Washington DC, US : June 25, 2026, Thursday 10:15 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले भूकम्पबाट “अत्यन्तै विनाशकारी मानवीय क्षति” भएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका उद्धार तथा राहत सहयोगका लागि पूर्ण रूपमा तयार रहेको बताए|नेपालमा बर्डफ्लुको संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेपछि पशुपन्छी क्षेत्र गम्भीर संकटमा|पहिलो ७.२ र त्यसलगत्तै दोस्रो ७.५ म्याग्निच्युडको भूकम्प आएपछि देशभर राष्ट्रिय आपत्काल घोषणा|प्रधानमन्त्री तथा लेबर नेता सर कीर स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेपछि….|अन्तर्राष्ट्रिय निगरानीमा नेपाल फेल, ‘ग्रे लिस्ट’ बाट हट्न सकेन, चेतावनी सहित एक बर्ष अर्को मौका|मेस्सी कीर्तिमानको खोजीमा हिँडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै उनको प्रतीक्षामा बसेका छन|Breaking News : विष्णु पौडेल पक्राउपछि एमालेमा तरंग|राजालाई लखेटनेहरु आफै कसरी लखेटिए ?|बालेन र रबिहरुलाई असफल हुने छुट छैन, भए देश ३० बर्ष फेरि पछाडी धकेलिने !|विश्व कप चलिरहदा `भकुण्डो´बाल गीत सार्वजनिक

देशभर मृत्यु हुनेको संख्या ६१, दर्जनौँ घाइते, २ हजारभन्दा बढी विस्थापित, सडक, पुल, विद्युत् र सञ्चारमा अवरोध, ३२ आयोजना प्रभावित

  NepalMother.com | २० आश्विन २०८२, सोमबार ०९:२५

गत शुक्रबार र शनिबार परेको भीषण वर्षापछि देशभर मृत्यु हुनेको संख्या ६१ पुगेको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमध्ये २० पुरुष, २६ महिला र १५ नाबालक छन्। सबैभन्दा धेरै इलाममा ३८ जनाको मृत्यु भएको छ। अन्य मृत्यु विवरण यसप्रकार छन् :

  • पाँचथरमा ८

  • उदयपुरमा ३

  • खोटाङमा २

  • सुनसरीमा १

  • रौतहटमा ३

  • मोरङ, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुलीमा १/१

  • काभ्रेपलाञ्चोकमा २

यसै अवधिमा बाढी–पहिरो र चट्याङका कारण सयौँ परिवार प्रभावित भएका छन्। प्रहरी र विपद् व्यवस्थापन प्राधिकरणका अनुसार २,०२३ घरपरिवार विस्थापित, १९१ घर डुबानमा, र १९ पशुचौपायाको मृत्यु भएको छ।

जलविद्युत् आयोजनामा ठूलो असर

असोज १७ देखि १९ सम्मको वर्षाले ३२ जलविद्युत् आयोजना प्रभावित पारेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) अनुसार:

  • सञ्चालनमा रहेका १७ आयोजना (कुल १८० मेगावाट) प्रभावित।

  • निर्माणाधीन १५ आयोजना (३३८ मेगावाट) मा पनि क्षति।

सबैभन्दा बढी असर कोशी प्रदेश विशेषगरी इलाममा। यहाँ मात्रै १५ जलविद्युत् आयोजना बन्द भएका छन् —
माईखोला, माईखोला क्यासकेड, सुपरमाई, सुपरमाई ए, जोगमाई, माईबेनी, माथिल्लो माई, माई सी क्यासकेड, पुवा २, अपर पुवा १ लगायत।
बाँकी आयोजनामध्ये पाँचथरको हेवाखोला (१४.९ मेगावाट) र बागमती प्रदेशको लिखु–४ (५२.४ मेगावाट) पनि प्रभावित छन्।

नयाँ निर्माणाधीन आयोजनामा पहुँचमार्ग (access roads) मा सबैभन्दा बढी क्षति भएको IPPAN अध्यक्ष गणेश कार्कीले बताए। मनाङको दाना खोला, पाँचथरको सभाखोला बी, हेवाखोला, सिन्धुपाल्चोकका ब्रम्हायणी र बलेफी श्रृंखला लगायतमा बाटो, उपकरण र सामाग्री बगाएको छ।

वर्षाको नयाँ रेकर्ड

जल तथा मौसम विज्ञान विभागका अनुसार यस पटक इलामको हिमाली गाउँमा ३३२.६ मिमी वर्षा भएर पुरानो रेकर्ड तोडिएको छ।

  • रौतहटको गौरमा ३१५ मिमी,

  • पर्साको वीरगञ्जमा २९४.५ मिमी,

  • इलाम टि–स्टेटमा २८० मिमी वर्षा मापन गरिएको छ।

यो असोजको अन्त्यतिर सामान्यभन्दा ढिलो र तीव्र वर्षा भएको विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेल बताउँछिन्। उनका अनुसार मनसुन पूर्ण रूपमा देशभरबाट नबाहिरिएकै कारण वर्षा अझै पनि कतैकतै सक्रिय छ।

काभ्रेमा सडक र विद्युत् अवरुद्ध

काभ्रेको खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका जाने मुख्य सडकहरू पहिरोले अवरुद्ध छन्।

  • डोजर पठाइए पनि डिजेल अभावले काम ढिलो भइरहेको छ।

  • धेरै गाउँमा विद्युत् र सञ्चार विच्छेद, टावर सञ्चालनमा समस्या।

  • दशैं सकेर फर्किन लागेका सयौँ मानिस गाउँमै अड्किएका छन्।

स्थानीय सरकार र जनप्रतिनिधिहरूले चाँडो बाटो र बिजुली खोल्ने प्रयास गरिरहेका छन् र धैर्य गर्न आग्रह गरेका छन्।

समग्र प्रभाव

  • मानवीय क्षति: ६१ मृतक, दर्जनौँ घाइते, २ हजारभन्दा बढी विस्थापित।

  • जलविद्युत्: ३२ आयोजना प्रभावित, धेरैले उत्पादन रोक्नु परेको।

  • पूर्वाधार: सडक, पुल, विद्युत् र सञ्चारमा अवरोध।

  • वर्षा: इलामसहित पूर्वी पहाडी र मधेशमा वर्षाको नयाँ रेकर्ड।

सुरक्षानिकाय र विपद् व्यवस्थापन निकायले अझै उद्धार र क्षति मूल्याङ्कन गरिरहेका छन्। मौसमविद्हरूले मनसुन पूर्ण रूपमा हटिन बाँकी भएकाले केही दिन अझै वर्षाको जोखिम रहन सक्ने चेतावनी दिएका छन्।

 

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor