Washington DC, US : March 18, 2026, Wednesday 05:18 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|NRNA नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले संगठनलाई नयाँ ढंगले पुनर्संरचना गर्ने र विश्वभरका नेपालीलाई एकीकृत गर्ने लक्ष्य सार्वजनिक|NRN नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग|Breaking News : इरानका दुई शीर्ष नेता मारिए|निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम सार्वजनिक|नेपाली अदालतमा विदेशी संस्थाले मुद्दा दर्ता गर्न पाउने नजिर स्थापित|संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले इरानबाट हुन सक्ने मिसाइल र ड्रोन आक्रमणको खतरालाई मध्यनजर गर्दै हवाई क्षेत्र बन्द|भीषण हवाई आक्रमणले अफगानिस्तान र पाकिस्तानबीच तनाव|एक रातमा नायक, अर्को रातमा खलनायक बनाउने प्रबृत्ति !|इरानमाथि हवाई आक्रमण तीव्र, राजधानी तेहरान, ऐतिहासिक शहर इस्फहान र हमदान लगायतका स्थानमा लगातार बमबारी|अहिले इरान युद्धमा के के भइरहेको छ ? हेर्नुस ताजा अपडेटहरु

कर्मचारीहरु माथिदेखि तलसम्म सुध्रिनुस है सुध्रिनुस अति भएको छ ! सचिवस्तरीय बैठकका प्रमुख निर्णयहरू सार्वजनिक, सकारात्मक निर्णयका लागि धन्यवाद, ब्यबहारमा लागु होस्

  NepalMother.com | ३१ भाद्र २०८२, मंगलवार १९:२६

काठमाडौं / मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले सार्वजनिक खर्च नियन्त्रण र सेवा प्रवाह चुस्त पार्न लक्षित ठोस निर्णयहरू गरेको छ। बैठकले सरकारी निकायहरूलाई मितव्ययी ढंगले सञ्चालन गर्न र प्रशासनिक दक्षता बढाउन निम्न कदमहरू अघि सारेको छ।

बैठकका मुख्य निर्णयहरू

  • बैठक भत्ता कटौती : सरकारी कर्मचारीले पाउँदै आएको बैठक भत्ता कटौती गर्ने निर्णय।

  • दरबन्दी समायोजन : औसत दरबन्दी २०% कटौती गर्ने र सेवा प्रवाह गर्न आवश्यक रिक्त पद तुरुन्त पदपूर्ति गर्ने।

  • मितव्ययी खर्च प्रबन्ध : गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रिया आदि कार्यक्रम अब सरकारी हलमै सञ्चालन गर्नुपर्ने।

  • बजेट पुनर्विनियोजन : चालु आर्थिक वर्षमा दायित्व सिर्जना नभएका टुक्रे आयोजना कार्यान्वयन नगरी बजेटलाई पुनर्निर्माण, मर्मत सम्भार र उपकरण खरिदतर्फ स्रोतान्तर गर्ने।

  • स्वदेशी उत्पादनलाई प्राथमिकता : फर्निचर तथा अन्य आवश्यक सामग्री खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने।

  • नीतिगत सरलीकरण : सेवा प्रवाहमा बाधक बनेका मापदण्ड, कार्यविधि र निर्देशिका खारेज वा संशोधनको प्रक्रिया अघि बढाउने।

चाडपर्व लक्षित निर्णयहरू

  • खाद्यान्न आपूर्ति सहज बनाउने, कालोबजारी नियन्त्रण गर्ने र बजार अनुगमन सुदृढ बनाउने।

  • सार्वजनिक यातायात सहज बनाउने विशेष व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन।

संरचना तथा सुरक्षा सम्बन्धी कदम

  • अनावश्यक सरकारी संरचना र निकाय खारेज, गाभ्ने वा हस्तान्तरणको प्रक्रिया तत्काल अघि बढाउने।

  • विभिन्न मन्त्रालय तथा सुरक्षा निकायको कार्य सुचारु गर्न सवारी साधन व्यवस्थापनका लागि कार्यदल गठन गर्ने।

  • सिंहदरबारभित्रका अनावश्यक प्रवेश पास खारेज गर्ने।

अन्य व्यवस्था

  • कर्मचारी कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः भर्ने र मूल्याङ्कन प्रक्रिया अघि बढाउने।

