– विष्णु घिमिरे साउदी अरब
साउदीमा रहेको नेपाली जनसम्पर्क समितिमा पुन एकपटक अर्जुन बहादुर थापा सर्वसहमतिमा चयन भएका छन्।
संगठनको तेस्रो अधिवेशनबाट थापाको सभापतित्वमा २५ सदस्यिय सहित नयाँ कार्य समिति चयन भएका छन् । समितिको वरिष्ठ उपसभापतिमा शुरेसराज त्रिपाठी, उपसभापतिमा पदम प्रसाद पाण्डे, नरेश सापकोटा र गोपाल पंगेनी निर्वाचिन भएका छन् भने अरुण वेल्वासे र मोहन अधिकारीलाई महामन्त्रीमा निर्वाचित भएका छन । सह महामन्त्रिमा भिम वि.क., खेमराज भट्ट निर्वाचित भएका छन भने सह कोषाध्यक्षमा संजोग पाण्डे चयन भएका छन्।
सदस्यहरूमा पाराशोर काफ्ले, रामचन्द्र राउत, लक्ष्मी लोप्चन तामाङ्ग, रामशरण थाप, अनिल रेग्मि, राजेन्द्र कार्की, सुरज रेग्मि, संजोग पाण्डे, आयान बस्नेत, पुर्ण प्रसाद रिजाल, प्रकाश बहादुर ढाँट, भरत बहादुर बोहोरा, तेज प्रसाद अधिकारी, इब्राहिम शर्मा, गणेश भाट इब्राहिम, गोपाल आचार्य, सन्तोष परियार निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारीहरूलाई समन्वय विभाग प्रमुख किरणराज पौडेलले प्रमाणपत्र हस्तान्तरण सहित बधाई दिएका थिए ।
कार्यक्रम अधिवेशन २०२५ गत शुक्रबार रियादमा दीप प्रलोजनका साथ सुरुवात गरी राष्ट्रिय गाना बाट सुरु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेका केन्द्रिय सदस्य तथा जनसम्पर्क समन्वय विभागका संयोजक किरणराज शर्मा पौडेललाई आमन्त्रित गर्नुको साथै दूतावासलाई बिशिष्ट अतिथिको रुपमा बोलाईएको थियो । आयोजकका अनुसार यस अधिवेशनमा बिधान संशोधन गरी गरी सम्पूर्ण पदाधिकारीहरूलाई समावेश गरिएको जानकारी गरेको छ।
कार्यक्रममा संगठन को बारेमा जानकारी गराउनुको साथै संस्थाले गरेका आयव्यय को सम्पूर्ण जानकारी समेत प्रस्तुत गरिएको थियो । भने कार्यक्रममा पुराना कार्यसमितिहरूलाई धन्यवाद व्यक्त गर्दै नयाँ कार्यसमिति चयन गरिनुको साथै अधिवेशनमा खेमराज भट्टको पहलमा २५ जना भाइबहिनीहरूलाई पार्टी प्रवेश समेत गराइएको थियो। कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले संगठनको कार्य को समीक्षा गर्दै संगठनले गर्नुपर्ने थप कुराहरूको मद्यनजर गर्दै पुराना तथा नयाँ कार्य समितिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। साथै संगठनको स्थापनाकालदेखि अधिवेशनसम्म प्रचारप्रसारमा सहयोग गर्ने मिडियालाई सम्मानपत्र हस्तान्तरण समेत गरिएको थियो।
कार्यक्रम प्रमुख अतिथि किरणराज पौडेलले साउदीमा रहेको संगठन को विस्तार रूपरेखा र सहयोगीपनको खुलेर प्रशंसा गरेका थिए। साथै संगठनलाई आवश्यक पर्ने हरेक सहयोगको लागि आफू तयार रहेको बताए संगठनले गरेको कामबाट प्रभावित भएर युवा जेन्जी समूहका भाइबहिनीहरू नेपाली कांग्रेसमा प्रवेश गरे नेपाली कांग्रेसको सिद्धान्त र आदर्शलाई आत्मसाथ गरेर प्रवासमा रहेर पनि मातृभूमिमा नेपाली कांग्रेसलाई सशक्त पार्टी बनाउनको लागि उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेकोमा सबैलाई नेपाली कांग्रेस पार्टीमा हार्दिक स्वागत गरेका थिए भने नेपाली कांग्रेससँग आबद्ध नेपाली कांग्रेसको शाखा संगठनको रुपमा रहेको जनसम्पर्क समितिका अधिवेशनहरू भैरहेको समेत बताए ।जेन जी आन्दोलन पश्चातको परिस्थितिमा मुलुकमा एक खालको राजनीतिक अस्थिरताको अवस्था रहेको र त्यो अवस्थालाई कसरी पार लगाउने भन्ने उद्देश्यले अहिले देशभित्र रहेका शाखा संगठनहरु पनि अधिवेशनको माध्यमबाट नयाँ नेतृत्व ल्याएर केन्द्रीय महाधिवेशन सफल बनाउन लागि परेको बताए।
कार्यक्रममा दूतावासका श्रम काउन्सिलर कविराज उप्रेदीले संगठनको सफलताको शुभकामना दिँदै साउदी अरबमा बसेर अनैतिक रुपमा क्रियाकलाप नगर्ने नेपालीहरूलाई सुझाव दिएका थिए भने साउदीमा रहेको कानुनलाई पालना गरी समुदाय हरू एक रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए। भने कार्यक्रम सभापति अर्जुनबहादुर थापाले सन २०१३ सालमा स्थापना भए पश्चात हालको अधिवेशनसम्म सहयोग गर्ने सम्पूर्ण पदाधिकारीहरू, नेपाली समुदाय, दुतावास परिवारलाई धन्यवाद व्यक्त गर्दै आगामी कार्यकालमा थप आवश्यक सहयोगको अपेक्षा सहित साउदीमा रहेका सबैसँग सहकार्य गर्दै जाने बताए ।

प्रतिक्रिया