Washington DC, US : December 11, 2025, Thursday 11:15 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|“हामीले भेनेजुएलाको तटमा एउटा विशाल ट्यांकर जफत गरेका छौँ, यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो” : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प|भारतका अतिरिक्त विदेश सचिव चारदिने नेपाल भ्रमण सकेर नयाँदिल्ली फर्किए|जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच सम्झौता सम्पन्न|पोखरा एयरपोर्ट भ्रस्टाचार : कसले, कसरी, कति र कहिले खाए ?|भूषिता वशिष्ठको संस्कृत, जीवन र अध्यात्म मोह|About US ( Nepalmother.com)|गृहमन्त्री भन्छन “यो सरकार कारबाहीका मामलामा डगमगाउने छैन” |लाखौँ बालबालिका इंस्टाग्राम, फेसबुक, थ्रेड्स, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिट, एक्स, ट्विच र किक जस्ता प्लेटफर्मबाट बाहिरिए|रोयल क्यारिबियनको क्रुजमा ३३ गिलास मदिरा पिलाए पछि !|नेपाली समाज नटिङ्घमको अधिवेशन सम्पन्न

गिरीबन्धु टी–स्टेट विवाद पुनः राष्ट्रिय बहसको केन्द्रमा

  NepalMother.com | १५ मंसिर २०८२, आईतवार १९:४४

झापाको ऐतिहासिक गिरीबन्धु टी–स्टेटसँग सम्बन्धित भूमि सट्टापट्टा र हदबन्दी विवाद पुनः राष्ट्रिय बहसको केन्द्रमा आएको छ । उत्पादनमूलक चिया उद्योगका नाममा राज्यले दिएको कानुनी छुट, त्यसपछि राजनीतिक पहुँच, कानुनी हेरफेर र नीतिगत हस्तक्षेप हुँदै निजी समूहले खर्बौं मूल्य बराबरको जग्गामा गरेको चलखेल अहिले सर्वोच्च अदालतको ऐतिहासिक फैसलापछि फेरि उदांगिएको छ ।

गिरीबन्धु टी–स्टेट झापाको बिर्तामोडदेखि गौरादहसम्म फैलिएको पुरानो निजी चिया बगान हो, जसलाई २०२० सालमै प्रेमप्रसाद, कृष्ण र त्रिलोचन गिरीले स्थापना गरेका थिए। भूमि हदबन्दी लागू भएपछि कम्पनीलाई ३४३ बिघा १९ कठ्ठा जमिन राख्ने अनुमति थियो । ती सबै जग्गा केवल चिया खेतीमै सीमित रहने शर्तमा थियो । दशकमै बिर्तामोड पूर्वी नेपालको व्यापारिक राजधानीमा रूपान्तरित हुँदै गएपछि यी जग्गाहरूको मूल्य खर्बौमा पुगे । र यही मोडबाट गिरी परिवारले विभिन्न तरिकाले कानुनको संरचना फेर्ने, जग्गा अन्य प्रयोजनमा प्रयोग गर्ने, सट्टापट्टा वा बिक्री गर्ने प्रयास निरन्तर चलाउँदै आएको देखिन्छ ।

२०५२ र २०६० मा क्रमशः मनमोहन अधिकारी र सूर्यबहादुर थापा नेतृत्वका सरकारले गिरीबन्धुको भगिनी संस्था नाज टी–स्टेटका जग्गामा सेयर हस्तान्तरण र बिक्रीको अनुमति दिएको उदाहरणहरू पुराना अध्याय हुन्। तर, निर्णायक मोड २०७६ मा आयो—जब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भूमि सुधार ऐनमा संशोधन गरेर उद्योग वा कम्पनीलाई ‘उचित कारण भएमा’ हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा वा बिक्री गर्न सकिने कानुनी बाटो खोलिदियो।

यही संशोधनलाई कानुनविद्हरूले “नीतिगत भ्रष्टाचारको ढोका” भनेका थिए। उद्योग संरक्षणको नाममा निजी लाभका लागि कानुनी सीमाना भत्काउने यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नेहरूमा हालका गृहमन्त्री ओमप्रकाश अर्याल पनि थिए । उनीहरूले सरकारको निर्णयलाई संविधान र भूमिसम्बन्धी ऐनसँग प्रत्यक्ष असंगत भएको दाबी गर्दै न्यायिक हस्तक्षेप माग गरेका थिए ।

२०७८ वैशाख १३ मा मन्त्रिपरिषद्ले गिरीबन्धुलाई हदबन्दीभन्दा बढी जग्गा सट्टा–भर्ना गर्न अधिकार दिने निर्णय गर्‍यो । सरकारका शब्दमा यो उद्योगको संरक्षण र श्रमिकको हितमा गरिएको थियो। तर, संवैधानिक इजलासले २०८२ कात्तिक १९ मा सुनाएको फैसलाले यो निर्णयलाई पूर्णरूपमा बदर गर्दै सरकारको कदमलाई “कानुनी मर्यादाविपरीत र अपरिपक्व” ठहर गरिदियो। अदालतले भूमिसम्बन्धी ऐनको दफा १२(ग) लगायतका प्रावधान विपरीत सरकारकै राजनीतिक निर्णय अघि बढेको निष्कर्ष निकालेको छ।

गिरीबन्धु पक्षले अदालतको निर्णयलाई ‘भ्रमपूर्ण आरोप’ भन्दै बचाउ गरेको छ। अध्यक्ष छत्र गिरीका अनुसार कम्पनीले कानुनअनुसार पाँच सय बिघासम्म हदबन्दी छुट पाइन्थ्यो भने, अहिले ३९० बिघा मात्रै प्रयोग भइरहेको दाबी छ । चिया बगानको उर्वरता घटेको, माटो कमजोर भएको कारण वैकल्पिक बगान आवश्यक भएको तर्क उनीहरूको छ।

तर, स्थानीय समुदाय र भूमि अधिकारकर्मीहरूको व्याख्या फरक छ। उनीहरू भन्छन्—“दशकौँदेखि विशाल सरकारी–सदृश जमिन निजी परिवारको नियन्त्रणमा छ, लाभ केहीलाई मात्रै पुग्छ, तर स्थानीय विकासमा योगदान न्यूनतम छ।”

सट्टापट्टा विवादको छानबिनमा झनै गम्भीर तथ्यहरू पनि उजागर भएका छन्। २०७३ पुसमै झापाका व्यवसायी विष्णुबहादुर राई, राजेन्द्र थापा, टंकप्रसाद उप्रेती र मणिकुमार प्रसाईंसँग ३७ करोड ५० लाख रुपैयाँ अग्रिम लिएर गिरीले बगानको २५२ बिघा जमिन बेच्ने सहमति गरेको कागज सार्वजनिक भएको छ। रकम एसबिआई बैंकमा गिरीबन्धुका नाममा जम्मा गरिएको थियो।
भूमाफिया मानिने विष्णुबहादुर राईमार्फत पाँच सयभन्दा बढी व्यक्तिले ५ लाखदेखि १० करोड रुपैयाँसम्म लगानी गरेको अभिलेखमा देखिन्छ। बैना उठाएर वर्षौँसम्म जग्गा नपाएको पीडाका आवाजहरू अहिले बिर्तामोडमै चर्किरहेका छन्।

गिरी समूहले राजनीतिक पहुँच प्रयोग गर्दै भूमि सुधार ऐन संशोधन गराएर जग्गा सट्टापट्टाको बाटो खोलेको आरोप पनि छ। उद्योगपतिदेखि व्यापारी र राजनीतिक शक्ति—सर्वोच्चको रोक नलागेको भए निजी समूहको हातमा ठूलो सरकारी–सदृश जग्गा जाने सम्भावना बलियो थियो।

यसबीचमा मजदुरहरूको भविष्यकै प्रश्न उठेको छ। चिया उत्पादन घट्दै जाँदा बगान स्थानान्तरणको बहानामा श्रमिकको रोजगारी कमजोर बन्दै गएको छ। तर, अदालतको अबरोधसँगै उद्योग, स्थानीय समुदाय र राज्यको दायित्त्वबीचको द्वन्द्व अझै समाधान हुन सकेको छैन।

भूमि सुधार ऐनको मुख्य उद्देश्य भूमिहीनलाई स्वामित्व दिनु हो—धनी जमिनदारको एकाधिकार तोड्नु हो। तर, उद्योगको नाममा छुट दिने नीति राजनीतिक पहुँच, निजी सुविधा र आर्थिक स्वार्थसँग मिसिँदा हदबन्दी कानुन कमजोर बन्यो। सर्वोच्च अदालतले सरकारको निर्णयलाई बदर गरेर कानुनी मर्यादाको सीमारेखा कडाइका साथ पुनःस्थापित गरेको छ।

तर, अन्तिम समाधान अझै बाँकी छ—मजदुरको रोजगारी कसरी जोगाउने?
वैकल्पिक बगानको लागि कुन जग्गा उपयुक्त हुन्छ?
बजार, कानुन र उद्योगबीच सन्तुलन कसरी कायम गर्ने?
नीति निर्माणमा राजनीतिक प्रभावलाई कसरी रोकिने?

गिरीबन्धु टी–स्टेट विवाद आज केवल निजी उद्योगको बहस होइन—यो राष्ट्रिय सम्पत्ति, सार्वजनिक नीतिको पवित्रता, राजनीतिक हस्तक्षेप र कानुनी शासनबीचको ठूलो द्वन्द्वको प्रतिनिधि घटना बनेको छ। सर्वोच्चको कदमले गलत नीतिमाथि रोक त लगायो, तर जग्गा, राजनीति र निजी हितबीचको जटिल चक्र अझै टुटेको छैन। नेपालमा नीति–भ्रष्टाचार कित्ता–कित्ता गरेर कसरी बढ्छ र अदालत कसरी अन्तिम संरक्षक बन्छ—यो प्रकरण त्यसकै ताजा प्रमाण हो।

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।