Washington DC, US : August 22, 2026, Saturday 10:23 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्प प्रशासनलाई ठूलो कानुनी झट्का|गम्भीर बिरामी नूरराज बश्यालको उपचारका लागि सहयोगको अपिल|नेपाल सरकार र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच १४ बुँदे सहमति|बेलायतका राजा चार्ल्स तृतीयले मृत्यु कति नजिक आएको थियो भन्ने बताए|बजेट थपेर होइन, काम गर्ने शैली बदलेर ३० दिनभित्र सरकारी सेवा सुधार्ने सरकारको अभियान|हराउँदै गएका आफ्ना पनहरू र स्वार्थी मनहरू देख्दा र भोग्दा !|विदेशी हतियारमाथिको निर्भरता घटाउँदै युक्रेन, आफ्नै ‘Equalizer’ ग्लाइड बम !|ट्रम्पको इतिहासकै ठुलो धम्की पछि इरानको जबाफ, चीनले गर्यो बिरोध, अब के हुन्छ ?|न्यायको खोजीमा दुई महिना नेपाल बसेर फेरि अमेरिका फर्किए धुर्मुस|ट्रम्पको ‘आर्थिक युद्ध’ असफल हुने तेहरानको दाबी

विकृतिपूर्ण गीतको विरोधमा संगीतकर्मीहरू गृह मन्त्रालयमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नेतृत्वमा पुगेको टोलीले गृहमन्त्री रमेश लेखकलाई भेट गर्दै सांगीतिक क्षेत्रको गिरावट रोक्न राज्यको प्रत्यक्ष हस्तक्षेप आवश्यक भएको स्पष्ट सन्देश दिएको छ।

  NepalMother.com | २६ असार २०८२, बिहीबार ०९:०५

काठमाडौं / नेपाली लोकसंगीत र विशेषगरी तीज पर्वजस्ता सांस्कृतिक अवसरका नाममा सार्वजनिक भइरहेका विकृतिपूर्ण र अपाच्य गीतविरुद्ध देशका अग्रणी संगीतकर्मीहरू बिहीबार गृह मन्त्रालय पुगेका छन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नेतृत्वमा पुगेको टोलीले गृहमन्त्री रमेश लेखकलाई भेट गर्दै सांगीतिक क्षेत्रको गिरावट रोक्न राज्यको प्रत्यक्ष हस्तक्षेप आवश्यक भएको स्पष्ट सन्देश दिएको छ।

प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरका अनुसार गीत-संगीतको नाममा सामाजिक मर्यादा विपरीत प्रस्तुतिहरू दिनानुदिन बढ्दै गएको, खासगरी तीज लक्षित केही गीतहरूले नेपाली लोक संस्कृतिमाथि आघात पुर्‍याएको भन्दै अब यसमा कानुनी रूपमा रोक लगाइनु पर्नेमा जोड दिइएको छ।

गृहमन्त्रीसहित उच्च प्रहरी अधिकारीसँग छलफल

May be an image of 10 people and text

भेटका क्रममा प्रहरी महानिरीक्षक (IGP) दीपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) दानबहादुर कार्की, तथा साइबर ब्युरो प्रमुख डीआईजी नबिन्द अर्याल लगायत उच्च अधिकारीहरू पनि सहभागी थिए। रिता थापा मगरका अनुसार गृहमन्त्रीले स्वयं सबै निकायलाई छलफलका लागि बोलाएका थिए र सबै पक्षले संगीतकर्मीहरूको मागप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।

“हामीले लोकदोहोरी र पर्व विशेष गीतमा देखिएको अश्लीलता र भड्किलोपनको विषय उठायौं। गृहमन्त्रीले सहयोग गर्न तत्पर रहेको प्रतिक्रिया दिनुभयो,” रिता थापाले सेतोपाटीसँग भनिन्।

साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने

गृहमन्त्री लेखकले अबदेखि गीत-संगीत र कलासंस्कृतिमा देखिने साइबर अपराध तथा विकृति नियन्त्रणका लागि प्रहरीको साइबर ब्युरोमा विशेष फोकल पर्सन तोकिने जानकारी दिए। उनले यस्तो अभिव्यक्ति दिए:

“यदि कुनै गीत वा सामग्री सामाजिक सद्भाव भङ्ग गर्ने, व्यक्तिविशेष वा समुदायमाथि अपमानजनक हुने खालको छ भने, त्यसलाई साइबर ब्युरोमा उजुरी गर्नुपर्छ। घृणा फैलाउने र जातीय, भाषिक, धार्मिक वा क्षेत्रीय विभाजन निम्त्याउने कुनै पनि सामग्रीप्रति कडा निगरानी हुनेछ।”

अब चेतावनी होइन, कानुनी प्रक्रिया

राष्ट्रि‍य लोक तथा दोहोरीगीत प्रतिष्ठानका पदाधिकारीहरूका अनुसार, विगतमा अपाच्य गीत ल्याउनेहरूलाई उनीहरूले मौखिक रूपमा सम्झाउने प्रयास गरेका थिए। कतिपयले गल्ती स्वीकारेर आफ्ना सामग्री हटाए पनि केहीले उल्टै अपमानजनक व्यवहार देखाएको भन्दै अब प्रतिष्ठानले साइबर ब्युरोमा विधिवत् उजुरी दर्ता गर्ने निर्णय गरेको हो।

“अघिल्लो दिनसम्म हामी सम्झाउँथ्यौं, तर केहीले उल्टै चुनौती दिने व्यवहार गरे। त्यसैले अब प्रहरी प्रशासनकै ढोका ढकढकाउनुपरेको हो,” रिता थापाले भनिन्, “अबदेखि अपाच्य शब्द, अश्लील दृश्यसहितका गीतविरुद्ध कानुनअनुसार कारबाही हुनेछ।”

पुराना गुनासा र नयाँ प्रतिबद्धता

प्रतिष्ठानका पूर्वअध्यक्ष बद्री पंगेनीले यसअघि पनि मन्त्रालयसम्म पुगेका प्रयासहरू स्मरण गर्दै यसपटक भने कार्यान्वयनमा आशावादी रहेको बताए।

“हामीले धेरैपटक आवाज उठायौं, तर हरेकपटक आश्वासन मात्र पाइन्थ्यो। यसपटक भने गम्भीरता देखिएको छ,” उनले भने।

भविष्यमा सक्रिय निगरानी र कारबाहीको प्रतिबद्धता

राष्ट्रि‍य लोक तथा दोहोरीगीत प्रतिष्ठान, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीसहितका चर्चित संगीतकर्मीहरूले लोकसंस्कृतिमा मौलिकता र मर्यादा कायम राख्न राज्य, प्रहरी, र सम्पूर्ण सञ्चारमाध्यमको समन्वयमा सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

सांस्कृतिक पर्व र लोकसंगीतमा देखिएको विकृति र अपमानजनक प्रवृत्तिको विरुद्ध संगीतकर्मीहरूको यो कदमले अब राज्य तहमा कानुनी निगरानी र कारबाहीको बाटो खुल्ने विश्वास लिइएको छ। गृहमन्त्रीको प्रत्यक्ष संलग्नतामा भएको छलफलले नेपाली सांस्कृतिक संरक्षणतर्फ एउटा नयाँ मोड लिएको छ।

May be an image of 6 people

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor