Washington DC, US : August 15, 2025, Friday 02:12 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|लक्जेम्बर्गका मानार्थ वाणिज्यदूत तथा मानार्थ वाणिज्यदूत जनरलहरूको ऐतिहासिक बैठक सम्पन्न|Breaking News : नक्कली मदिरा सेवनका कारण कुवेतमा १६ भन्दा बढी नेपालीको मृत्यु, ३५ जना अस्पतालमा|ट्रम्प र पुटिनबीचको ऐतिहासिक शिखर बैठक आज अलास्कामा हुँदै|विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’|मनोज गजुरेलको ‘बेडरुममा बिचौलिया’ सार्वजनिक|निजी विद्यालयहरूले प्रस्तावित विद्यालय शिक्षा विधेयकको केही प्रावधान अस्वीकार गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरे|‘माग्ने बुढा’ : नेपाली हास्यव्यङ्ग्य र चलचित्र क्षेत्रको अमूल्य सम्पत्ति|“पुस्ता” को नयाँ र तेश्रो भाग हेर्नुहोस|अमेरिका–रूस शिखर वार्ताको पूर्वसन्ध्यामा ह्वाइट हाउस भन्छ – राष्ट्रपति ट्रम्प युक्रेन युद्ध अन्त्य गर्न उपलब्ध सबै विकल्पहरू प्रयोग गर्ने|“बुझे तुरुन्तै ४० खर्वको अर्थतन्त्र बनाइदिन्छौँ”

ओली “बा” का “नाती” दुर्गा प्रसाईलाई अदालतले गर्यो धरौटीमा रिहा अब फेरि नातीले काढ्ने छन् हजुरबा को सातो, गलेका छैनन् रे नाती, अब फेरि शुरु गर्छन रे भण्डाफोर !

  NepalMother.com | २० श्रावण २०८२, सोमबार ०९:५१

May be an image of 6 people and text that says 'ਵਬਿਗয় प्हरी काठमाडी परिकद मद्कालि थुनुवा बंहल VINLCE TRNUCE CITY PO'

काठमाडौं / राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई उच्च अदालत, पाटनले दुई वटा फरक मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशपछि उनी अहिले डिल्लीबजार कारागारबाट बाहिरिएका छन्।

दुर्गा प्रसाईं चैत १५ गतेको राजावादी आन्दोलनसँग जोडिएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थिए। उक्त घटनामा उनीविरुद्ध राज्यविरुद्धको अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवजस्ता गम्भीर मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको थियो। साथै, उनीमाथि बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दा पनि दर्ता गरिएको थियो। यी दुई मुद्दाकै सिलसिलामा उनी भारतबाट पक्राउ गरी नेपाल ल्याइएका थिए र त्यसयता डिल्लीबजार कारागारमा थुनामा थिए।

काठमाडौं जिल्ला अदालतले प्रारम्भिक रूपमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर उनले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत, पाटनमा पुनरावेदन दायर गरेका थिए। त्यही अपिलमाथि सुनुवाइ गर्दै उच्च अदालतका दुई इजलासले फरक फरक मुद्दामा उनी धरौटीमा रिहा हुने आदेश दिएका हुन्।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो। फैसला सुनाउने क्रममा अदालतले उनलाई तत्काल निर्दोष भन्न नसकिने भए पनि उनी क्यान्सर पीडित भएको र स्वास्थ्य संवेदनशीलताको कारणलाई विचार गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो।

त्यस्तै, चैत १५ को हिंसात्मक प्रदर्शन सम्बन्धी मुद्दामा भने उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले छुट्टै आदेशमार्फत ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न निर्देशन दिएको हो। आदेशको विस्तृत प्रतिलिपि भने अहिलेसम्म सार्वजनिक भइसकेको छैन।

प्रहरीका अनुसार प्रसाईंले सो दिनको प्रदर्शनको नेतृत्व गर्दै भिडलाई उच्छृंखल अभिव्यक्ति दिएर उत्तेजित बनाएको, निषेधित क्षेत्र तोड्न प्रेरित गरेको, र आफैंले गाडी चलाएर सुरक्षाकर्मीलाई ज्यान मार्ने प्रयास गरेको आरोप छ। उनी भारततर्फ भागेका थिए र त्यहींबाट नेपाली प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो।

