Washington DC, US : September 15, 2025, Monday 03:59 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार

जेंजीले स्वीकार गर्यो आन्दोलनमा घुसपैठ भएको कुरा, रातभर लुटपाट, आगजनी, तोडफोड, राति सम्म स्थिति नियन्त्रण बाहिर, अहिले स्थिति केही सामान्य, अब के हुन्छ झन अन्यौल नेपाली सेनाले विशेष अभियान सञ्चालन गर्दै, मंगलबार राति १० बजेदेखि नेपाली सेनाले उपत्यकासहित मुलुकको सुरक्षा कमाण्ड सम्हालेको छ

  NepalMother.com | २४ भाद्र २०८२, मंगलवार २२:२०

updated

May be an image of text

लुटपाटमा संलग्न २१ जना पक्राउ

गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटनाहरू भएका छन्। नेपाली सेनाले विशेष अभियान सञ्चालन गर्दै काठमाडौं र भक्तपुरका विभिन्न इलाकाबाट २१ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रका लुटपाटमा संलग्न व्यक्तिहरू रहेका छन्।


नेपाली सेनाले सम्हाल्यो सुरक्षा कमाण्ड

जेन–जी आन्दोलन चर्किएपछि मंगलबार राति १० बजेदेखि नेपाली सेनाले उपत्यकासहित मुलुकको सुरक्षा कमाण्ड सम्हालेको छ। सेनाले मुख्य सडकमा बाक्लो गस्ती गरिरहेको छ भने सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्किन आग्रह गरेको छ। आकस्मिक सेवामा संलग्न व्यक्तिहरूलाई भने परिचयपत्रका आधारमा आवतजावत गर्न दिइएको छ।

सर्वसाधारणले आफ्नो समुदायमा कुनै विध्वंसात्मक वा अराजक गतिविधि देखेमा सेनाको हटलाइन ९८६३०२९०२९ मा ह्वाट्सएप वा भाइबरमार्फत जानकारी दिन सक्ने व्यवस्था मिलाइएको छ।


राजधानीमा कर्फ्यूको कडाइ

काठमाडौंको नयाँबानेश्वर–माइतीघर सडकखण्डमा हतियारसहितका सेनाको बाक्लो उपस्थिति छ। बिहान मोर्निङ वाकमा निस्किएका नागरिकलाई समेत सेनाले घर फर्काएको छ। “कर्फ्यू लागु भएको छ, कृपया घरमै बस्नुस्,” भनेर सेनाका जवानहरूले सर्वसाधारणलाई सम्झाइरहेका छन्।

यसबीच, उपत्यकाका केही किराना पसल, तरकारी पसल र डेरी पसल भने खुलेका छन्। पुरानो बानेश्वर, नयाँबानेश्वर, सिंहदरबार क्षेत्रमा सीमित मात्रामा आवतजावत देखिएको छ।


संसद भवनदेखि सिंहदरबारसम्म ध्वस्त

मंगलबारको जेन–जी आन्दोलनले देशका प्रमुख शासकीय संरचनामा अपूरणीय क्षति पुर्‍याएको छ।

  • सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, शीतल निवासदेखि संवैधानिक निकायसम्म सबै संरचना जलेर खरानी भएका छन्।

  • प्रधानमन्त्री निवास बालुवाटारमा आगजनी भएपछि ओलीलाई सेनाले सुरक्षित स्थानतर्फ सारिसकेको छ।

  • राष्ट्रपति भवन शीतल निवास कब्जामा लिएर आन्दोलनकारीले ध्वस्त पारेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई पनि सेनाले सुरक्षित स्थानमा लगेको छ।

इतिहासमै पहिलो पटक नेपालका तीनै अंग—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचना ध्वस्त भएका छन्।


नेताहरूमाथि प्रत्यक्ष आक्रमण

आन्दोलनकारीको निशाना यसपटक प्रत्यक्ष नेताहरू र उनीहरूको घर बनेका छन्।

  • पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवामाथि बुढानिलकण्ठस्थित निवासमा भौतिक आक्रमण भयो।

  • पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटार निवासमा तोडफोड र चितवन घरमा आगजनी भयो।

  • पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित घरमा आगजनी हुँदा उनकी पत्नी रविलक्ष्मी चित्रकार जलेकी छन्।

