Washington DC, US : February 17, 2026, Tuesday 07:02 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर|Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”|अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन, तर.. !|अग्रज लोक गायक बम बहादुर कार्कीको “जुन तारा झलल”|हजारौं “छोंटे राजा” र तिनका पछाडी लाग्नेको भीड हेर्नु भएकै छ, आज “बढे राजा” र उनको पछाडीको भीड पनि हेर्नुस !|कविता – धर्म|प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”|हुने भनिएको यो निर्वाचन, यो राजनीति, यी नेता, यी उमेदवार र जनताका सन्दर्भमा लागेका सत्य तर तीता कुरा !|भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग|Breaking News: क्यानडाको सानो सहर टम्बलर रिजमा मंगलबार भएको सामूहिक गोलीकाण्डबारे विस्तृत विवरण सार्वजनिक

सातजनाको जलेको शव फेला, आन्दोलनमा मृत्यु हुनेको संख्या ७४ भाटभटेनी सुपरमार्केट, हिल्टन होटल, ह्यात होटल, चौधरी ग्रुप, सीजी डिजिटल पार्क लगायत अर्बौंको लगानी भएका व्यवसायमा आगजनी र तोडफोड हुँदा करिब १० हजारभन्दा बढी श्रमिकको रोजगारी गुम्ने जोखिम, निजी सम्पत्तिमा भएको क्षतिको बीमा दाबी करिब ३० अर्ब रुपैयाँ

  NepalMother.com | १ आश्विन २०८२, बुधबार १२:२३

गत २३ र २४ भदौमा जेनजी युवाहरूको आह्वानमा भएको प्रदर्शनका क्रममा देशभर भौतिक संरचना, निजी व्यवसाय र सरकारी निकायमा ठूलो क्षति पुगेको छ। विशेषगरी काठमाडौं उपत्यकामा भएका आगजनी र तोडफोडका घटनाले ठूलो मानवीय र आर्थिक क्षति बेहोर्नु परेको छ।

चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगजनीपछि सरसफाइ गर्ने क्रममा सातजनाको जलेको शव फेला परेको छ। यी शवहरू अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएका छन्। फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४६ वटा शव पोस्टमार्टमका लागि ल्याइएका थिए। तीमध्ये ३९ वटा शवको पोस्टमार्टम सकिएर आफन्तलाई बुझाइएको छ, तर सात शव अत्यन्त जलेको कारण पहिचान हुन सकेको छैन।

बिहीबार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा अर्को शव भेटिएसँगै आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ। डा. चौधरीका अनुसार यी जलेका शवहरूको पहिचान केवल डीएनए परीक्षणमार्फत मात्र सम्भव छ। उनले भने, “शरीरको मासु र ऊतक पूर्ण रूपमा जलेका कारण हड्डी वा दाँतबाट नमुना लिनु पर्नेछ। तर, धेरै दिनसम्म आगोको तापमा रहँदा डीएनए नमुना नष्ट भइसकेको हुन सक्छ।”

पोस्टमार्टमको लागि तयारी भए पनि प्रहरीबाट अनुमति पत्र नआएसम्म परीक्षण सुरु नहुने उनले जनाए। प्रहरीले आन्दोलनका क्रममा हराइरहेका वा सम्पर्कमा नआएका आफन्तहरूको विवरण नजिकैको प्रहरी कार्यालयमा, कन्ट्रोल नम्बर १०० वा ९८५१२८३०१२ मा जानकारी दिन आग्रह गरेको छ।

यसबीच, भाटभटेनी सुपरमार्केट, हिल्टन होटल, ह्यात होटल, चौधरी ग्रुप, सीजी डिजिटल पार्क लगायत अर्बौंको लगानी भएका व्यवसायमा आगजनी र तोडफोड हुँदा करिब १० हजारभन्दा बढी श्रमिकको रोजगारी गुम्ने जोखिम देखिएको छ। भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार एकैपटक ५ हजारभन्दा बढी कर्मचारी बेरोजगार भएका छन्। देशभरका ठूला स्टोरहरू जलेर खरानी भएपछि सामानको क्षति, नगद लुटपाट र रोजगारको संकट एकैसाथ आएको उनले बताए।

