति, द्वन्द्व समाधान, नि.शस्त्रीकरण अत्यावश्यक देखिन्छ । हृदयको गहिराइबाट उत्पन्न हुने मैत्री, करुणा, सहिष्णु र शान्ति–भावले मात्र समाजमा शान्ति स्थापना गर्नमा भूमिका खेल्ने देखिन्छ । अहिंसा नै शान्तिको जग र आधारशीला भएकाले यसका लागि मानिसको सकारात्मक सोच र व्यवहार नै महत्वपूणर् हुन्छ । शान्तिका लागि अन्तरिक्ष, सौर्यमण्डलका ग्रहहरू, पृथ्वी, जल, थल र आकाश, विश्व मानव समाज, जैविक विविधता र पर्यावरण, देश, समुदाय, परिवार, व्यक्ति, सम्पूणर् प्राणी बीचको इको सिस्टममा आधारित सन्तुलन आवश्यक पर्दछ । यी सबै क्षेत्रमा शान्ति हुुँदा मात्र विश्व शान्ति स्थापना हुन सक्दछ भन्ने यो सिद्धान्तको मान्यता रहेको छ ।
१६. शान्ति स्थापना हुँदा सूचनामा पहुँच हुन्छ । जहाँ सूचनामा पहुँच सहज हुन्छ, त्यहाँ सूचना सही ढङ्गले प्राप्त गर्न सकिन्छ । विवेकको प्रयोग हुन सक्छ । सूचनाको विश्लेषण सही र निष्पक्ष हुनसक्छ । जहाँ मानिसले पूणर्तः सुरक्षा सुनिश्चितताको अनुभूति गर्दछ त्यहाँ विवेकको प्रस्फुटन हुन्छ । भयरहित समाजमा मात्र सत्य, न्याय, समानता र शान्ति स्थापना हुन सक्दछ भन्ने यसले मान्यता राख्दछ ।
१७. विचारलाई डो¥याउने र गति दिने काम सञ्चारले गर्दछ । जुन प्रकारको विचारलाई सञ्चारले ठाउँ र महत्व दिन्छ, स्वभाविक रूपमा त्यसको प्रभाव बढ्छ । जुन विचारको प्रभाव व्यक्ति, समुदाय र समाजमा पर्दछ, सोही अनुसार सामाजिक क्रियाकालपहरू पनि बढ्ने गर्दछन् । जस्तो बीउ रोप्यो त्यस्तै फल फलेजस्तै जस्तो विचारलाई समाजमा सञ्चारले सम्प्रेषित गर्दछ, त्यही अनुरूपको समाज बन्दै जान्छ । मानिसको मनस्थिति, सोचाइ, व्यवहार, संस्कार र संस्कृति पनि त्यस्तै हुँदै जान्छ । बुद्धकालमा अङ्गुलीमाल र बुद्धको महापरिनिर्वाण पछि तत्कालीन मगध राज्यका मौर्य सम्राट अशोक आदिमा बुद्धका विचारको प्रभावले शान्ति मार्गमा आउनका लागि खेलेको भूमिकालाई ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ । सत्य र शान्तिको सञ्चारले समाजमा शान्ति ल्याउन योगदान पु¥याउँछ । असत्य, हिंसा र युद्धलाई सञ्चारले प्रश्रय दिँदा समाजमा शान्ति खल्बलिन्छ । सामाजिक न्याय संकटमा पर्दछ । त्यसैले शान्ति सञ्चारले नै विश्वशान्तिका लागि भूमिका खेल्दछ । शान्ति विचारको सञ्चार नै यसको मुख्य आधार हो ।
१८. मानिसले बोल्ने शब्द (विभिन्न भाषामा) सम्प्रेषण गर्ने सूचना, समाचार र विचारमा निकै ठूलो शक्ति हुन्छ । बन्दूकको नालमा प्रयोग गरिने गोलीमा भन्दा मानिसको बोली र त्यसमा व्यक्त गरिने भाव वा विचार शक्तिशाली हुन्छ । किनकी विचारले नै बन्दूक चलाउने वा नचलाउने भन्ने टुङ्गो गर्ने हो । अझ यसलाई सञ्चार क्षेत्रले आफ्नो जिम्मेवारी ठानी महत्वका साथ असल विचारलाई स्थान दिने हो भने समाजमा शान्ति स्थापना हुन्छ भन्ने यस सिद्धान्तले मान्यता राख्दछ । पछिल्लो समय (२१ आँै शताब्दी प्रारम्भ भएपछि) आधुनिक छापा, रेडियो, टेलिभिजनका अतिरिक्त सूचना प्रविधिमा आएको चमत्कारिक परिवर्तनसँगै इमेल इन्टरनेट आदिको आगमनले विश्वलाई एउटा गाउँमा परिणत गरिदिएको हुँदा सञ्चारले नै समाजलाई कुन दिशा तिर लैजाने हो भन्ने कुरामा विशेष भूमिका देखिन्छ । यस्तो अवस्थामा पछिल्लो समयमा सञ्चारमा शान्ति सिद्धान्तको प्रयोग अपरिहार्य आवश्यक देखिन्छ ।
१९. शील, समाधि र प्रज्ञा बुद्ध धर्मका तीन तत्व मानिन्छन् । शीलद्वारा शरीरको शुद्धि, समाधिद्वारा चित्त शुद्धि, प्रज्ञाद्वारा अविद्याको नाश हुन्छ भन्ने बौद्ध धर्म दर्शनको मान्यता भएकाले यसको प्रभावकारी सञ्चार गरिनु पर्दछ ।
२०. बौद्ध धर्म दर्शनको महत्वपूणर् आधारका रूपमा त्रि–शरण गमन–बुद्ध, धर्म र संघलाई आत्मसात गर्दै हिंसाले होइन प्रेमले संसारलाई जित्न सकिन्छ । अहिंसा, प्रेम, शान्ति र सदाचार जस्ता गुणहरू प्रत्येक मानवमा अंकुरित गराउन सकेमा संसारबाटै दुःखको अन्त्य हुन सक्ने बुद्धका विचारलाई सञ्चार क्षेत्रले विशेष महत्व दिएमा समाजमा शान्ति स्थापना हुन सक्दछ भन्ने यस सिद्धान्तले मान्यता राख्दछ ।
२१. बौद्धदर्शनका मूल आधार चार आर्यसत्य, अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद एवम् यसका विभिन्न दार्शनिक आधारलाई आत्मसात गरी मानव समाजमा शान्ति स्थापना गर्ने मुख्य ध्येय राखी सञ्चारमा शान्ति सिद्धान्तको आलोकमा सञ्चारका नीति र आचारसंहिताहरू निर्माण गरी अगाडि बढ्नु पर्दछ भन्ने यसले मान्यता राख्दछ ।
२२. बुद्धका विचार कुनै एक स्थान र समाजमा मात्र नभएर विश्वमै अहिंशा र शान्तिका साश्वत सिद्धान्तका रूपमा रहेका छन् । हिंसा र आतङ्कले भरिएको यो दुनियामा उनको विचारको सान्दर्भिकता मानव समाजमा सदैव रहिरहने हुनाले सञ्चार क्षेत्रले यसलाई उच्च महत्वका साथ स्थान दिनुपर्ने मान्यता राख्दछ ।
२३. बुद्धले शान्तिका लागि मध्यमार्गी विचार अघि सारेका, कुनैपनि राज्यको नीति पञ्चशील र परस्पर शान्तिपूणर् सहअस्तित्वका आधारमा सञ्चालन हुनुपर्ने भनेका हुँदा यसलाई सञ्चारले आत्मसात् गर्नुपर्ने ठान्दछ ।
२४. ‘बैरले बैर कहिल्यै शान्त हुँदैन, अबैरले मात्र बैर शान्त हुन्छ’ भन्ने बुद्धका विचारलाई सञ्चारले मार्गदर्शनका रूपमा लिनुपर्ने ठान्दछ ।
२५. बुद्धले शान्ति संस्कृति निर्माण र अरुसँगको व्यवहारमा शान्तिपूणर्, भद्र एवम् मर्यादित हुनुपर्नेमा जोड दिएकाले यसमा सञ्चारले उच्च महत्व दिनुपर्ने मान्यता राख्दछ ।
मानव सभ्यताको विकासक्रममा विभिन्न राजनीतिक प्रणालीको उदयसँगै सञ्चारका सिद्धान्तहरु निरङ्कुसतावादी, उदारवादी, सामाजिक — उत्तरदायित्व, साम्यवादी र सञ्चारमा शान्ति सिद्धान्तको व्याख्या र विवेचना भएको पाइन्छ । सञ्चारका चार सिद्धान्तहरुले राजनीतिक प्रणालीको मात्रै पक्षपोषण गरेको पाइएकोले समाजमा शान्ति स्थापना हुन नसकेको महसुस गरी पछिल्लो समयमा बौद्धदर्शनको आलोकमा सञ्चारमा शान्ति सिद्धान्त प्रतिपादन गरिएको पाइन्छ । यसलाई सञ्चारको पाँचौं सिद्धान्तको रुपमा स्वीकार गरिएको पनि छ । विश्वमा आणविक हातहतियारको प्रयोग गरी हिंसा र युद्धबाट शान्ति खोज्ने प्रवृत्ति विशेषगरी शक्ति राष्ट्रहरूबाट भएको पाइन्छ । यसले समाजमा शान्ति भन्दा अशान्ति निम्त्याईरहेको अवस्था छ ।
हिंसा र द्वन्दग्रस्त आधुनिक विश्वमा आणविक हातहतियारको प्रयोग गरी खोजिने शान्ति असफल भइरहेको अवस्था छ । यस अवस्थामा बौद्ध–दर्शनको औचित्य र उपयोगिता झनै बढ्दै गएको छ ।
बुद्धका विचारको प्रभावकारी सञ्चार हुँदा समाजमा शान्ति स्थापना हुन्छ भन्ने विश्वास, मान्यता र निष्कर्षका आधारमा यसअघि स्थापित एवम् व्याख्या गरिएका सञ्चारका सिद्धान्त र शान्ति सम्बन्धी विभिन्न दृष्टिकोणहरुमा रहेका कमी कमजोरीलाई ध्यानमा राखी आमसञ्चार र
पत्रकारितामा नयाँ सिद्धान्तको औचित्य महसुस गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राज्ञिक अन्वेषण गराई सञ्चारमा शान्ति सिद्धान्तको प्रतिपादन गराएको हो । यसपछि संयुक्त राष्ट्रसंघ र विश्वका विभिन्न मु्लुकहरुले पनि सञ्चार नीति बनाउँदा यो सिद्धान्तलाई आधारका रुपमा लिन थालेको पाइएको छ ।
विश्व शान्तिको मुहानका रुपमा सुपरिचित गौतमबुद्ध जन्मेको पावन भूमि नेपालको लुम्बिनीबाट विश्वलाई नयाँ सन्देश दिनुपर्छ । बैदिक, पौराणिक र प्रागऐतिहासिक कालदेखि नै विश्व शान्तिका लागि चिन्तन र खोज नेपाली भूमिबाट भएको प्रमाणित तथ्यहरुबाट पुष्टि भएकाले संयुक्त राष्टसंघलगायतका विश्व समुदायले शान्ति क्षेत्र नेपाल भनी मान्यता प्रदान गर्नु पर्दछ । यो मान्यतालाई समग्र सञ्चार तथा पत्रकारिता क्षेत्रले उच्च महत्वका साथ आत्मसात गर्दै विश्वमा बुद्धका विचार दर्शनको व्यापकरुपमा प्रभाव विस्तार गर्नु वाञ्छनीय देखिन्छ । अंग्रेजी नयाँवर्ष २०२६ शान्तिको वर्ष बनोस् । भवतु सब्ब मंगलम् ।
(डा. चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्धदर्शन र सञ्चार’ विषयमा विद्यावारिधि(पीएच्डी) गर्नुभएको छ ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।