Washington DC, US : April 6, 2026, Monday 12:22 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त|इमान्दार एमाले नेता र कार्यकर्ताका लागि यो भन्दा ठुलो नैतिक हार अरु के होला र !|चीनले पाकिस्तानसँग मिलेर युद्ध रोक्ने प्रयास, पाँच बुँदे प्रस्ताव अघि सारे|बेलायतसहित पश्चिमी मुलुकहरू लक्षित कडा र असामान्य टिप्पणी

शुल्क तिरेर पनि नेपालीले पासपोर्ट, ड्राइभिङ लाइसेन्स, राष्ट्रिय परिचयपत्र र नागरिकताको प्रमाणपत्र समयमै पाउन सक्दैनन् कस्तो बिडम्बना !

  NepalMother.com | १८ कार्तिक २०८२, सोमबार ०७:५२

काठमाडौं / राहदानी विभागसँग अहिले जम्मा एक लाख ७५ हजार थान मात्र विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) बाँकी रहेका छन्। यो सङ्ख्या आउँदो मंसिर महिनासम्मको माग धान्न मात्र पर्याप्त हुने देखिएको छ। त्यसपछि पुस र माघ महिनामा पासपोर्ट अभाव हुने सम्भावना बढेको छ। विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार, फ्रान्सेली कम्पनी IDEMIA सँगको ५१ लाख पासपोर्ट खरिद सम्झौता सकिन लागेको छ, र नयाँ पासपोर्ट छपाइ फागुनदेखि मात्र सुरु हुने गरी दुई जर्मन कम्पनी  Veridos GmbHMuehlbauer ID Services सँग नयाँ सम्झौता भएको छ। अर्यालका शब्दमा, “अब हामीसँग पौने दुई लाख थान ई पासपोर्ट बाँकी छन्। यो दरले हेर्दा मंसिर मसान्तसम्म मात्रै पुग्ने देखिन्छ।”

पासपोर्ट अभावको संकट

विभागका तथ्यांक अनुसार, अघिल्ला दुई आर्थिक वर्षमा औसत मासिक पासपोर्ट माग क्रमशः १ लाख २२ हजार र १ लाख १३ हजार थान रहेको थियो। यस आधारमा हेर्दा, नेपाललाई फागुनसम्म करिब ४ लाख पासपोर्ट आवश्यक पर्ने अनुमान छ। तर, अहिले बाँकी रहेको स्टकले मंसिरपछि माग धान्न सक्दैन।  यदि छपाइ फागुनअघि सुरु भएन भने पुस र माघ महिनामा राहदानी वितरण ठप्प हुने खतरा रहेको विभागको चेतावनी छ। महानिर्देशक अर्यालले भने, “मंसिरसम्म त पासपोर्ट पुग्छ, त्यसपछि समस्या आउन सक्छ। त्यसलाई समाधान गर्न वैकल्पिक व्यवस्था खोज्दैछौं।”

प्रधानमन्त्रीको पहल र जर्मन राजदूतसँगको छलफल

पासपोर्ट अभावको संकट देखिएपछि प्रधानमन्त्री सुशीला कार्कीले नेपालका लागि जर्मन राजदूत उडो भोल्जलाई बोलाएर छलफल गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीले जर्मन कम्पनीहरूले “फागुनअघि नै छपाइ सुरु गर्न सक्ने व्यवस्था मिलाइदिन” आग्रह गरेकी थिइन्।
राजदूत भोल्जले पनि सम्भव सहयोग गर्ने आश्वासन दिएका थिए।

फ्रान्सेली कम्पनीसँग पुनः सम्झौताका प्रयास

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, आगामी दुई महिनाको आवश्यकताका लागि तीन लाख थान पासपोर्ट IDEMIA बाट नै छपाउने सम्भावनाबारे छलफल भइरहेको छ।
तर कम्पनीले अहिलेको भन्दा धेरै महँगो मूल्य प्रस्ताव गरेपछि सहमति हुन सकेको छैन।

हाल IDEMIA प्रति पासपोर्ट १०.१३ अमेरिकी डलर लिँदै आएको छ। तर नयाँ प्रस्तावमा कम्पनीले प्रति पासपोर्ट १५.५१ अमेरिकी डलर माग गरेको स्रोतको दाबी छ।
मन्त्रालयका एक अधिकारीले भने, “कुरा मिलाउन प्रयास भइरहेको छ, छिट्टै सहमति हुने अपेक्षा छ।”

नयाँ सम्झौता र लागत

गत वर्ष राहदानी विभागले ५ वर्षमा ६४ लाख ई–पासपोर्ट खरिद र छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेको थियो।
करिब ७ अर्ब ६६ करोड ४६ लाख रुपैयाँमा दुई जर्मन कम्पनीसँग सम्झौता गरिएको हो।
तर सम्झौता अनुसारको छपाइ कार्य फागुनदेखि मात्र सुरु हुने भएकाले तत्कालको मागका लागि वैकल्पिक उपाय अनिवार्य बनेको छ।

राहदानी वितरणको पन्ध्र वर्षे तथ्यांक

विभागको अभिलेख अनुसार, २०६७ सालदेखि २०८२ कात्तिक १५ गतेसम्म कुल १ करोड २१ लाख १० हजार ६५७ थान पासपोर्ट जारी भइसकेका छन्।
त्यसमध्ये ७१ लाख ८५ हजार ६५७ थान मेसिन–रीडेबल पासपोर्ट (MRP) र ४९ लाख २५ हजार थान ई–पासपोर्ट रहेका छन्।

