Washington DC, US : February 17, 2026, Tuesday 05:58 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर|Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”|अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन, तर.. !|अग्रज लोक गायक बम बहादुर कार्कीको “जुन तारा झलल”|हजारौं “छोंटे राजा” र तिनका पछाडी लाग्नेको भीड हेर्नु भएकै छ, आज “बढे राजा” र उनको पछाडीको भीड पनि हेर्नुस !|कविता – धर्म|प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”|हुने भनिएको यो निर्वाचन, यो राजनीति, यी नेता, यी उमेदवार र जनताका सन्दर्भमा लागेका सत्य तर तीता कुरा !|भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग|Breaking News: क्यानडाको सानो सहर टम्बलर रिजमा मंगलबार भएको सामूहिक गोलीकाण्डबारे विस्तृत विवरण सार्वजनिक

जेनजी आन्दोलन, देशव्यापी क्षति, प्रहरी मनोबल र सुरक्षा चुनौती जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूको शवयात्रा टिचिङ अस्पतालबाट सुरु भई महाराजगन्ज, धुम्बाराही, चाबहिल, मित्रपार्क, जयबागेश्वरी र गौशला हुँदै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्दै सकियो।

  NepalMother.com | ३१ भाद्र २०८२, मंगलवार ०७:०८

काठमाडौं / “सहिदको सपना पूरा होस्, सहिदको रगत खेर नजाओस्, वीर सहिद अमर रहुन्!”—यही नाराले मंगलबार काठमाडौंका सडकहरू गुन्जायमान भए। जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूको शवयात्रा टिचिङ अस्पतालबाट सुरु भई महाराजगन्ज, धुम्बाराही, चाबहिल, मित्रपार्क, जयबागेश्वरी र गौशला हुँदै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्दै सकियो।

परिवर्तनका लागि ज्यान बलिदान गर्नेहरूको सम्मानमा हजारौं नागरिकले हात जोडेर आँसु बगाए। शवयात्रामा अन्तरिम सरकारका मन्त्रीहरू—ऊर्जा तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल—पनि सहभागी थिए। दुवैले मृतकलाई राष्ट्रिय झन्डा ओढाएर सम्मानजनक बिदाइ गरे।

ठूलो क्षति र सहिद घोषणा

नेपाल प्रहरीका अनुसार, भदौ २३ र २४ का प्रदर्शनमा प्रहरी गोली र आगजनीबाट ७३ जनाले ज्यान गुमाए। तीन प्रहरीको मृत्यु भइसकेको छ भने, अन्य ६ शव हेलिकप्टरमार्फत काठमाडौं बाहिर पठाइने तयारी छ। सरकार गठनको दुई दिनमै प्रधानमन्त्री सुशीला कार्कीले मृतकलाई सहिद घोषणा गरिन्। त्यसपछि राष्ट्रिय झन्डा झुकाएर शोक दिवस मनाउने र मृतक परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति तथा तत्काल एक लाख काजकिरिया खर्च उपलब्ध गराउने निर्णय भयो।

पोष्टमार्टम र पहिचान कठिनाई

टिचिङ अस्पतालका फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार ४६ मध्ये ३९ शवको पोष्टमार्टम सकिएको छ। सात शव पूर्णरूपमा जलेका कारण पहिचानका लागि डीएनए परीक्षण आवश्यक परेको छ। चावहिल भाटभटेनीदेखि विराटनगरसम्मका भाटभटेनी स्टोरहरूमा जलेका शव भेटिएका थिए।

लुटपाट, आगजनी र प्रहरी क्षति

देशभरका प्रहरी कार्यालयहरूमा ठूलो क्षति पुगेको छ। सिंहदरबार, सर्वोच्च अदालत र उपत्यकाका १२२ प्रहरी कार्यालय पूर्णरूपमा जलेर नष्ट भए भने ९६ कार्यालय आंशिक क्षतिग्रस्त छन्। प्रहरीका ११७ चारपाङ्ग्रे र १५८ दुईपाङ्ग्रे सवारीसाधन खरानी बने। प्रहरी अधिकारीहरूले करिब ३ हजार हतियार र लाखौँ गोली लुटिएको अनुमान गरेका छन्।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, “हतियार लुटपाटका कारण आपराधिक गिरोहसँग हतियार पुग्ने खतरा छ। लुटिएका सामान नबुझाउनेलाई कानुनअनुसार कारबाही गरिनेछ।” काभ्रेमा मात्र शनिबार ७३० राउण्ड गोलीसहित आठ जना पक्राउ परेका थिए।

प्रहरीमाथिको निर्मम आक्रमण

महाराजगञ्जमा प्रहरी जवान उत्तम थापा र प्रहरी सहायक निरीक्षक मिलन रायलाई नियन्त्रणमा लिएर लाठी र भाटाले कुटेर हत्या गरिएको थियो। कोटेश्वरमा प्रहरी अमृत गुरुङलाई धारिलो हतियारले घाँटी काटी मारिएको थियो। प्रदर्शनकारीहरूले प्रहरीलाई नदीमा हाम फाल्न बाध्य पारे, नियन्त्रणमा लिएर सडकमा घिसारे।

उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले भने, “हाम्रो १२२ कार्यालय पूर्णरूपमा नष्ट भए। तर, नागरिक सेवा निरन्तर दिन जलेको भवनबाटै ड्युटीमा फर्किएका छौं।”

भागेका कैदी र सुरक्षा चुनौती

जेनजी प्रदर्शनको भीडमा देशभरका जेल तथा सुधार गृहबाट १४ हजार ५४९ कैदी भागेका थिए। ४,७७४ मात्र फर्किए, अझै ९,८०३ जना फरार छन्। प्रहरी अधिकारीहरूका अनुसार, भागेका अपराधीहरू हतियारसहित खुलेआम हिंड्दा सुरक्षा चुनौती गहिरिँदैछ।

पूर्व एआईजी किरण बज्राचार्यले भनिन्, “यस्ता आक्रमणले प्रहरीको मानसिक अवस्था बिगार्छ। फिल्डमा खटिने सुरक्षाकर्मीलाई मनोपरामर्श र विशेष प्रशिक्षण आवश्यक छ।”

पुनर्निर्माण र जनस्तरको सहयोग

जलेका भवनहरूलाई नागरिकको सहयोगमा सफाइ र पुनर्निर्माण सुरु भएको छ। आंशिक जलेका संरचना प्रयोगमा ल्याउने र नयाँ भवन बनाउन स्थानीय समुदायले अग्रसरता लिएका छन्। तर प्रहरीसँग सवारीसाधन र हतियारको अभाव अझै छ।

यो आन्दोलनले जनआवाज, भ्रष्टाचारविरोध र सामाजिक सञ्जाल स्वतन्त्रताको प्रश्न त उब्जाएको छ नै, तर सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्वलाई पनि गहिरो प्रश्न खडा गरिदिएको छ। सहिदको बलिदानले ल्याउने परिवर्तनको बाटो अझै कठिन र चुनौतीपूर्ण देखिन्छ।

कोसी प्रदेशमा जेनजी आन्दोलनका दौरान भाटभटेनी आगलागी र गोलीकाण्डमा १० जनाको मृत्यु

कोसीमा जलाइएको भाटभटेनीभित्र पाँचवटा शव भेटियो, पहिचान खुल्न सकेन

 भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कोसी प्रदेशमा भएका हिंसात्मक घटनामा कम्तीमा १० जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार, पाँचजनाको मृत्यु प्रहरीको गोली लागेर भएको हो भने पाँचजनाको मृत्यु भाटभटेनी स्टोरमा लागेको आगलागीका कारण भएको हो।

पहिचान नभएका पाँच शव

आगजनीमा जलेर मृत्यु हुनेको पहिचान अझै खुलेको छैन। आन्दोलनका क्रममा केही व्यक्तिहरू लुटपाट गर्न स्टोरभित्र पसेको र त्यसपछि लागेको भीषण आगोका कारण भाग्न नसकी निस्सासिएर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ। आन्दोलनपछिको सरसफाइका क्रममा धरानस्थित भाटभटेनी स्टोरमा चारजनाको जलेको अवस्थामा कंकाल फेला परेको र सोमबार विराटनगरको स्टोरमा एकजनाको कंकाल भेटिएको प्रहरीले जनाएको छ।

गोली लागेर मृत्यु भएका पहिचान

प्रहरीको गोली लागेर मृत्यु हुनेमा झापा–बिर्तामोडका अर्जुनधारा–११ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी, पाँचथर–हिलिहाङका ३० वर्षीय कमल भण्डारी, सुनसरी–इटहरी–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का मोहन सरदार (चंखे) रहेका छन्।

घाइतेहरूको अवस्था

प्रदेशभर ११४ प्रहरी घाइते भएका छन् भने आन्दोलनकारीतर्फ ४६ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ। घाइतेहरूको उपचार प्रदेशका विभिन्न अस्पतालमा भइरहेको छ।

यो घटनाले कोसी प्रदेशमा सुरक्षाको अवस्था र आन्दोलन व्यवस्थापनबारे गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीको बल प्रयोग, भीड नियन्त्रण रणनीति र आगजनी नियन्त्रणमा देखिएको कमजोरीबारे थप छानबिन र जवाफदेही माग उठ्न थालेको छ।

Sahed_SunilPradhan_12khariphoto-(10)-1758020234.jpg

Sahed_SunilPradhan_12khariphoto-(7)-1758020233.jpg

Sahed_SunilPradhan_12khariphoto-(8)-1758020233.jpg

Sahed_SunilPradhan_12khariphoto-(9)-1758020233.jpg

Sahed_SunilPradhan_12khariphoto-(5)-1758020232.jpg

Sahed_SunilPradhan_12khariphoto-(6)-1758020232.jpg

Sahed_SunilPradhan_12khariphoto-(3)-1758020231.jpg

Sahed_SunilPradhan_12khariphoto-(4)-1758020231.jpg

Sahed_SunilPradhan_12khariphoto-(2)-1758020230.jpg

Sahed_SunilPradhan_12khariphoto-(1)-1758020230.jpg

Sahed_SunilPradhan_12khariphoto-(21)-1758020267.jpg

Sahed_SunilPradhan_12khariphoto-(16)-1758020266.jpg

Sahed_SunilPradhan_12khariphoto-(18)-1758020266.jpg

Sahed_SunilPradhan_12khariphoto-(20)-1758020266.jpg

Sahed_SunilPradhan_12khariphoto-(13)-1758020265.jpg

Sahed_SunilPradhan_12khariphoto-(14)-1758020265.jpg

Sahed_SunilPradhan_12khariphoto-(15)-1758020265.jpg

Sahed_SunilPradhan_12khariphoto-(11)-1758020264.jpg

Sahed_SunilPradhan_12khariphoto-(12)-1758020264.jpg

Sahed_SunilPradhan_12khariphoto-(10)-1758020234.jpg

Photos : Baahrakhari

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।