Washington DC, US : December 11, 2025, Thursday 11:09 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|“हामीले भेनेजुएलाको तटमा एउटा विशाल ट्यांकर जफत गरेका छौँ, यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो” : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प|भारतका अतिरिक्त विदेश सचिव चारदिने नेपाल भ्रमण सकेर नयाँदिल्ली फर्किए|जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच सम्झौता सम्पन्न|पोखरा एयरपोर्ट भ्रस्टाचार : कसले, कसरी, कति र कहिले खाए ?|भूषिता वशिष्ठको संस्कृत, जीवन र अध्यात्म मोह|About US ( Nepalmother.com)|गृहमन्त्री भन्छन “यो सरकार कारबाहीका मामलामा डगमगाउने छैन” |लाखौँ बालबालिका इंस्टाग्राम, फेसबुक, थ्रेड्स, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिट, एक्स, ट्विच र किक जस्ता प्लेटफर्मबाट बाहिरिए|रोयल क्यारिबियनको क्रुजमा ३३ गिलास मदिरा पिलाए पछि !|नेपाली समाज नटिङ्घमको अधिवेशन सम्पन्न

Breaking News : तोडफोड र आगजनीका कारण निजी क्षेत्रमा मात्र करिब ३६ अर्ब रूपैयाँ बराबरको क्षति, आगजनी गर्ने समूहको पहिचान तथा पक्राउ अभियान तीव्र, हालसम्म ५११ जना पक्राउ, ५५ जिल्लामा १ हजार ९५७ संरचनामा क्षति, निजी क्षेत्रमा भएको क्षतिमा करिब २३ अर्ब रूपैयाँ बराबरको बीमा दाबी दर्ता

  NepalMother.com | १ मंसिर २०८२, आईतवार ०८:४९

अर्थमन्त्री रामेश्वर खनालले ‘जेन–जी’ आन्दोलनको दौरान भएको तोडफोड र आगजनीका कारण निजी क्षेत्रमा मात्र करिब ३६ अर्ब रूपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान प्राप्त भएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले ५५ जिल्लामा १ हजार ९५७ संरचनामा क्षति भएको जानकारी दिए। तीमध्ये निजी क्षेत्रका ४१९ संरचनामा मात्रै करिब ३६ अर्ब बराबरको क्षति पुगेको उनको भनाइ छ।

खनालका अनुसार निजी क्षेत्रमा भएको क्षतिमा करिब २३ अर्ब रूपैयाँ बराबरको बीमा दाबी दर्ता भइसकेको छ। उनले सरकार निजी क्षेत्रसँग विश्वासका साथ अगाडि बढ्न चाहेको बताउँदै, नियन्त्रणमुखी नीतिहरू नबनाइने स्पष्ट गरे। उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनअनुसार सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै पुँजीबजार तथा घरजग्गा क्षेत्रलाई पुनर्जीवित बनाउन लागेको उनले बताए।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कर प्रणाली सुधार, एकद्वार प्रणाली कार्यान्वयन, प्रविधिमैत्री कर प्रशासन र कारोबारका प्रकारअनुसार कर संरचना छुट्याउनुपर्ने सुझाव दिए। उनले राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा निर्देशिका खारेज गर्न माग गर्दै घरजग्गा क्षेत्रमा देखिएको सुस्ततालाई हटाउन नीतिगत व्यवस्था आवश्यक रहेको उल्लेख गरे। चेम्बरले लगानी प्रवर्द्धन नीति तुरुन्तै ल्याउन पनि सरकारलाई आग्रह गरेको छ।

यसैबीच, जेन–जी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी गर्ने समूहको पहिचान तथा पक्राउ अभियानलाई प्रहरीले विशेष प्राथमिकताका साथ तीव्र बनाएको छ। पछिल्ला घटनामा सर्वोच्च, विशेष अदालतसहित देशभरका २३ वटा अदालतमा आगजनी भएको थियो। यसअघि नै अदालतहरूले अनुसन्धान तीव्र पार्न औपचारिक निवेदन दिएका थिए। त्यस आधारमा काठमाडौं प्रहरीले विशेष टोली बनाएर हतियार लुट्ने समूह, सरकारी कार्यालयमा आगो लगाउने समूह तथा समूहगत तोडफोडमा संलग्नहरूलाई पहिचान गरी छुट्टाछुट्टै अनुसन्धान अघि बढाइरहेको छ।

विशेषगरी सर्वोच्चमा आगजनी गर्ने समूहमाथि संकलित भिडियो तथा फुटेजको आधारमा अनुसन्धान बढाइएको प्रहरीको भनाइ छ। यता, जेन–जी आन्दोलनका संयोजक समूहहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको ११ बुँदे प्रस्तावमा ज्यान र बलात्कारबाहेकका मुद्दामा पक्राउ परेकालाई थुनामुक्त गर्नुपर्ने माग राखेपछि अनुसन्धानमा चुनौती थपिएको प्रहरी स्रोत बताउँछ।

प्रहरी प्रधान कार्यालयका अनुसार, हालसम्म ५११ जना पक्राउ परेका छन्, जसमा २२२ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। केहीलाई हातहतियार, ज्यानसम्बन्धी अभियोगलगायतका मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ। काठमाडौं, ललितपुर र देशभरका विभिन्न स्थानमा प्रहरी कार्यालयमा आगजनी, निजी तथा व्यावसायिक घरहरूमा तोडफोड, हतियार लुटपाटजस्ता घटनामा संलग्नहरूलाई व्यापक रूपमा पक्राउ गरिएको छ।

भदौ २४ गतेको प्रदर्शनमा सर्वाधिक भौतिक क्षति भएको थियो। भदौ २३ मा युवाहरूको मृत्युपछि आक्रोशित समूहले पुलिस कार्यालयमा आगो लगाउँदै हतियार लुटेको थियो, केही जेलहरूमा समेत तोडफोड गर्दै कैदी/बन्दी भागेका थिए। पक्राउ परेकाहरूको धेरैजसो पहिलेदेखिकै अपराधिक रेकर्ड रहेको प्रहरीको दाबी छ।

काठमाडौंको महाराजगञ्ज प्रहरी वृत्त र कोटेश्वर प्रभागमा कार्यरत प्रहरी कर्मचारीहरूको हत्या प्रकरणमा संलग्न ६ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ। असई मिलन राय र जवान उत्तम थापाको हत्या गरेको आरोपमा होमप्रसाद पौडेल, टीकाराम बिक, बुद्धिलाल तामाङ र युवराज क्यापछाकीलगायत पक्राउ परिसकेका छन्। कोटेश्वरका हवल्दार अमृत गुरुङको हत्यामा संलग्न अनुपम भण्डारीसहितका व्यक्तिहरूलाई पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीको भनाइ छ।

यसअघि गृह मन्त्रालयले ज्यान र बलात्कारबाहेकका अभियोगमा पक्राउ परेकालाई अनुसन्धान नगर्न निर्देशन दिए पनि, प्रहरीले गम्भीर प्रकृतिका अपराधमा संलग्नहरूलाई निरन्तर पक्राउ गर्दै अनुसन्धान अघि बढाइरहेको छ। प्रहरीले हजारौँ फोटो तथा भिडियोका आधारमा पहिचान र अनुसन्धान गरिरहेको छ।

यता, केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ। सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषदमा सिफारिस गर्ने निर्णय गरेको छ। योजनामा सुरक्षा संवेदनशीलता अनुसार जिल्लाहरू वर्गीकृत गर्ने, मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन, निर्वाचन पूर्व–निर्वाचन चल्दा–र निर्वाचनपछि अपनाइने तीन तहका सुरक्षा उपायहरू समेटिएको छ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका उच्च अधिकारीहरूको सहभागिता थियो।

यसैबीच, नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सातै प्रदेशमा ‘एकताको सन्देश सभा’ आयोजना गर्ने निर्णय गरेको छ। पेरिसडाँडामा बसेको पूर्वपदाधिकारी बैठकपछि नेता वामदेव गौतमले सातै प्रदेशमा सभामार्फत संविधानले मार्गदर्शन गरेको समाजवाद निर्माण तथा मुलुकका विद्यमान समस्याको समाधान गर्ने पार्टीको योजना जनतासमक्ष पुर्‍याउने बताए।

गौतमका अनुसार नेकपा स्वदेशमै रोजगार सिर्जना गर्दै देशको आर्थिक अवस्था सुधार्न प्रतिबद्ध छ र आगामी सभा यही सन्देश जनताबीच पुर्‍याउने उद्देश्यले आयोजना गरिनेछ।

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।