सबैभन्दा बढी पासपोर्ट आर्थिक वर्ष २०८०/८१ मा (१४ लाख ७३ हजार ३२५ थान) जारी गरिएको थियो।
त्यसपछिको वर्ष २०८१/८२ मा यो संख्या केही घटेर १३ लाख ५६ हजार ८८७ थानमा पुगेको छ।

नेपालले हस्तलिखित राहदानी बन्द गरी २०६७ मंसिर १० गतेदेखि MRP सुरु गरेको थियो, र त्यसलाई स्तरोन्नति गर्दै २०७८ मंसिर १ गतेदेखि ई–पासपोर्ट वितरणमा ल्याइएको हो।

पासपोर्ट वितरणमा संकट आउँदै, विकल्प खोज्दै विभाग

नेपालमा   सेवाग्राही जनताले राज्यका आधारभूत कागजात पाउन पनि वर्षौं पर्खनुपर्ने अवस्था सिर्जना भएको छ। पासपोर्ट, ड्राइभिङ लाइसेन्स, राष्ट्रिय परिचयपत्र र नागरिकताको प्रमाणपत्रजस्ता आवश्यक सेवा सहज रूपमा उपलब्ध हुनुपर्ने हो, तर अहिले यी नै सेवामा हाहाकार मच्चिएको छ।

राज्यले यी सेवाहरूका लागि नागरिकसँग मनग्गै शुल्क असुल्दै आएको छ  पासपोर्ट बनाउन हजारौं रुपैयाँ, लाइसेन्स बनाउन हजारौं, राष्ट्रिय परिचयपत्रका लागि लाइनमा बस्दा दिनौं बित्छ। तर जनतालाई समयमै सेवा प्राप्त हुँदैन। कतिपय कार्यालयहरूमा त आवेदन दिएको महिनौं बितिसक्दा पनि नतिजा भेटिँदैन।

राहदानी विभागमा अहिले पासपोर्टको अभाव छ, जसका कारण हजारौं नेपाली विदेश जाने तयारीमै रोकिएका छन्। ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फर्म भरेर परीक्षा दिए पनि कार्ड आउन वर्षौं लाग्ने अवस्था छ। राष्ट्रिय परिचयपत्र त झन् ‘डिजिटल नेपालको’ प्रतीक भनेर सुरु गरिएको तर नागरिक अझै कार्ड हातमा पाउन सकेका छैनन्। नागरिकताको प्रमाणपत्रका लागि पनि कतिपय जिल्लामा ‘सर्भर डाउन’ को बहानाले जनता अल्झाइएका छन्।

जनताको पैसाबाट तलब पाउने, सुविधासम्पन्न सवारीसाधन चढ्ने, उच्च पदमा आसिन अधिकारीहरूले जनतालाई सधैं ‘प्रक्रिया ढिलो हुन्छ’, ‘सर्भर बिग्रेको छ’, ‘कागज सकिएको छ’ भनेर टार्ने क्रम रोकिने कुनै संकेत छैन।

अब प्रश्न उठ्छ — यस्तो देशमा के अपेक्षा गर्ने ? जहाँ आफ्नै नागरिकले आफ्नो अस्तित्व प्रमाणित गर्नका लागि महिनौं–महिनौं सरकारी ढोका ढकढक्याउनुपर्छ, त्यहाँ सुशासनको कुरा के गर्ने ?

नेपालमा समस्या स्रोतको होइन, सोचको हो। हामीले सस्तो लोकप्रियता र ठेक्कापट्टा प्रवृत्तिलाई विकास ठान्यौं। सेवाको गुणस्तर होइन, ठेक्का कुन कम्पनीले पायो भन्ने नै प्राथमिकता बनाइयो। परिणामस्वरूप पासपोर्ट छाप्ने कम्पनी बदलिन्छ, लाइसेन्स कार्ड छप्ने मेशिन बिग्रिन्छ, नागरिकता वितरण रोकिन्छ, अनि दोष जनता नै भोग्न बाध्य हुन्छन्।

सरकारले जनताको शुल्क असुल्ने भने तुरुन्तै गर्छ, तर सेवा दिन भने ढिलाइ गर्छ। जब नागरिक आफ्नै दस्तावेजको लागि सरकारको कृपामा निर्भर बन्नुपर्छ, त्यो राज्यको असफलताको प्रत्यक्ष प्रमाण हो।

आजका नेपालीहरू लाइनमा बस्दै छन्  पासपोर्टका लागि, लाइसेन्सका लागि, नागरिकताको लागि, राष्ट्रिय परिचयपत्रका लागि। कतै लाइनमा निराशा, कतै आक्रोश, कतै असहायता। यो स्थिति केवल प्रविधि र व्यवस्थापनको कमजोरी होइन, यो शासन प्रणालीकै प्रतिबिम्ब हो।

राज्यले यदि साँच्चै ‘डिजिटल नेपाल’ भन्ने सपना पूरा गर्न चाहन्छ भने, नागरिकले पासपोर्ट, लाइसेन्स, परिचयपत्र र नागरिकता समयमै र सहज रूपमा पाउने अधिकार सुनिश्चित गर्नुपर्छ। नत्र, विकासका भाषण र जनताको पीडा बीचको यो दूरी अझै बढ्दै जानेछ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।