क्वालालाम्पुरबाट एअर फोर्स वन चढ्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापान र दक्षिण कोरियातर्फ उडे। पछिल्ला २४ घण्टामा उनले “क्षेत्रीय शान्ति र समृद्धि” ल्याउने अनेक सम्झौताहरू गरेको दाबी व्हाइट हाउसले गर्दै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस साता एशिया भ्रमणमा अत्यन्त सक्रिय रहे। मलेशियाबाट शुरु भएको भ्रमणले आसियान शिखर सम्मेलन लाई कूटनीतिक रूपमा महत्वपूर्ण बनायो। ट्रम्पको मध्यस्थतामा थाइल्याण्ड कम्बोडियाबीचको सीमासंघर्ष रोक्ने युद्धविराम सम्झौता घोषणा भएको छ, जसलाई आसियानका लागि दुर्लभ सफलता मानिएको छ।
यससँगै अमेरिका–कम्बोडिया र अमेरिका–थाइल्याण्डबीच नयाँ व्यापारिक सम्झौता सम्पन्न भयो। मलेशिया र भियतनामले पनि अमेरिकी बजारमा केही वस्तुमा शुल्क छुट पाएका छन्। अमेरिकी कूटनीति शान्ति स्थापना र आर्थिक दबाबको संयोजनमा अघि बढाइने संकेत ट्रम्पले दिए।
मलेशियामा अमेरिकी तथा चिनियाँ प्रतिनिधिमण्डलबीच दुर्लभ खनिज र सुुल्कसम्बन्धी प्रारम्भिक सहमति बनेको छ, जसले आगामी दक्षिण कोरियामा हुने ट्रम्प–सी वार्ताको आधार तयार गरेको छ।
यस्तै, सम्मेलनले पूर्वी टिमोरलाई औपचारिक रूपमा आसियान सदस्य बनाएको छ, जसलाई क्षेत्रीय एकताको महत्त्वपूर्ण कदम मानिएको छ।
विश्लेषकहरूको मूल्यांकनमा, विवादहरूका बीच पनि ट्रम्पको उपस्थितिले एशियामा अमेरिकाको प्रभाव र आसियानको प्रासंगिकता दुवै बलियो बनाएको छ र शान्ति तथा व्यापार दुवै मोर्चामा कूटनीतिक उपलब्धी बटुलिएको छ।
उनको आगामी प्रमुख भेट भने चीनका राष्ट्रपति सी चिनफिङसँगको हुनेछ। तर, ट्रम्पको आसियान सम्मेलनमा उपस्थिति दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूको यो समूहका लागि ठूलो कूटनीतिक क्षण मानियो किनकि पिछिल्ला वर्षहरूमा यसको प्रभाव र औचित्यबारे विवाद बढ्दै गएको छ।
ट्रम्पले सम्मेलनमा थाइल्याण्ड र कम्बोडियाबीचको सीमासंघर्ष रोकिएको घोषणा गर्दै आफूलाई शान्तिदूतको रूपमा प्रस्तुत गर्न खोजे। जुलाईमा खुला सैनिक भिडन्तमा पुगेको विवादलाई रोक्न उनले सक्रिय भूमिका खेलेको दाबी भयो। यद्यपि थाइ पक्षले यसलाई “शान्ति सम्झौता” भन्न पूर्णतः सहज महसुस गरेन।
यसअघि मलेशियाका प्रधानमन्त्री तथा आसियान अध्यक्ष अन्वर इब्राहिमले प्रारम्भिक युद्धविराम गराएको श्रेय पाइसकेका थिए। अनुभवी अन्वरले दुबै देशसँगको आफ्नो पुरानो सम्बन्ध र ट्रम्पसँगको सहमतिको कूटनीति चतुरतापूर्वक उपयोग गरे।
तर अन्ततः, अमेरिकी आर्थिक दबाब नै निर्णायक बन्यो। ट्रम्पले कठोर चेतावनी दिएपछि दुबै देशले युद्ध रोके।
सम्झौतासँगै अमेरिका–थाइल्याण्ड र अमेरिका–कम्बोडियाबीच नयाँ व्यापारिक सम्झौता पनि गरियो। ट्रम्पले खुलेरै भने शान्ति गराउने उपायका रूपमा व्यापार प्रयोग गर्ने।
आसियान मुलुकहरूमा धेरैको अर्थतन्त्र निर्यातमा निर्भर छ। अमेरिकी बजार महत्वपूर्ण भएकाले अन्य सदस्यहरू मलेशिया र भियतनामले पनि अमेरिकासँग सम्झौताहरू गरे। शुल्क दर कम गराउन नसकिए पनि केही वस्तुमा छुट लिन सफल भए।
सिंगापुरका कूटनीति विश्लेषक जोसेफ लिओ भन्छन् “ट्रम्प मुख्यतः फोटो खिचाउन आएको थियो। तर एशियाली नेताहरूले यस अवसरलाई आफ्नो हितमा प्रयोग गरे।”
१९६७ मा कम्युनिज्मको विस्तार रोक्ने उद्देश्यले स्थापना भएको आसियान अहिले कूटनीतिक संवाद र व्यापार को प्रमुख मंच बनेको छ। यस वर्षको शिखर सम्मेलनमा चीन, युरोपेली परिषद्, क्यानाडा, ब्राजिल र दक्षिण अफ्रिकाका शीर्ष नेताहरू पनि सहभागी थिए।
आर्थिक क्षेत्रमा आसियानले वर्षौंयता उल्लेखनीय उपलब्धी हासिल गरेको छ क्षेत्रीय अर्थतन्त्र अधिक एकीकृत हुँदै गएको छ, र शक्तिशाली मुलुकहरूसँग मुक्त व्यापार सम्झौताहरू पनि गरेको छ।