होटल एसोसिएसन नेपालका सीईओ टेकबहादुर महतका अनुसार होटल क्षेत्रमा कम्तीमा २ हजार जनाको रोजगारी गुमेको छ। पर्यटन क्षेत्रमा परेको प्रत्यक्ष असरले होटल तथा रेस्टुरेन्ट व्यवसाय थप संकटमा परेको छ। अखिल नेपाल ट्रेड युनियन महासंघका वरिष्ठ उपाध्यक्ष धनबहादुर विकका अनुसार चन्द्रागिरि हिल्स, सीजी ग्रुप जस्ता ठूला कम्पनीमा भएको क्षतिले हजारौँ श्रमिक विस्थापित भएका छन्।

श्रम विज्ञ डा. जीवन बानियाले यो अवस्था कोभिड–१९ र भूकम्पपछिको संकटभन्दा गहिरो भएको बताए। उनका अनुसार, तत्काल रोजगार सिर्जना गर्ने नीति वा लगानीको अभावले धेरै नेपाली वैदेशिक रोजगारीतर्फ जान बाध्य हुनेछन्। “भूकम्पले आन्तरिक अवसर र सहयोग ल्याउँथ्यो, तर यो अवस्थाले मानिसलाई देश छोड्न बाध्य बनाउने देखिन्छ,” उनले भने।

जेनजी आन्दोलन नियन्त्रण बाहिर पुगेपछि सरकारी संरचना मात्र होइन, निजी व्यवसाय र नागरिकको जीवनमा समेत गहिरो चोट पुगेको छ। हराएका आफन्तहरूको पहिचान, क्षतिको मूल्याङ्कन र रोजगारीको पुनर्स्थापनाका लागि तत्कालीन सहयोग र दीर्घकालीन योजनाको खाँचो देखिएको छ।

जेनजी आन्दोलनका कारण निजी सम्पत्तिमा भएको क्षतिको बीमा दाबी करिब ३० अर्ब रुपैयाँ पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। भदौ २३ र २४ गते भएका प्रदर्शनपछि मंगलबारसम्म बीमा कम्पनीहरूमा यो दाबी दर्ता भएको हो। प्राधिकरणका अधिकारीहरूका अनुसार मूल्याङ्कन कार्य अझै जारी रहेकाले यो रकम ४० अर्ब नाघ्ने अनुमान गरिएको छ।

२०७२ सालको गोरखा भूकम्प, कोरोना महामारी र हालका बाढीजस्ता प्राकृतिक विपत्तिले पनि नदिएको दायित्व जेनजी आन्दोलनले बीमा क्षेत्रलाई दिएको प्राधिकरणको ठहर छ। आन्दोलनका क्रममा निजी तथा औद्योगिक सम्पत्तिमा तोडफोड र आगजनी हुँदा बीमा कम्पनीहरूलाई अर्बौंको क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने अवस्था आएको हो।

सिंहदरबार, सर्वोच्च अदालतसहित धेरै सरकारी कार्यालयमा तोडफोड भए पनि ती सम्पत्तिहरूको बीमा नभएकाले कम्पनीहरूको दायित्व सीमित छ। तर, चन्द्रागिरि केबलकार, भाटभटेनी सुपरमार्केट, सीजी डिजिटल, मौलाकालिका केबलकार, एनसेल, होटल हिल्टन, ह्यात रिजेन्सी, बैंकका शाखा कार्यालय, गाडीका शोरुम, व्यक्तिगत घर र व्यवसायमा भएको तोडफोड तथा आगजनीका कारण बीमा दाबी असाध्यै बढेको छ। निजी क्षेत्रका अधिकांश व्यवसाय ऋणमा चल्ने र बीमा अनिवार्य हुने भएकाले दायित्व बीमा कम्पनीहरूमा परेको हो।

बीमकहरूका अनुसार जेनजी आन्दोलनले पुर्‍याएको क्षति २०७२ को भूकम्पमा भुक्तानी गरिएको करिब १८ अर्ब रुपैयाँभन्दा धेरै हुनेछ। हाल सम्पत्ति बीमामा आगजनी र तोडफोडलाई अनिवार्य रूपमा कभर गरिनुपर्ने कानुनी व्यवस्था भएकाले यो आन्दोलनको नोक्सानीमा बीमा कम्पनीहरूको जिम्मेवारी झन् बढेको हो।

नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीलाई क्षति मूल्याङ्कन छिटो सम्पन्न गरी बीमितहरूलाई समयमै भुक्तानी दिन निर्देशन दिएको छ। बीमकहरूले सम्पत्ति, मोटर निजी र सार्वजनिक, सामुद्रिक, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, हवाई, कृषि बालि, पशुपन्छी लगायत शीर्षकमा बीमा सेवा प्रदान गर्दै आएका छन्।

May be an image of 2 people

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।