झापाको बिर्तामोड नगरपालिका–५ निवासी ५४ वर्षीय दुर्गा प्रसाईं केही समययता सामाजिक तथा राजनीतिक अभियानमार्फत सक्रिय देखिएका छन्। उनले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म र नागरिक संरक्षणका नारासहितको आन्दोलन विवादास्पद रहँदै आएको छ।

अब उनी कानुनी रूपमा धरौटीमा रिहा भएका छन्, तर उनीमाथि दर्ता भएका मुद्दाहरू पूर्ण रूपमा समाप्त भएका छैनन्। यदि मुद्दाको अन्तिम फैसलामा दोषी ठहरिएमा उनलाई कानुनी कारबाहीको सामना गर्नु पर्नेछ। तर अहिलेका लागि उनी स्वतन्त्र छन् र उनले राजनीतिक तथा सामाजिक गतिविधिमा पुनः सक्रियता देखाउने सम्भावना रहेको छ। कानुनी प्रक्रिया जारी रहेकाले उनका आगामी गतिविधिमा अदालतको आदेश र सीमाहरू पालना गर्नु पर्ने अनिवार्य रहनेछ।

Tinkune Protest.jpg

उक्त इजलासले अब उनीसँगै सुशील बराल, सरोज गौतम (तारा राजावादी)दण्डपाणि रेग्मीलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले सुशील बराल र सरोज गौतमका लागि ५०–५० हजार रुपैयाँ धरौटी तोकेको छ भने दण्डपाणि रेग्मीलाई १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

चैत १५ मा काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गरिएको राजसंस्थाको पुनर्स्थापनाको मागसहितको प्रदर्शन हिंसात्मक बन्दा ठूलो जनधनको क्षति भएको थियो। प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा सबिन महर्जनपत्रकार सुरेश रजकको ज्यान गएको थियो।

उक्त दिनको घटनामा प्रहरीको गोली लागेर कम्तीमा १९ जना घाइते भएका थिए भने दर्जनौं व्यक्तिहरू सामान्य र गम्भीर घाइते भएका थिए। प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडफोड, प्रहरीमाथि आक्रमण, सार्वजनिक सम्पत्तिमा क्षति र हत्या प्रयासजस्ता गम्भीर अपराधको आरोपमा प्रहरीले आन्दोलनका अगुवाहरूविरुद्ध अनुसन्धान सुरु गरेको थियो।

प्रदर्शनपछि प्रहरीले प्रमुख योजनाकारका रूपमा चिनिएका दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव अन्तर्गतका मुद्दा दर्ता गरेको थियो। उनी केही समयका लागि भारततर्फ भागेका थिएत्यहीँबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।

थुनामा रहेका बेला उनले जिल्ला अदालतको पुर्पक्ष आदेशविरुद्ध उच्च अदालत, पाटनमा निवेदन दिएका थिए। अदालतले स्वास्थ्य अवस्था, कानुनी प्रक्रिया र धरौटीमा रहेर मुद्दा लड्न पाउने संवैधानिक अधिकारलाई मध्यनजर गर्दै प्रसाईंसहित अन्य अभियुक्तलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अब उनीहरू सबै कानुनी रूपमा तल्लो अदालतको अन्तिम फैसलासम्म स्वतन्त्र रूपमा रहनेछन्, तर अदालतले तोकेको सर्तहरू पालना गर्दै न्यायिक प्रक्रिया अघि बढाउने दायित्व उनीहरूमाथि कायम रहनेछ।

यसबीचमा राजनीतिक रूपमा सक्रिय रहेका दुर्गा प्रसाईं र उनका समर्थकहरू अब आन्दोलनलाई पुनः सञ्चालन गर्ने रणनीतिमा लाग्ने संकेत देखिएको छ। यद्यपि उनीहरूमाथि लागेको गम्भीर आरोपका विषयमा अदालतको अन्तिम फैसला आउन बाँकी नै छ।

May be an image of 4 people

WhatsApp Image 2025-03-28 at 17.01.24 (4).jpeg

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !



May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक

**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।