Washington DC, US : January 22, 2026, Thursday 07:30 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|डाभोसबाट ट्रम्पको सन्देश : ‘हामीलाई चाहिएको सबै कुरा समेटिएको छ’|दूर्जेय चेतनाको ” मन मुटु साटेर “|प्रतिनिधिसभा निर्वाचनमा खडा भएका उमेदवारहरुको नामावली हेर्नुस !|Breaking News: एक वर्षमै ५८३ नेपाली अमेरिकाबाट निष्कासित|‘३० वर्ष प्रहरी सेवामा रहँदा अत्याचार विरुद्ध लडेँ, अब संसद्‌मा गएर भ्रष्टाचार विरुद्ध लड्ने योजना छ ।’|१६५ सिटका लागि ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराए|ल्होछार अमेरिकाको क्यालिफोर्निया राज्यमा साताव्यापी !|साउदी अरेबिया मा सोनाम ल्होछार तथा बृहत् सांस्कृतिक कार्यक्रम|योगेश भट्टराईलाई खुलापत्र !|डेनमार्कले ग्रिनल्याण्डमा सैन्य उपस्थिति उल्लेखनीय रूपमा विस्तार

गृहमन्त्री भन्छन “यो सरकार कारबाहीका मामलामा डगमगाउने छैन” 

  NepalMother.com | २४ मंसिर २०८२, मंगलवार १६:५६

गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनमाथि दमन गर्ने दोषीहरूलाई नेपालकै राज्य प्रणालीभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै पहिचान गरी कारबाहीको दायरामा ल्याइने बताएका छन्।

मंगलबार जेन–जी शहीदहरूको सम्झनामा काठमाडौँमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलन दबाउने जिम्मेवार तत्वहरूलाई कानुनी, संस्थागत र कूटनीतिक सबै माध्यमबाट घेराबन्दी गरिने स्पष्ट पारे। उनले जेन–जी विद्रोह आफैंमा कुशासनको उपज भएको उल्लेख गर्दै, अब सरकार शहीदहरूको सपना पूरा गर्न सुशासनको मार्गमा दृढतापूर्वक अघि बढिरहेको दाबी गरे।

गृहमन्त्री अर्यालका अनुसार सत्ता सञ्चालकहरू स्वयं कुशासनका संवाहक बनेकाले देशमा जेन–जी आन्दोलन विस्फोटको रूपमा देखा परेको हो। “त्यसैले अब हामी शहीदहरूको सपना अनुसार सुशासनको अभियान्ता बन्नैपर्छ,” उनले भने, “अहिलेको सरकारले सत्ता चलाइरहँदा आफैंलाई सुधार्दै सुशासन स्थापित गर्ने प्रयास गरिरहेको छ।”

उनले सरकारका काम–कारबाहीमा कमजोरी देखिए खुलस्त रूपमा औंल्याउन नागरिक समाज र अभियन्तालाई आग्रह गर्दै ती कमजोरी सच्याउन सरकार तयार रहेको बताए। सरकारले अहिलेसम्म गरेका निर्णय र कदमहरूको परिणाम देखिँदै जाने दाबी गर्दै उनले कारबाहीका विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे।

जेन–जी आन्दोलनका घाइते तथा शहीदका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले दमनसम्बन्धी घटनामा छानबिन तीव्ररूपमा अगाडि बढिरहेको बताए। उनका अनुसार यस विषयमा गठन गरिएको जाँचबुझ आयोग, राष्ट्रिय मानव अधिकार आयोग तथा प्रहरी संयन्त्रले आ–आफ्नो तहबाट अनुसन्धान गरिरहेका छन् र ढिलोचाँडो दोषीहरू कानुनी कारबाहीमा आउनेछन्।

गृहमन्त्री अर्यालले भ्रष्टाचार नियन्त्रणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण पाएको दाबी पनि गरे। “नागरिक सरकार गठन भएपछि अख्तियारले खुलेर काम गर्न थालेको छ, थुप्रै मुद्दा दर्ता भइसकेका छन्,” उनले भने, “यसका लागि सरकारलाई धन्यवाद दिनुपर्ने अवस्था आएको छ।”

उनले देशका नेताहरूलाई पर्दा पछाडि बसेर प्रयोग गर्ने, राज्य संयन्त्र दोहन गर्ने र जनतालाई दुःख दिने तत्वहरू पहिचान भइसकेको उल्लेख गर्दै तीमध्ये केही कारबाहीको दायरामा आइसकेको बताए। बाँकीमाथि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगायतका निकायले अनुसन्धान गरिरहेको जानकारी पनि उनले दिए।

“जो दोषी छन्, तिनलाई राज्य प्रणालीभित्रबाट मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै कानुनी रूपमा घेराबन्दी गरिन्छ,” गृहमन्त्री अर्यालले दोहोर्‍याए, “यो सरकार कारबाहीका मामलामा डगमगाउने छैन ।”

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।