नवनियुक्त चार मन्त्रीले पदभार ग्रहण गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कृषि तथा पशुपन्छीमन्त्री मदनप्रसाद परियार र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका हुन् । सोमबार (असोज ६) राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
-1758539999.jpeg)
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्री पदको शपथग्रहणपछि काममा प्रतिबद्ध रहने बताएका छन्। असोज ६ गते सोमबार शपथग्रहण गरेर मन्त्रालय पुगेका मन्त्री पुनले पत्रकारहरूसँग कुरा गर्दै आफू मन्त्रालयमै बसेर काम गर्ने बताएका हुन्। उनले हाँस्यात्मक शैलीमा भने, “मन्त्रालयभित्र किचन होला, यही पकाएको खाने, ओछ्यान लगाएर यही सुत्ने, यही काम गर्ने हो। काम गर्ने हो। म मन्त्री हुँदा सबै सुधार हुन्छ भन्ने छैन, म भगवान हैन।”
पुनले आफ्नो कार्यकालमा शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा केही न केही सुधार ल्याउने विश्वास दिलाए। उनले आफूलाई मन्त्री बन्ने तयारी नभएको उल्लेख गर्दै भने, “आफ्नो लयमा किताब बेच्दै थिएँ, एक्कासि मन्त्री बन्नुपर्यो।” मन्त्री पुनले नीति निर्माण र सुधारका क्रममा विज्ञहरूको सुझावलाई प्राथमिकता दिने र विज्ञान, प्रविधि तथा अनुसन्धानलाई मुख्य केन्द्रबिन्दु बनाउने बताए। अहिले शिक्षा र विज्ञान क्षेत्रमा निश्चित योजना नबनेको भए पनि काम अघि बढाउँदै ठोस कदम चाल्ने उनले प्रतिवद्धता व्यक्त गरे।

-1758540093.jpeg)



-1758537904.jpeg)
प्रतिक्रिया