Washington DC, US : April 5, 2026, Sunday 10:26 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त|इमान्दार एमाले नेता र कार्यकर्ताका लागि यो भन्दा ठुलो नैतिक हार अरु के होला र !|चीनले पाकिस्तानसँग मिलेर युद्ध रोक्ने प्रयास, पाँच बुँदे प्रस्ताव अघि सारे|बेलायतसहित पश्चिमी मुलुकहरू लक्षित कडा र असामान्य टिप्पणी

के हुँदै छ नेपालमा राजनीतिका नाममा ? एमाले, कांग्रेस, राप्रपा देखि अन्य सम्मका समाचार यस्ता छन् आज

  NepalMother.com | १४ मंसिर २०८२, शनिबार ११:१९

कोसी प्रदेशसहित देशका विभिन्न जिल्लाहरूमा चलिरहेको नेकपा (एमाले)को ११औँ महाधिवेशन प्रतिनिधि छनोट प्रकृयाले शनिबार देशैभरि आ–आफ्ना रंगहरू देखायो — कतै सर्वसम्मत सहमति, कतै मतपेटिकासँगै चल्ने भीड–उदासी, कतै धकेलाधकेलको तिक्तता।

कोसी प्रदेशका पाँच जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि छानिँदा मोरङमा भने मताधिकार प्रयोगको भीडभाडबीच झिनो विवाद छायो। एमाले नेता पर्शुराम बस्नेतलाई धकेलिएको खबर फैलिएको थियो। बस्नेतले आफू ‘धकेलिएको’ नभई जुत्तामा अल्झिएर अलि लरबरिएको मात्रै भएको बताए। उनका अनुसार एउटै व्यक्तिबाट बारम्बार अशक्त मतदाताको नाममा मत खसाल्न खोजिएको देखेपछि प्रतिवाद गरेका थिए। मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर विनोद ढकाल समूह बलियो रहेको बुझिन्छ।

एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले मोरङ पार्टी कार्यालयमा सामान्य भनाभन भएको बताए। भोजपुर, ताप्लेजुङ, इलाम, पाँचथर र सोलुखुम्बुमा भने सहमतिमै महाधिवेशन प्रतिनिधि छानिएका छन्। मोरङमा मतगणना रातिदेखि सुरु गर्ने तयारी छ। क्षेत्र नं.–२ को मतगणना रंगलीमा र क्षेत्र नं.–३ को मतगणना बेलबारीमा गरिनेछ। क्षेत्र नं.–४ को मतगणना सोमबारदेखि प्रारम्भ हुने पार्टीको तयारी छ।

तेह्रथुम र खोटाङमा सहमतिका सम्भावना खोजिँदै मतदान रोकिएको छ भने धनकुटामा मतदानका क्रममा विवाद देखा परेको छ। झापा, मोरङ, सुनसरी, उदयपुर र ओखलढुंगामा भने मतदान सम्पन्न भइसकेको र ती जिल्लाका मतपेटिका संकलन गरेर आजैदेखि गणना सुरु हुने खतिवडाले बताए। कोसी प्रदेशबाट २२९ प्रतिनिधि छानिनेछन्। मतदान भएका जिल्लाहरूमा अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच प्यानल बनाएर प्रतिस्पर्धा गरिएको थियो।

उता नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति तोक्ने एजेन्डाले भेटघाट, स्थगन र पुनःस्थगनको अनवरत चक्र बनाइरहेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थलदेखि मिति सम्म सानासाना कारणले नै बारम्बार सारिन बाध्य भएको भन्दै सामाजिक सञ्जालमा ‘गाली आफूलाई मात्र गर्नुस्’ भन्दै मनोव्यथा पोखेका छन्।

जेनजी आन्दोलनपछि बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति टुंग्याउनु पर्ने थियो तर निर्णय फेरि पस्यो। दैनिकजसो बैठक सारिनु नै दैनिकी जस्तै बन्न थालेको कांग्रेसमा सभापति शेरबहादुर देउवा सक्रिय भए पनि निष्कर्ष भने आउन सकेको छैन। शनिबार देउवा निवासमा भएको छलफल पनि निष्कर्षविहीन रहँदै आइतबार बोलाइएको बैठक फेरि सोमबार स्थगित भएको छ। देउवाले पुस भित्रै महाधिवेशन गर्न सकिने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए।

बैठकमा विशेष महाधिवेशन नगरी प्रत्यक्ष नियमित महाधिवेशनको मिति तोकेर प्रक्रिया अघि बढाउन देउवाले सुझाव दिएका छन्। तर नियमित महाधिवेशनसँगै पार्टी चुनावमा होमिनुपर्ने भएकोले त्यसले असर पार्ने भन्दै विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले असहमति जनाए। नियमित महाधिवेशन गर्दा विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिनुपर्ने संस्थापन पक्षको सर्त थियो, तर महामन्त्री गगन थापाले आफू विशेष महाधिवेशन चाहने पक्षधरहरूलाई रोक्न नसक्ने जवाफ दिए।

“देश र प्रजातन्त्र संकटमा परेका बेला पार्टी विभाजित भएको सन्देश जानु हुँदैन,” देउवाले बैठकमा भनेको एक नेताले उद्धृत गरे, “पुस वा माघको सुरुतिर जुनसुकै मितिमा महाधिवेशन गरौं।” कार्यवाहक खड्का, डा. शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा लगायतले नियमित महाधिवेशन नै गरेर संगठनलाई तलदेखि पुनर्जीवित गर्न सकिने धारणा राखेका छन्। तर थापाले विशेष महाधिवेशन गरेर अर्को मंसिरमा नियमित अधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्।

dasmg-1764424673.jpg

यससँगै देशको मध्यभागमा अर्को राजनीतिक स्वर गुञ्जायमान छ—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेर मुलुकको दीर्घकालीन निकासका लागि तत्कालीन राजा, विभिन्न राजनीतिक दल र ‘जेनजी’ आन्दोलनका प्रतिनिधिहरूसहित सर्वपक्षीय सम्मेलन बोलाउन औपचारिक माग राख्यो। अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्रीलाई पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै ‘नवीन समझदारी’को पहल गर्न आग्रह गरे।

विदेशी तत्त्वसँग लड्न कम्युनिस्ट एकता : प्रचण्ड

त्यसैगरी दाङमा आयोजित एकता सन्देशसभामा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेपकारी तत्त्वको चुनौतीसँग लड्न कम्युनिस्ट एकता गरिएको जिकिर गरे। जनताको भावना नबुझी दुईतिहाइले पनि केही गर्न न सक्ने तथ्य जेनजी आन्दोलनले प्रमाणित गरिदिएको उनले बताए। अघिल्लो सरकारले दुईतिहाइको अहंकारमा भ्रष्टाचार ढाकछोप गर्ने कोशिश गरेकाले ‘बालुवाटारबाट हेलिकोप्टर चढेर भाग्नुपरेको’ टिप्पणी उनले गरे।

नेकपाका सह–संयोजक माधवकुमार नेपालले कम्युनिस्ट एकताले राम्रो कुराको निरन्तरता र कमजोरी सुधार्ने मार्ग खोल्ने बताए। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले सरकारसँग वार्ताका लागि तयारी भएको बताए। बैंकको कालोसूची, भूमिहीन सुकुम्बासी, कवाडी व्यवसायी, सुरक्षा निकायको तलब, हिन्दू अधिराज्य, प्रदेश खारेजी, राजसंस्थाबारे जनमत संग्रहजस्ता विषयमा सरकार गम्भीर नबने आन्दोलन सडकबाट सशक्त बनाउने चेतावनी पनि प्रसाईंले दिए।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।