  • कांग्रेस महामन्त्री गगन थापादेखि एमाले नेतासम्म धेरैको निवासमा आक्रमण भएको पुष्टि भएको छ।


जेलसमेत कब्जामा, कैदीहरू फरार

तनहुँ, कैलाली, महोत्तरी, पोखरा र नख्खु जेलमा आन्दोलनकारीले आक्रमण गर्दा कैदीहरू भाग्न सफल भएका छन्। प्रहरीका हतियार खोस्ने र पड्काउनेसम्मका गतिविधि भएका छन्। कानुनी शासन र सुरक्षा संयन्त्र पूर्णरूपमा विफल भएको छ।


नेपाली सेनाको आकस्मिक सम्पर्क नम्बर

नेपाली सेनाले नागरिकलाई सतर्क रहन आग्रह गर्दै आकस्मिक सम्पर्कका लागि दुईवटा नम्बर सार्वजनिक गरेको छ:

  • ०१–५९७९२२३

  • ०१–५९७९२२४

सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण गर्नेहरूलाई तत्काल कारबाही गर्ने चेतावनी सेनाले दिएको छ।


अन्तर्राष्ट्रिय प्रतिक्रिया

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै भनेका छन्:
“नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाले ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित भएको छ। नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण छ।”


जेन–जी मोमेन्ट एलायन्सको घोषणा

जेन–जी मोमेन्ट एलायन्सले आफ्नो आन्दोलनलाई सफलताको अन्तिम विन्दुमा पुर्‍याएको घोषणा गर्दै पुरानो सत्तासँग कुनै सम्झौता नगर्ने अडान लिएको छ।
उनले प्रस्तुत गरेका मुख्य मागहरू:

  1. आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गरी क्षतिपूर्ति दिने,

  2. सबै दलका शीर्ष नेताको सम्पत्ति छानबिन र कानुनी कारबाही गर्ने,

  3. राज्यद्वारा भएको दमनबारे उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने,

  4. संघीय र प्रदेश सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्ने,

  5. संविधान २०७४ को आधारभूत संरचना जोगाएर प्रगतिशील पुनर्लेखन गर्ने।

  6. देशव्यापी अशान्ति : प्रहरी र सेनाको संयुक्त अपिल, राजधानीमा अझै निभेको छैन आगो


    प्रहरीको अपिल : राष्ट्रहितमा एकजुट हुन आग्रह

    नेपाल प्रहरीले सोमबार जेन–जी आन्दोलनको क्रममा भएको हिंसाबाट गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नेपाली नागरिकलाई राष्ट्रहित र शान्ति स्थापनाका लागि प्रहरीसँग सहकार्य गर्न आग्रह गरेको छ।
    प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ:

    • “विधिको शासन कायम गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य छ।”

    • आन्दोलनका क्रममा भएको जनधनको क्षति अपूरणीय र दुःखद रहेको भन्दै प्रहरी र नागरिकबीच साझेदारीपूर्ण सहकार्य आवश्यक भएको उल्लेख छ।

    • घाइतेको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण र अपराधी समूहको रोकथाममा नागरिक र प्रहरी एकाकार हुनुपर्नेमा जोड दिइएको छ।


    सेनाको सक्रियता : बैंक लुट्ने पाँच पक्राउ

    राजधानी बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुट्ने प्रयासमा संलग्न पाँच जनालाई नेपाली सेनाले पक्राउ गरेको छ।
    जंगी अड्डाले मंगलबार राति १० बजेदेखि नै सेना देशभर परिचालन भएको जनाएको छ।

    • आपराधिक गतिविधि नियन्त्रणका लागि सेनाले आकस्मिक सम्पर्क नम्बर ०१–५९७९२२३०१–५९७९२२४ जारी गरेको छ।

    • सेना अब “शान्ति सुरक्षा र जनताको सुरक्षामा प्रत्यक्ष खटिने” बताएको छ।

    तर अराजक गतिविधि रोक्ने प्रयासकै बीचमा पर्वत जिल्लामा जिल्ला कारागारमा आक्रमण भई ९३ जना कैदीबन्दी भगाइएका छन्। तीमध्ये हत्या, बलात्कार र ठगीमा दोषी ठहरिएका कैदी समेत छन्।


