Washington DC, US : June 27, 2026, Saturday 03:45 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|भेनेजुएलामा महाभूकम्प : मृत्यु संख्या ९२० नाघ्यो, ३ हजारभन्दा बढी घाइते|अमेरिकाले इरानमाथि फेरि गर्‍यो सैन्य आक्रमण|Breaking News : राजाले आफूले तिरेको कर (ट्याक्स) सार्वजनिक गरे||ट्रम्पले भूकम्पबाट “अत्यन्तै विनाशकारी मानवीय क्षति” भएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका उद्धार तथा राहत सहयोगका लागि पूर्ण रूपमा तयार रहेको बताए|नेपालमा बर्डफ्लुको संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेपछि पशुपन्छी क्षेत्र गम्भीर संकटमा|पहिलो ७.२ र त्यसलगत्तै दोस्रो ७.५ म्याग्निच्युडको भूकम्प आएपछि देशभर राष्ट्रिय आपत्काल घोषणा|प्रधानमन्त्री तथा लेबर नेता सर कीर स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेपछि….|अन्तर्राष्ट्रिय निगरानीमा नेपाल फेल, ‘ग्रे लिस्ट’ बाट हट्न सकेन, चेतावनी सहित एक बर्ष अर्को मौका|मेस्सी कीर्तिमानको खोजीमा हिँडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै उनको प्रतीक्षामा बसेका छन

सर्वोच्च अदालतको परमादेश, मन्त्रिपरिषद्को निर्णय, कांग्रेस महाधिवेशन, नेपाली कम्युनिष्ट पार्टी ‘पार्टी एकता सन्देश सभा’ यी र यस्ता छन् आजका नेपालका समाचारहरु

  NepalMother.com | १६ मंसिर २०८२, सोमबार १८:०९

काठमाडौँमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २३ र २४ गते ज्यान गुमाई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ। यस्तो परिचयपत्र मृतकका आमा, बुबा, पति/पत्नी तथा अविवाहित छोरा–छोरीलाई प्रदान गरिनेछ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाइने पनि निर्णय भएको छ।
यस्तै, माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यका वस्तु तथा सेवाको कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरिनेछ। श्रीलङ्कामा भीषण बाढीपहिरोले डढेलुजस्तै क्षति पुर्‍याएपछि नेपालले दुई लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
सरकारले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा. ज्ञानबहादुर थापा र प्रेस काउन्सिल नेपालका अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ। कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गरिएको छ भने विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ।

यसबीच, सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८(२) को प्रक्रिया नअपनाई उपधारा (३) अनुसार गरेको नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले मुख्यमन्त्रीलाई संसद्मा विश्वासको मत लिएरै वैधानिकता प्रमाणित गर्न निर्देशन दिएको हो।
अदालतले विश्वासको मत नपरे धारा १६८(२) बमोजिम अर्को सरकार गठन अघि बढाउन प्रदेश प्रमुखले पहल गर्नुपर्ने आदेश दिएको छ।

विराटनगरमा नेपाली कम्युनिष्ट पार्टी केशी प्रदेशद्वारा आयोजित ‘पार्टी एकता सन्देश सभा’मा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी एकताको आवश्यकता राष्ट्रिय अस्मिता र आत्मनिर्णयका लागि अपरिहार्य भएको बताएका छन्। उहाँका अनुसार अहिलेको परिस्थितिमा नेपाली सेना वा नेपाल प्रहरी मात्र होइन, समग्र नेपालीले फौजी जस्तै सङ्घर्षशील हुन आवश्यक छ।
दाहालले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई ‘सच्चिनुपर्ने’ चेतावनी दिएको उल्लेख गर्दै १६ वटा कम्युनिष्ट शक्तिहरू एकीकृत भई बनेको नयाँ कम्युनिष्ट पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध लड्न तयार रहेको बताए। सभामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, डा. भीम रावलसहितका नेताहरूले सहमतिको राजनीति, आर्थिक पुनरुद्धार, संघीयताको संरक्षण तथा औद्योगिकीकरणका एजेण्डामा जोड दिए।

त्यसैगरी नेपाली कांग्रेसले आफ्नो १५औँ केन्द्रीय महाधिवेशन यही पुस २६, २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता वितरणदेखि वडा, नगर, जिल्ला, प्रदेश र केन्द्रीय तहसम्मका अधिवेशनका मितिहरू एकैपटक टुंगो लगाएको छ।
पुस १५ गतेसम्म विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन, पुस १६ मा वडा अधिवेशन, पुस १७ मा गाउँ–नगर अधिवेशन, पुस १९ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन, पुस २१ र २२ मा जिल्ला अधिवेशन, पुस २३ र २४ मा प्रदेश अधिवेशन सम्पन्न गरी अन्ततः पुस २६ देखि केन्द्रीय महाधिवेशन सुरु हुने पार्टीले जनाएको छ।
स्थायी समितिको म्याद पनि माघ महिनासम्म थपिएको छ। प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार नयाँ क्रियाशील सदस्यता वितरणमा समावेशी एजेण्डा, युवा सहभागिता तथा पार्टी प्रवेश गरेका नयाँ सदस्यलाई कदर गर्ने नीति अपनाइनेछ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor