Washington DC, US : January 17, 2026, Saturday 01:33 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को “गोबर गणेश” आयो|अमेरिकी राष्ट्रपति ट्रम्पले भिसा नीतिमा ठूलो र कडा कदम चाल्दै ७५ देशका नागरिकलाई दिइने ‘इमिग्रेन्ट भिसा’ (आप्रवासी भिसा) मा प्रतिबन्ध|Breaking News : इरानका पुर्ब युबराज रेजा पहलवीले इरानमा विरोध प्रदर्शनहरूमा कम्तीमा १२ हजार मानिसको ज्यान गएको दाबी गरे|सत्य र न्यायको खोजी अभियान भन्छ ‘महान्यायाधिवक्ताको मुद्दा फिर्ता गर्ने निर्णय कानुन विपरीत, कानुनी व्यवस्थाको गम्भीर उल्लङ्घन’|ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने आफ्नो महत्वाकांक्षामा साथ नदिने देशहरूमाथि भन्सार कर (ट्यारिफ) लगाउने चेतावनी|इरानका अन्तिम राजाका निर्वासित छोरा अर्थात युबराज रेजा पहलवीले विश्व समुदायलाई इरानमा भइरहेको सरकारविरोधी आन्दोलनलाई सहयोग गरी वर्तमान शासन ढाल्न आह्वान|आमा म त खरानीबाट उठेर आएँ !|Breaking News: देउबा गुटलाई ठुलो झड्का, निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षलाई मान्यता, असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने|प्रचण्ड माधबका सपना यसरी पुरा होलान ?|नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !

छिमेकी भारत, कुटिल खेल, हाम्रा नेता, दल र लद्दाखको आगो - रामप्रसाद खनाल 

  NepalMother.com | ८ आश्विन २०८२, बुधबार १५:२६

नेपालको इतिहासलाई पल्टाएर हेर्ने हो भने, यहाँका राजनीतिक उतारचढावमा छिमेकी भारतको छायाँ अनिवार्य रूपमा परेको देखिन्छ । चाहे त्यो राजतन्त्र उचाल्ने वा पछार्ने खेल होस्, काँग्रेस, एमाले, माओवादीजस्ता दलहरूलाई पालैपालो प्रयोग गर्ने होस्, वा सात बुँदे दिल्ली सम्झौताजस्ता निर्णायक मोड होस् – भारत सधैँ आफ्नो स्वार्थअनुरूप सक्रिय भएको छ । असल छिमेकी भएर सहयोगी बन्न सक्ने ठाउँमा, त्यसले बारम्बार “कुटिल खेल” खेल्दै आएको सत्यलाई अब लुकाएर लुक्ने छैन।

तर, दोष मात्र भारतलाई दिने हो भने त्यो अधुरो कुरा हुन्छ । भारतलाई खेल्ने मौका दिने हाम्रो नेतृत्व र दलहरू आफैं हुन्। यदि नेपाली नेताहरू इमानदार, राष्ट्रप्रेमी र दृढ भएको भए बाहिरका कसैले यहाँको राजनीति यसरी खेल्न पाउने थिएनन्। तर दुर्भाग्यवश, हाम्रो राजनीतिमा बिक्रीमुखी, पदलोभी र दलाल स्वभावका नेताहरूको बाहुल्य छ। भारतलाई आज्ञाकारी भएर “हाम्रो स्वार्थ बेच्ने” काममा उनीहरू कसरी रमाइरहेका छन् भन्ने कुरा नेपाली जनताले दिनदिनै महसुस गरिरहेका छन्। सत्य तितो हुन्छ, तर यही हो – हाम्रै कमजोरीले गर्दा भारतले आफ्नो स्वार्थ सिद्ध गर्न सहजै खेल्ने मौका पाएको छ।

तर, आज भारत आफैं पनि असन्तोष र विद्रोहको छायाँमा प्रवेश गर्दैछ। लद्दाखमा छुट्टै राज्यको मागसहितको आन्दोलन तीव्र बनेको छ, भाजपाको कार्यालयमा आगजनीका खबर आइरहेका छन्। यो सन्देश छ – अरूको देशमा आगो लगाउनेहरूले आफैंलाई पनि सुरक्षित राख्न सक्दैनन्। इतिहासमा जहाँसुकै हेरियो, अन्याय, विभाजन र शोषणमा आधारित राजनीति सधैं बुमराङ बनेर फर्किन्छ। नेपालमा माओवादी आन्दोलन जन्माउन, हुर्काउन, हतियार दिनदेखि आश्रय र तालिम दिनेसम्म भारतको भूमिका निर्णायक थियो। तर त्यसैको असर अहिले उसको आफ्नै देश भित्र आगो झैं फैलिन थालेको देखिन्छ।

भारतले चाह्यो भने नेपाल शान्त, स्थिर र समृद्ध बन्न सक्थ्यो। सहकार्य, विश्वास र समानताको सम्बन्ध विस्तार गर्न सक्थ्यो। तर उसको प्रवृत्ति सधैं फुटाउन, अस्थिर बनाउन, आफ्नो स्वार्थ सिद्ध गर्नकै लागि देखिएको छ। र, हाम्रो दुर्भाग्य -त्यो खेलमा हाम्रा आफ्नै नेताहरू उसका आज्ञाकारी “कुकुर” जस्तै बन्न तयार छन्। जनताले चुनेका नेताले जनताको हैसियतमा काम गर्नु भन्दा विदेशीको इशारामा नाच्दा देशको कहिल्यै भलो भएन ।

आज नेपालमा मात्र होइन, भारतमा पनि आगो सल्किसकेको छ। यो परिस्थिति भारतका लागि चेतावनी हो – पराई देशलाई अस्थिर बनाउन लाग्ने ऊ आफैं अस्थिर बन्न सक्छ।

यसैबीच, नेपाली जनताका लागि पनि पाठ स्पष्ट छ। बाहिरको खेल रोक्ने हो भने आफ्ना नेताहरूको बिक्रीमुखी चरित्र अन्त्य गर्नैपर्छ। असल र इमानदार नेतृत्वले मात्र स्वार्थी छिमेकीलाई नियन्त्रण गर्न सक्छ। नत्र भने, हाम्रो वरिपरि निरन्तर आगो सल्किरहनेछ।

सबैको भलो होस्, सबैले शान्तिको समाचार सुनून्, अप्रिय खबर सुन्नु नपरोस्। तर त्यसका लागि सत्य पहिचान गर्नुपर्छ – हाम्रो असली समस्या बाहिर मात्र होइन, भित्र पनि छ। नेपाललाई असल बनाउने जिम्मा अन्ततः हामी नेपालीकै हो। सबैको चेत खुलोस ।

************

भारतमा ‘जेनजी’ले सत्तारूढ बीजेपी कार्यालयमा गरे आगजनी

भारतको केन्द्र प्रशासित भूमि लद्दाखमा पूर्ण राज्यको माग र संविधानको छैटौँ अनुसूचीमा समावेशको विषयलाई लिएर भएको प्रदर्शन बुधबार हिंसात्मक बनेको छ। लेहमा युवा प्रदर्शनकारी र प्रहरीले झडप गर्दा आगजनी र तोडफोडका घटना भएको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन्।

एएनआईका अनुसार, प्रदर्शनकारीहरूले लेहमै रहेको भारतीय जनता पार्टी (बीजेपी)को कार्यालयमा आगो लगाएका छन्। पीटीआईका अनुसार, प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास र लाठीचार्ज गरेको थियो। सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा सवारीसाधन जलिरहेको र सडकमा झडप भइरहेको दृश्य देखिएको छ।

पीटीआईले उद्धृत गरेको विवरणअनुसार हिंसात्मक घटनामा कम्तीमा चारजनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासनले लेहमा पाँच वा सोभन्दा बढी व्यक्तिहरूको जमघटमा प्रतिबन्ध लगाएको छ। साथै पूर्वअनुमतिबिना कुनै जुलुस, र्‍याली वा मार्च गर्न नपाइने आदेश जारी गरिएको छ।

यसबीच, वातावरणविद् र सामाजिक अभियन्ता सोनम वाङचुकले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै शान्ति कायम राख्न अपिल गरेका छन्। उनले भने, “३५ दिनदेखि अनशन भइरहेका मध्ये दुईजनाको अवस्था गम्भीर बनेर अस्पताल भर्ना गर्नुपरेको थियो। यसले आक्रोश बढाएको छ र लेह बन्द गरिएको छ। हजारौँ युवा सडकमा उत्रिए, यो ‘जेनजी रिभोलुसन’ जस्तै बन्यो।”

उनले लद्दाखका युवाहरू वर्षौँदेखि बेरोजगार रहेको, संरक्षण नपाएको र लोकतान्त्रिक मञ्चहीन अवस्थाका कारण असन्तोष बढेको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा हिंसाको बाटो नअपनाउन आग्रह गरे।

यसैबीच, केन्द्र र लद्दाखका प्रतिनिधिहरूबीच वार्ताको नयाँ चरण अक्टोबर ६ मा हुने तय भएको पीटीआईले जनाएको छ। वार्तामा लेह एपेक्स बडी र कारगिल डेमोक्रेटिक अलायन्सका सदस्यहरू सहभागी हुनेछन्।

May be an image of fire

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।