  • हालका प्रदर्शनका क्रममा चोरी वा लुटिएका सामान फिर्ता बुझाउन प्रहरी वा सम्बन्धित निकायमार्फत सार्वजनिक आह्वान।

बैठकले यी निर्णयलाई तत्काल लागू गर्न सम्बन्धित मन्त्रालय र निकायहरूलाई निर्देशन दिएको छ। सरकारी स्रोतका अनुसार, यी कदमहरूले राज्यको खर्च घटाउने, सुशासन प्रवर्द्धन गर्ने र सेवाग्राहीलाई छरितो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

****

खबरदार जेंजीहरु, होशियार जेंजीहरु !

जेंजीहरु हो, तिमीहरू आफैले भन त,
कसरी पत्याउनु परिवर्तन भयो भनेर ?!
“लुटतन्त्र” र “गलगाँड तन्त्र” गयो भनेर ?!
संविधान उही, कायमै छ,
नियम, कानुन उनै कायमै छन् !
निर्दोषहरूको रगत घुटुघुटु पिउने,
मान्छे जस्तै देखिने “राक्षस” र उसका मतियारहरू,
आज पनि सेना र प्रहरीको भिभिआइपी नै छन्
सुरक्षा दिएर राखिएकै छ ब्यारेक भित्र !
देश जलेर नष्ट हुँदा उनीहरू भने सकुशल नै छन् !
सिंहदरबार, अदालत, सरकारी सम्पत्तिहरूको बेहाल देखियो,
सुरक्षा तिनै आतङ्ककारी र हत्याराहरूकै भएको थियो !
हेलिकोप्टर खटाइएका थिए तिनीहरूलाई मात्रै बंचाउँन,
त्यति मात्र हो र जेंजीहरु ??
उनैका टिके न्यायालयमा,
उनैका भरौटे संवैधानिक निकायमा,
उनैको सेटिङ्ग कायमै छ सिंहदरबार देखि गाउँ सम्म,
उनैका मुली कायमै छन् शीतल निवास मुख्य ठाउँ सम्म,
सङ्घीयता, व्यवस्था उही छ, प्रदेश देखि स्थानीय तह सम्म
टाउके, माउते उनै छन् जसलाई उनीहरूले नै बनाएका थिए
एक थान अन्तरिम प्रधानमन्त्री, तीन थान मन्त्रीहरू मात्र,
के यही मात्रै थियो जेंजीको माग, जनताको चाहना ??
कसरी बुझ्छन मनहरु संसद मात्रै बिघटन भयो भनेर ?
केन्द्र देखि गाउँ सम्म लुटतन्त्र र गलगाँड तन्त्र गयो भनेर ??
खबरदार जेंजीहरु,
होशियार जेंजीहरु,
रगतको आहाल सुक्न नपाउँदै,
घाइते भई ढलेका जनहरू उठ्न नपाउँदै,
उठ्न थालेका छन् फेरि,
“लुटतन्त्र” र “गलगाँड तन्त्र”का मतियारहरू !
सम्झ त बाल बालिकाहरू कसरी ढलेका थिए ??
राष्ट्रिय सम्पत्तिहरू कसरी जलेका थिए ??
सोंच घोरिएर सोंच, मन मस्तिष्कले सोंच,
के यही थियो तिमीहरूको माग ??
के यसैका लागि थियो अबोधहरूको बलिदान ??
म भित्री मन देखि प्रश्न गर्दै छु फेरि पनि,
के यही हो परिवर्तन ? के यही हो उपलब्धि ??
के यही थियो तिमीहरूको माग र चाहना ????
तिमीहरूले उत्तर दिनै पर्छ, मनमा कुरा लिनै पर्छ,
यदि चुप लागेर बस्यौ भने इतिहासले धिक्कार गर्छ !
मैले मात्र होइन, स्वतन्त्र नागरिक हरेकले तिमीलाई यो प्रश्न गर्छ।
तिमीहरुले यो प्रश्नको जबाफ दिन पर्छ पर्छ ।

– रामप्रसाद खनाल, सेप्टेम्बर १६, २०२५

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।