    पर्वतदेखि पोखरासम्म आगजनी र आक्रमण

    • पर्वतमा आन्दोलनकारीले कांग्रेस, एमाले र माओवादीका पार्टी कार्यालयहरूमा आगजनी गरेका छन्।

    • पूर्वमन्त्री पदम गिरीको घर पनि जलाइएको छ।

    • पोखरामा भने अवस्था अझै भयावह बनेको छ। आन्दोलनकारीले:

      • जिल्ला प्रहरी कार्यालय कास्कीमा जेसिबी डोजरले आक्रमण गरी हतियारसहितका कागजात जलाए।

      • उच्च अदालत पोखरा, जिल्ला अदालत, सिडिओ कार्यालय, मालपोत कार्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयमा आगजनी भयो।

      • सिर्जना मिनी मार्केटमा समेत आगो लगाइएको छ।

    सडकमा नाराबाजी र सार्वजनिक सम्पत्ति जलाउने काम मध्यरातसम्मै जारी रह्यो।


    राजधानी : सिंहदरबार, शीतल निवास, संसद अझै जलेका छन्

    जेन–जी आन्दोलनकारीले मङ्गलबार दिउँसोदेखि सिंहदरबारमा आगजनी गरेपछि अहिले पनि आगो नियन्त्रणमा आएको छैन।

    • सिंहदरबारभित्रका प्रायः सबै मन्त्रालय जलेर नष्ट भएका छन्।

    • पानी नपरेको र दमकल पुग्न नसकेकाले आगो अझै बलिरहेको छ।

    • बालुवाटारस्थित प्रधानमन्त्री निवास, शीतल निवास (राष्ट्रपति भवन) र नयाँबानेश्वरस्थित संसद भवनमा पनि आगो निभ्न सकेको छैन।

    त्यस्तै, महाराजगञ्ज र सोह्रखुट्टे प्रहरी कार्यालय, बौद्ध र कीर्तिपुर प्रहरी बिट, गोकर्णेश्वर नगरपालिका भवन, तथा अन्य सरकारी निकायहरूमा तोडफोड र आगजनी भएको पुष्टि भएको छ।


    परिस्थितिको मूल्यांकन

    • आन्दोलनकारीले लक्षित गरेका संरचनामा राज्यका अंग, पार्टी कार्यालय, नेताका निवास र विवादित व्यापारीका सम्पत्ति मुख्य रूपमा छन्।

    • नेपाल प्रहरीले जनतालाई कानुनी शासन स्थापनाका लागि सहयोग गर्न आह्वान गरेको छ भने नेपाली सेनाले अराजक गतिविधि रोकिने चेतावनी दिएको छ।

    • तर राजधानीदेखि मुलुकका प्रमुख शहरसम्मको अवस्था अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

    • May be an image of text
    • May be an image of text
    • May be an image of text
    • May be an image of text
    • May be an image of text
    • May be an image of text
    • माओबादी आतंक ले देश ५० वर्ष पछाडी धकेलियो, अहिले यस्तो आगजनी, तोडफोड, लुटपाटले अब फेरि कति बर्ष पछाडी धकेलिने हो । देश जलिरहेको छ । बुझ्ने नेपाली मनहरु धुरु धुरु रोइरहेका छन् । एउटा केपी ओली नामको भ्रस्ट, बौलाहा, सन्काहा, अपराधी र उनका गठबन्धन कारी भ्रस्ट हरुका कारण सिर्जित यो अबस्थाको मूल्य आखिर नेपाली जनताले नै फेरि खुन पसिना गरेर तिर्नुपर्ने छ शंकै छैन ! कठै देश !!

    • May be an image of 4 people, fire and text
    • May be an image of the Charminar, crowd and text
    • May be an image of 4 people, fire, crowd and text that says 'संघीय संघीयसंसल संसव'
    • May be an image of fire, temple and text
    • May be an image of 1 person, fire and text
    • May be an image of fire and the Brandenburg Gate
    • May be an image of fire
    • May be an image of 5 people and fire
    • May be an image of fire
    • May be an image of fire, the Parthenon and the Brandenburg Gate

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।