Washington DC, US : June 27, 2026, Saturday 03:41 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|भेनेजुएलामा महाभूकम्प : मृत्यु संख्या ९२० नाघ्यो, ३ हजारभन्दा बढी घाइते|अमेरिकाले इरानमाथि फेरि गर्‍यो सैन्य आक्रमण|Breaking News : राजाले आफूले तिरेको कर (ट्याक्स) सार्वजनिक गरे||ट्रम्पले भूकम्पबाट “अत्यन्तै विनाशकारी मानवीय क्षति” भएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका उद्धार तथा राहत सहयोगका लागि पूर्ण रूपमा तयार रहेको बताए|नेपालमा बर्डफ्लुको संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेपछि पशुपन्छी क्षेत्र गम्भीर संकटमा|पहिलो ७.२ र त्यसलगत्तै दोस्रो ७.५ म्याग्निच्युडको भूकम्प आएपछि देशभर राष्ट्रिय आपत्काल घोषणा|प्रधानमन्त्री तथा लेबर नेता सर कीर स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेपछि….|अन्तर्राष्ट्रिय निगरानीमा नेपाल फेल, ‘ग्रे लिस्ट’ बाट हट्न सकेन, चेतावनी सहित एक बर्ष अर्को मौका|मेस्सी कीर्तिमानको खोजीमा हिँडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै उनको प्रतीक्षामा बसेका छन

एकातिर प्रचण्ड र जनार्दनको, अर्को तिर माधब र झलनाथको वाक युद्ध ! पार्टीभित्रको एकताको अवस्था थप जटिल, आफूलाई कम्युनिस्ट भन्नेहरू जति निरङ्कुश, तानाशाही अरू को होलान् र ! यिनीहरूलाई जुट्न र फुट्न, गद्दार घोषणा गर्न कुनै आइतबार चाहिन्न !!

  NepalMother.com | १७ श्रावण २०८२, शुक्रबार १२:१२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्मालाई अनुशासनविपरीतको गतिविधि नगर्न कडा चेतावनी दिएका छन्। शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रुपमा अभिव्यक्त गर्नेलाई कारबाही गर्न बाध्य हुन सक्ने संकेत दिएका थिए। पछिल्ला दिनमा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पार्टी पुनःगठनका विषयलाई लिएर प्रचण्ड र शर्माबीचको दुई वर्षदेखिको मतभेद पुनः चुलिएको छ। शर्माले विशेष महाधिवेशनको माग गर्दै प्रचण्ड नेतृत्वको आलोचना गरेपछि पार्टीभित्रको तनाव झनै बढेको छ। अध्यक्ष प्रचण्डले बैठकको सुरुवातमै उपमहासचिव शर्माको अभिव्यक्तिलाई अनुशासनविपरीत भन्दै आलोचना गरे।

प्रचण्डले पार्टीभित्र छलफल र बहस गर्न सबैलाई छुट भए पनि सार्वजनिकरूपमा नेतृत्वप्रति आक्रोश व्यक्त गर्नु अनुशासनहीन कार्य भएको बताए। उपमहासचिव शर्माले पछिल्लो समय नेतृत्वको विकल्प खोज्ने अभिव्यक्ति दिँदै विशेष महाधिवेशनको माग गरेपछि पार्टीभित्र अन्तरसंघर्ष चर्किएको हो। उनी आगामी महाधिवेशनमा अध्यक्ष प्रचण्डलाई चुनौती दिने गरी सक्रिय भएका छन्। पार्टी उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार शर्माले उठाएको विषयमा अध्यक्ष प्रचण्डले परामर्श बैठकमा छलफल गरिने बताएका छन्। बैठकमा प्रचण्डले पार्टीभित्रको एकता बलियो बनाउन सबै नेताहरूलाई आग्रह गरेका थिए। शनिबारदेखि जारी हुने बैठकमा अन्य नेताहरूले समेत धारणा राख्ने र त्यसक्रममा शर्माले पनि आफ्नो पक्ष प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा देखिएको समस्या समाधान भइसकेको जानकारी दिएका छन्। जनता समाजवादी पार्टी बाहिरिएपछि कमजोर बनेको मोर्चालाई पुनः बलियो बनाउने प्रयास भइरहेको र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पार्टी एकताको विषयमा भइरहेको वार्ता सकारात्मक रहेको उनले बताएका छन्। मोर्चामा आबद्ध दलहरूमात्र होइन, पूर्वमाओवादी पृष्ठभूमिका अन्य घटकहरूसँग समेत एकता विस्तार गर्ने विषयमा छलफल भइरहेको जानकारी बैठकमा दिइएको थियो।

अध्यक्ष प्रचण्डको भनाइ पुष्टि गर्दै उपमहासचिव पोखरेलले मोर्चालाई वैचारिक र कार्यनीतिक आधारमा सुदृढ पार्दै थप दलहरूलाई आबद्ध गराइने योजना रहेको बताए। उनले पार्टीको अभियान सकिएपछि मात्रै महाधिवेशनको मिति तोकिने जानकारी पनि दिए। भदौ १५ मा पोखरामा रोकिएको पार्टी अभियानलाई फेरि सुरु गरेर पाँचथरदेखि लमजुङसम्म सञ्चालन गरिने निर्णय भएको पनि उनले बताए।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्ड एकल वक्ता थिए। उनले पार्टीको वर्तमान परिस्थिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, आन्तरिक एकता, नेताहरूको जिम्मेवारी बाँडफाँड, समाजवादी मोर्चाको अवस्था, मधेसको सुख्खा समस्या, पार्टीको रोकिएको अभियान र केन्द्रीय समितिको तयारीलगायत विषयमा विस्तृत धारणा राखेका थिए।

उता पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीका वरिष्ठ नेता झलनाथ खनालप्रति कडा कटाक्ष गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले खनाल पार्टी निर्णय नमानेको, अवज्ञा गर्दै आएको र अब राजीनामा दिएर पार्टी छाड्नुपर्ने सुझावसमेत दिएका छन्। एमाले विभाजनपछि एकीकृत समाजवादीमा आएका खनालले हालैको एक अन्तर्वार्तामा एमाले फुटाउनु गल्ती भएको बताएका थिए। यही अभिव्यक्तिलाई लक्षित गर्दै नेपालले खनालको टिप्पणीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।

नेपालले खनाललाई पार्टी निर्णय नमान्ने पहिलो व्यक्ति भन्दै सार्वजनिक रूपमा विवादास्पद अभिव्यक्ति दिन नहुने चेतावनी दिए। उनले खनालले साँच्चिकै यस्तो बोलेकोमा आफूलाई विश्वास नरहेको भन्दै यो एआई प्रविधिको जमानामा नबोलेको कुरा पनि बोलेको जस्तो देखिन सक्ने टिप्पणी गरे। खनालको भनाइले पार्टीभित्र तरंग ल्याउने प्रयास गरिएको भन्दै अध्यक्ष नेपालले एकजनाको असहमति संस्थागत निर्णयमाथि हावी हुन नसक्ने स्पष्ट पारे।

उनले माओवादीसँग पार्टी एकता हुन लागेको भनेर केहीले फैलाएको हल्लामा पनि आपत्ति जनाउँदै अहिले केवल सहकार्य र विश्वासको आधारमा समाजवादी मोर्चा सुदृढ पार्ने उद्देश्य मात्र रहेको बताए। पार्टी एकता विषयमा कुनै औपचारिक छलफल नभएको भन्दै भ्रम सिर्जना नगर्न आग्रह गरे।

वर्तमान सत्ता गठबन्धनको असफलताप्रति पनि उनले चर्को आलोचना गर्दै प्रधानमन्त्री केपी ओलीको अहंकारले देशलाई संकटमा पारेको आरोप लगाए। देशको राजनीतिक र प्रशासनिक प्रणाली बिग्रनुको मुख्य दोष ओलीको रवैयामा देखेको बताए।

आफूमाथि लागेको भ्रष्टाचारसम्बन्धी आरोपबारे बोल्दै उनले आफू निर्दोष भएको दाबी गरे। पतञ्जलि समूहसँग जोडिएको सार्वजनिक जग्गा विवादमा कुनै गैरकानुनी कार्य नगरेको बताउँदै कानुन अनुसारै हदबन्दीभित्रको जग्गा बिक्री भएको र आफूले एक पैसा पनि तलमाथि नगरेको स्पष्ट पारे। उनले आफ्नो विरुद्ध लगाइएको मुद्दालाई राजनीतिक प्रतिशोधको परिणाम भनेका छन्। प्रक्रिया अनुसार मन्त्रालयदेखि मन्त्रिपरिषद्सम्म सबैको सहमति रहेको भन्दै उक्त प्रकरण मुद्दा नभई बदनियत भएको टिप्पणी गरे।

यता नेकपा (एकीकृत समाजवादी)भित्रको आन्तरिक विवाद खुलेर सतहमा आएको छ। पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि ‘तानाशाह बन्न खोजेको’ आरोप लगाउँदै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। पार्टी गठनको औचित्यप्रति प्रश्न उठाएको खनालको पछिल्लो टेलिभिजन अन्तर्वार्तालाई लिएर अध्यक्ष नेपालले सार्वजनिकरूपमा कटु प्रतिक्रिया दिएपछि विवादले थप उग्र रूप लिएको हो।

खनालले एमाले विभाजन गरी नयाँ पार्टी गठन गर्नु जनताको हितमा पुष्टि हुन नसकेको टिप्पणी गरेका थिए। त्यसको प्रतिउत्तरमा अध्यक्ष नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा खनाललाई ‘पार्टी छाड्न सक्ने’ प्रकारको अभिव्यक्ति दिएका थिए। अध्यक्ष नेपालको यस अभिव्यक्तिलाई खनालले अत्यन्तै अपमानजनक, गैरजिम्मेवार र अधिनायकवादी शैलीको भनेका छन्।

शुक्रबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले पार्टी अध्यक्षको हैसियतमा बोल्ने भाषाशैली यस्ता हुन नहुने स्पष्ट पारे। उनले पार्टीभित्र असहमति र छलफलको वातावरण सधैं खुला रहनुपर्नेमा जोड दिँदै कुनै नेताले सार्वजनिक रूपमा अर्को नेतालाई आदेश दिनु, पार्टी छाड्न भन्नु स्वच्छ लोकतान्त्रिक अभ्यासविपरीत भएको बताए।

खनालले पार्टीभित्र रचनात्मक बहस र आलोचनाको ढोका बन्द गर्न खोजिएको आशंका व्यक्त गर्दै, जनताका सवालमा नतिजा दिन नसकेको विषय उठाउनु अनुशासनविपरीत नभएको जिकिर गरे। उनले गम्भीर प्रश्न उठाउँदै भने, “मैले पार्टीको विद्रोहले जनताको काम गर्न सकिएन भनेको मात्र हुँ, त्यसैले पार्टी छोड्न भनिन्छ भने त्यो कस्तो प्रवृत्ति हो? के यही नेतृत्वशैली हो? कस्तो तानाशाह बन्ने रहर हो यो?”

भित्रि असन्तुष्टि र असहमतिका स्वरहरू सार्वजनिक रूपमा छलफलमा आउन थालेपछि पार्टीभित्रको एकताको अवस्था थप जटिल बन्न थालेको संकेत देखिएको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor