Washington DC, US : March 14, 2026, Saturday 01:25 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु|पानी परे पछि बल्ल अलिकति सुधार भएको छ राजधानीको बायु प्रदुषण|एनआरएनलाई विदेशी जस्तो बनाइयो|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे

हिमपहिरोमा परेर तीन जनाको मृत्यु, चार घाइते र आठ अझै बेपत्ता मनास्लु र गोरखा क्षेत्रका हिमाली मार्गहरूमा पनि लगातारको हिमपात र वर्षाका कारण पर्यटकहरू समस्यामा परे

  NepalMother.com | १८ कार्तिक २०८२, सोमबार ०७:३८

 दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको भीषण हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ, चार जना घाइते र आठ जना अझै बेपत्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार उद्धार कार्य सुरु भए पनि खराब मौसमका कारण कठिनाइ भइरहेको छ। नेपालका गाइडसहित सोमबार बिहान १५ जनाको आरोहण टोली नाँ गाउँबाट ५,६३० मिटर अग्लो यलुङ रि हिमालतर्फ प्रस्थान गरेको थियो। आरोहणका क्रममा परेको हिमपहिरोले टोलीका धेरै सदस्यलाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ।

डीएसपी महतोका अनुसार उद्धारका लागि हेलिकोप्टर त्यस क्षेत्रमा पुगे पनि मौसम अत्यन्तै खराब भएकाले अवतरण गर्न सकेको छैन। रोल्वालिङ क्षेत्र प्रतिबन्धित हवाई क्षेत्रमा पर्ने भएकाले प्रशासनको अनुमति लिएर मात्रै उडान हुने र त्यस्तो अनुमति दिइसकेकाले मौसम सुधारसँगै पुनः उद्धार कार्य सुरु हुने उनले बताए।

भौगोलिक दुर्गमता र लगातारको हिमपातका कारण प्रहरीले घटनास्थलमा पुग्न सकेको छैन। स्थानीय बासिन्दा र शेर्पा समुदायका सहयोगमा पैदल उद्धार टोली पठाइएको छ।

यसैबीच, मनास्लु र गोरखा क्षेत्रका हिमाली मार्गहरूमा पनि लगातारको हिमपात र वर्षाका कारण पर्यटकहरू समस्यामा परेका छन्। मनास्लु क्षेत्रमा चेक रिपब्लिककी ५४ वर्षीया पर्यटक क्याटरिना रस्कोभा पहिरोमा परेर बेपत्ता छिन्। उनी सामागाउँबाट फर्कंदै गर्दा न्याकफेदीमा माथिबाट खसेको ढुंगासहितको पहिरोमा पुरिएकी थिइन्।

स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ। प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार “पहिरो पन्छाउने र तटीय क्षेत्रमा खोजी जारी छ।”

त्यस्तै, पाङबारी हिमाल आरोहणका क्रममा दुई जना इटालियन नागरिक — ६७ वर्षीय स्टेफानो फारोनाटो र ३७ वर्षीय एलेस्यान्ड्रो गपुटो — सम्पर्कविहीन छन्। उनीहरूसँगै रहेका अन्य एक इटालियन र तीन नेपालीको भने उद्धार भइसकेको प्रहरीले जनाएको छ।

मौसम बिग्रिएपछि उनीहरू क्याम्पमै अड्किएका र त्यसपछि सम्पर्क टुटेको प्रारम्भिक जानकारी छ। काठमाडौंबाट पर्वतीय उद्धार टोली हेलीमार्फत साम्दो पुगेर पैदल खोजी सुरु गरिएको एसपी भरतबहादुर विकले बताए।

उनीहरूले भने, “कैलाश एयरको हेलिकोप्टरमार्फत हाम्रो टोली साम्दो पुगेको छ, त्यहाँबाट पैदल खोजी जारी छ।” स्थानीयले उद्धार टोलीका लागि बाटो बनाइरहेका छन्। पाङबारी हिमाल ६,८८७ मिटर अग्लो शिखर हो।

मनास्लु क्षेत्रमा पनि अहिले निरन्तर उद्धार भइरहेको छ। अवरुद्ध मौसम खुलेसँगै हेलिकोप्टरमार्फत दुई हजारभन्दा बढी पर्यटकको उद्धार भएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ। प्रहरीका अनुसार २३४ जना अझै उद्धार पर्खिरहेका छन्।

यसैबीच, वर्षा र पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङमा चार घर र एक कुखुरा फर्ममा क्षति पुर्‍याएको छ। जुकबहादुर, सर्किनी, धन्डुक र कमला गुरुङका घरहरूमा लेदो पस्दा पशुचौपाया र घरायसी सामग्री बगेका छन्। स्थानीय देवेन्द्र गुरुङको कुखुरा फर्मसमेत बगाएर ५०–६० वटा कुखुरा मरेको छ।

हाल प्रभावित परिवारहरू आफन्तको घरमा बसोबास गरिरहेका छन्। प्रशासनले उद्धार र राहतको तयारी थालेको जनाएको छ।

नेपालका हिमाली क्षेत्रमा पछिल्ला दिनहरूमा लगातारको हिमपात, वर्षा र पहिरोका कारण दर्जनौँ आरोही, पर्यटक र स्थानीय जोखिममा परेका छन्। उद्धार टोलीहरू निरन्तर सक्रिय रहे पनि कठिन भौगोलिक परिस्थिति र प्रतिकूल मौसमले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।