Washington DC, US : January 30, 2026, Friday 04:09 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

राष्ट्रपतिको सुझाव अस्वीकार गर्दै स्वतन्त्र मन्त्रिपरिषद् बनाउने घोषणा

  NepalMother.com | ३१ भाद्र २०८२, मंगलवार ०६:५४

काठमाडौं / अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलको सुझाव अस्वीकार गर्दै स्वतन्त्र र गैरराजनीतिक व्यक्तिहरूको समावेश भएको मन्त्रिपरिषद् विस्तारको तयारी भएको खुलासा गरेकी छन्। उनले बीबीसी न्यूज नेपालीसँगको विशेष अन्तर्वार्तामा निर्वाचन गराउने सरकारको नेतृत्व, भ्रष्टाचारविरुद्धको छानबिन र आन्दोलनकारीको माग सम्बोधनबारे विस्तृत धारणा राखेकी छिन्।

राष्ट्रपतिको प्रस्ताव अस्वीकार

कार्कीका अनुसार, राष्ट्रपति पौडेलले हरेक दलबाट एक–एक सदस्य लिएर बृहत् मन्त्रिमण्डल बनाउन आग्रह गरेका थिए। तर उनले यो विचार उपयुक्त नठानेर अस्वीकार गरिन्। कार्कीले भनिन्,
“राष्ट्रपतिज्यूले हरेक राजनीतिक दलका एक–एक जना सदस्य लिएर मन्त्रिमण्डल बनाउन भन्नुभएको थियो। मैले उहाँलाई त्यस्तो राम्रो हुँदैन भनेँ।”

उनले गैरराजनीतिक व्यक्तिहरू—पूर्वसचिव, जनजाति, दलित, महिला, पिछडिएका वर्गका विज्ञहरू—लाई समेट्ने पक्षमा रहेको स्पष्ट पारिन्।

मन्त्रिपरिषद् विस्तार र चयन मापदण्ड

पहिले नै अर्थसचिव रहिसकेका रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कूलमान घिसिङ र कानुन व्यवसायी ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरिसकेकी कार्कीले अब दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताइन्। उनका अनुसार, नयाँ मन्त्रीको पृष्ठभूमिमा पीएचडी गरेका दलित, पूर्वसचिव, र प्रसिद्ध जनजाति पाइलटसमेत छन्। उनले सबै कुरा कानुनअनुसार र पारदर्शितासाथ गर्ने प्रतिवद्धता जनाइन्।

छ महिनाभित्र चुनाव गराउने लक्ष्य

कार्कीले फागुन २१ गते तोकिएको निर्वाचन समयमै सम्पन्न गर्न आफ्नो सरकार सक्षम रहेको बताइन्।
“हामीलाई बाध्य पारिएको हो, समाज र आन्दोलनकारीले। छ महिनाभित्र निर्वाचन गरेर ह्यान्डओभर गर्न पाउँदा मलाई पखेटा पलाएजस्तो लाग्नेछ,” उनले भनिन्। उनले निर्वाचन आयोगलाई चाँडै सक्रिय पार्ने र सूची अद्यावधिक गरेर काम सुरु गरिने जानकारी दिइन्।

भ्रष्टाचार र दमन छानबिन

जेनजी आन्दोलनमा भएको क्षति, जनधनको नोक्सानी र सुरक्षाकर्मीको बल प्रयोगबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठनको तयारी भइरहेको उनले पुष्टि गरिन्। आयोगको म्याद सुरुमा एक महिना हुने र आवश्यकता परे ४५ दिनसम्म थपिने उनले बताइन्।
भ्रष्टाचार छानबिनबारे कार्कीले भनिन्, “भ्रष्टाचारविरोधी आन्दोलनको जबसम्म अनुसन्धान र कारबाही हुँदैन, मुलुकले निकास पाउँदैन। बाटो बनाउने काम हामी गर्छौँ।”

आलोचना र आन्दोलनकारीको असन्तुष्टि

जेनजी आन्दोलनका केही सहभागीहरूले उनको शपथमा समर्थन जनाए पनि पछि विरोध प्रदर्शनमा उत्रिएका थिए। यसबारे कार्कीले भनिन्, “सबै काममा १०० प्रतिशत सफल हुन्छौँ भन्ने छैन। सक्दो राम्रो कोसिस गर्छौँ। अधुरो रह्यो भने निर्वाचनपछि आउने सरकारले पूरा गर्नेछ।”

यो अन्तर्वार्ताले कार्की नेतृत्वको अन्तरिम सरकारले दल–केन्द्रित शक्तिसंतुलन भन्दा पनि पारदर्शिता, सुशासन र स्वतन्त्रतामा जोड दिने स्पष्ट संकेत दिएको छ। आगामी दिनमा मन्त्रिपरिषद् विस्तार, निर्वाचन तयारी र भ्रष्टाचारविरोधी कदमहरूले मुलुकको राजनीतिक स्थायित्वमा कस्तो प्रभाव पार्ने हो भन्ने प्रतीक्षा रहन्छ।

May be an image of 1 person and text

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।