तर क्षेत्रीय संकट समाधानमा यसको कमजोरी बारम्बार देखिएको छ:
• इन्डोनेसियाका जंगल डढेलोबाट फैलिने वायु प्रदूषण
• दक्षिण चीन सागरको स्वामित्व विवाद
• २०२१ देखि जारी म्यान्मारको गृहयुद्ध रोक्न असफलता
यस सम्मेलनमा पनि आसियानले म्यान्मारको सेनानायक शासनलाई हिंसा रोक्न र शान्ति संवादमा आउन आग्रह दोहोर्यायो—तर यो चार वर्षदेखिको आग्रह सुनिँदै आएको छैन। आगामी निर्वाचन अवलोकनको निम्तो पाउँदा पनि आसियानले “हिंसा समाप्त नगरी स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन” भन्दै कडा सन्देश दियो यही भन्दा कडा आसियान जान नसक्ने स्पष्ट देखियो।
विशेषज्ञहरू भन्छन आसियानसँग न सैनिक शक्ति छ, न कडा आर्थिक दण्डको क्षमता। त्यसैले कूटनीति बाहेक सदस्य राष्ट्रमाथि दबाब दिने साधन कम छन्।
मुख्य कमजोरी अङ्ग देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त। यसले संगठनलाई एकतामा राखेको समर्थकहरू भन्छन्, तर आलोचकहरू यसलाई निष्प्रभाबि बनाएको आरोप लगाउँछन्।
थाइ–कम्बोडिया युद्ध रोक्न नसकेर विस्फोट हुन दिइएको घटना अझै आसियानको कमजोरी को प्रमाण मानिएको छ। तैपनि, युद्धविरामलाई यसले “अन्ततः केही भएन” भन्दा पनि “सुरु भयो” को दृष्टिमा हेरिएको छ।
यसपटक सम्मेलनले अर्को ऐतिहासिक उपलब्धी पनि दियो पूर्वी टिमोरलाई पूर्ण सदस्यता।
यससँगै दक्षिण–पूर्वी एसिया भौगोलिक रूपमा पूर्ण प्रतिनिधित्वमा आयो। पूर्वी टिमोर १४ लाख जनसंख्या भएको नयाँ राष्ट्र अब क्षेत्रीय आर्थिक जोडबाट विकास गति बढाउने अपेक्षामा छ।
प्रधानमन्त्री जानाना गुस्माओ आँसू रोक्दै भन्दै थिए “आसियान सदस्यता हाम्रो पुरानो सपना पूरा भयो।”
यसै सम्मेलनमा अमेरिका–चीनबीच दुर्लभ खनिज र सुुल्क सम्बन्धी प्रारम्भिक ढाँचा–सम्झौता भयो। यसले दक्षिण कोरियामा हुन लागिरहेको ट्रम्प–सी शिखर सम्मेलनको आधार तयार गरिदियो।
यी उपलब्धीहरूले प्रमाणित गरिरहेको छ कमजोरी, विवाद र आलोचनाबीच पनि आसियानले अन्तर्राष्ट्रिय प्रासंगिकता गुमाएको छैन।
बरु, यस क्षेत्रको कूटनीतिक केन्द्रका रूपमा अझै धेरैका लागि आशा र अवसरको संस्थान बनेको छ।
ट्रम्पले सन् २०२८ को राष्ट्रपति चुनावमा उपराष्ट्रपति उम्मेदवारीको चर्चा पूर्ण रूपमा अस्वीकार गरेका छन्। एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सो विचारलाई “एकदमै क्युट देखाउने चलखेल” मात्रै भएको टिप्पणी गरे।
एशिया भ्रमणका क्रममा पत्रकारहरूको प्रश्नमा ट्रम्पले भनिन्, “हाम्रै पार्टीमा उत्कृष्ट नेताहरू छन्। उपराष्ट्रपति जे.डी. भान्स उत्कृष्ट छन्, विदेशमन्त्री मार्को रुबियो पनि उम्मेदवारका रूपमा शक्तिशाली छन्। उनीहरू एउटै टिम बने भने अजेय हुन्छन्।”
यता डेमोक्र्याटिक पार्टीका सम्भावित उम्मेदवारप्रति कटाक्ष गर्दै उनले कांग्रेस सदस्य जस्मिन क्रकेट र एलेक्सान्ड्रिया ओकासियो–कोर्टेज (AOC) लाई “कम बुद्धिमत्ता भएका” व्यक्तिको संज्ञा दिए।
पत्रकारहरूले २०२८ मा उपराष्ट्रपति बन्ने सम्भावित प्रयासबारे सोध्दा ट्रम्पले सैद्धान्तिक रूपमा त्यसमा कानुनी बाधा नभए पनि आफू त्यस दिशामा अघि नबढ्ने स्पष्ट गरे। “म गर्न त सक्थेँ तर त्यो धेरै क्युट हुनेभएकोले म त्यस्तो गर्दिनँ,” उनले भने।
ट्रम्प हाल पाँच दिने एशिया भ्रमणमा छन्। उनी जापान पुगेका छन् र त्यहाँ जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीसँग भेटवार्ता हुने कार्यक्रम छ। विश्व राजनीति र व्यापार कूटनीतिक चुनौतीबीचको यो उच्चस्तरीय भेटलाई महत्वपूर्ण मानिएको छ।
प्रतिक्रिया