अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम ब्रदरहुडलाई औपचारिक रूपमा आतङ्कवादी संगठनको सूचीमा राख्ने तयारी भइरहेको संकेत गरेका छन्। पछिल्ला महिनाहरूमा यो समूहको अमेरिकाभित्र प्रभाव बढ्दै गएको भन्दै विभिन्न अनुसन्धान संस्था र राज्यहरुले चिन्ता व्यक्त गर्दै आएका छन्। ट्रम्पले Just the News सँग कुरा गर्दै भने—“यो सबैभन्दा कडा र शक्तिशाली शब्दमा घोषणा हुनेछ। अन्तिम कागजात तयार हुँदै छन्।”
यसअघि टेक्सास राज्यले मुस्लिम ब्रदरहुडलाई आतङ्कवादी संगठन घोषणा गरिसकेको छ। यस्तै, विश्वव्यापी अनुसन्धान संस्था ISGAP (Institute for the Study of Global Antisemitism and Policy) ले २०० पृष्ठको विस्तृत प्रतिवेदन सार्वजनिक गर्दै मुस्लिम ब्रदरहुडको अमेरिकाभित्र बढ्दो पहुँच र प्रभावबारे गम्भीर चेतावनी दिएको थियो।
प्रतिवेदनका अनुसार मुस्लिम ब्रदरहुडले
अमेरिकी सरकारी एजेन्सीहरूमा पहुँच,
नागरिक अधिकार नीतिमा प्रभाव,
शैक्षिक संस्थामा प्रभाव विस्तार,
सोशल मिडियामा व्यापक उपस्थिति
बढाउँदै आएको दाबी गरिएको छ। प्रतिवेदनले यो संगठनले State Department, Department of Homeland Security, Department of Justice जस्ता अमेरिकी निकायहरूमा नियुक्ति तथा सल्लाहकार भूमिकामार्फत प्रभाव जमाउन खोजेको आरोप लगाएको छ।
ISGAP का कार्यकारी निर्देशक चार्ल्स एशर स्मलले भने—
“मुस्लिम ब्रदरहुडको विचारधारा र सञ्जाल अमेरिकी लोकतन्त्रका लागि चुनौती हो। ट्रम्पको कदम यसलाई रोक्न महत्वपूर्ण सुरुआत हुनेछ।”
प्रतिवेदनले मुस्लिम ब्रदरहुड र अल-कायदा जस्ता समूहहरूबीच रणनीतिक लक्ष्य समान रहेको उल्लेख गरेको छ—
दुवै समूहको उद्देश्य शरिया कानूनमा आधारित इस्लामिक शासन स्थापना हो, तर तरिकामा मात्र फरक।
मुस्लिम ब्रदरहुडले क्रमशः विस्तार (gradualism) को रणनीति अपनाएको,
जबकि अल–कायदाले हिंसात्मक जिहाद प्रयोग गर्ने उल्लेख छ।
ट्रम्प प्रशासनका वरिष्ठ अधिकारी सेबास्टियन गोरकाले X (Twitter) मा लेखे—
“मुस्लिम ब्रदरहुड नै आधुनिक जिहादी समूहहरूको जन्मदाता हो। अब समय आएको छ।”
ISGAP ले काँग्रेसलाई पनि यस विषयमा कदम चाल्न आग्रह गरिरहेको छ।
यो विषय चर्किँदै जाँदा, ह्वाइट हाउसले यसबारे कुनै प्रतिक्रिया नदिएको भए पनि, ट्रम्प प्रशासनभित्र मुस्लिम ब्रदरहुडबारे सम्पूर्ण कागजात र अभिलेख संकलन गरिँदै छ।
प्रतिक्रिया