Washington DC, US : November 11, 2025, Tuesday 03:35 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नाइजेरिया भीषण भिडन्तमा करिब २०० लडाकु मारिए|Breaking News : नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते|नेपालका आजका ३ समाचार : नेपाली कांग्रेसभित्र फेरि ठूलो विवाद, मधेश प्रदेशकी प्रदेश प्रमुख पदमुक्त, कर्मचारीमाथि कुटपिट|“टेरिफको विरोध गर्नेहरू मूर्ख हुन् ! प्रति व्यक्ति कम्तीमा २,००० डलर (धेरै उच्च आय भएका बाहेक) सबैलाई दिइनेछ।” – राष्ट्रपति डोनाल्ड ट्रम्प|Breaking News : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी, बीबीसीका न्यूज विभाग प्रमुख डेबराह टर्नेस र महानिर्देशक टिम डेवीले पदबाट राजीनामा|सरकारका ७ प्रमुख निर्णयहरू यस्ता, नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की नियुक्त|अमेरिकी संघीय सरकार बन्द (शटडाउन) अन्त्य हुने संकेत, ८ जना डेमोक्रेट सिनेटरहरूले पार्टी लाइन तोडेर रिपब्लिकनको पक्षमा मतदान गरे|ट्रम्पले आफ्ना सहयोगीहरू रुडी जुलिआनी, मार्क मेडोज, सिड्नी पॉवेल लगायतलाई “पूर्ण, सम्पूर्ण र बिना कुनै शर्त” क्षमादान दिए|के हाम्रो नेपाली समाज अहिले देखिएको वा देखाइएको जस्तो छ, त्यही नै हाम्रो वास्तविक अनुहार हो त ?|“अपराधी जहाँ भए पनि, कति शक्तिशाली भए पनि, अन्त्यमा सजाय पाउनेछन्।”

अवैध रूपमा अमेरिका प्रवेश गरेका नेपाली अमेरिकाबाट निष्कासन पोर्चुगल सरकारबाट अवैधरूपमा बसोबास गरिरहेका नेपालीहरूलाई देश छाड्न आदेश

  NepalMother.com | २६ जेष्ठ २०८२, आईतवार २२:३२

अमेरिकाबाट निष्कासनमा परेका थप ३७ नेपाली नागरिक आइतबार काठमाडौं आइपुगेका छन्। उनीहरूलाई चार्टर्ड विमानमार्फत् अमेरिकाबाट फर्काइएको हो। अमेरिकी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि अवतरण गरेको हो। अनुसार वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेका अनुसार, फर्काइएका नेपालीमध्ये ३२ जना पुरुष र ५ जना महिला छन्। पछिल्लोपटक राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकी सरकारले आप्रवासी नीति कडा बनाउँदै आएको छ। विशेष गरी भिसा प्रक्रिया पूरा नगरेका, भिसाको म्याद नाघेर बसेका वा अनुशासनहीन कार्यमा संलग्न व्यक्तिहरूलाई चिन्हित गरी नियन्त्रणमा लिएर उनीहरूको देश फिर्ता पठाउने क्रम तीव्र पारिएको छ।

ट्रम्प प्रशासनको यही कडाइका कारण सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्रै अमेरिकाले १४० जना नेपाली नागरिकलाई डिपोर्ट गरिसकेको छ। अध्यागमन विभागको तथ्यांकअनुसार, जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपालीलाई डिपोर्ट गरिएको हो। डिपोर्ट हुने नेपालीमध्ये अधिकांशले दलाललाई ठूलो रकम बुझाएर अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए भन्ने पाइएको छ। यसअघि पनि अमेरिकाबाट नेपालीहरूको निष्कासन हुँदै आएको थियो। विभागको तथ्यांकअनुसार, सन् २०२१ मा ३५, २०२२ मा २२, २०२३ मा २४ र २०२४ मा ५२ जना नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरेको थियो।

नेपाल फर्काइएका व्यक्तिहरूमाथि मानव बेचबिखन अनुसन्धान ब्युरोले प्रारम्भिक सोधपुछ गरेर उनीहरूलाई घर जान दिने गरेको छ। तर, दलाल वा तस्करविरुद्ध उजुरी परेमा मात्र विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढ्ने प्रचलन रहेको छ।

संयुक्त राज्य अमेरिकाबाट निष्कासनमा परेका ३७ नेपाली नागरिक आइतबार काठमाडौं फर्किएका छन्। तीमध्ये ३२ जना पुरुष र ५ जना महिला रहेका छन्। उनीहरूलाई अमेरिकाले विशेष चार्टर्ड विमानमार्फत नेपाल फिर्ता पठाएको हो। काठमाडौं ओर्लिएसँगै मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरूसँग प्रारम्भिक सोधपुछ गर्ने तयारी गरेको छ। ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, उनीहरूलाई विदेश लैजाने क्रममा संलग्न व्यक्तिहरूबारे सूचना लिनका लागि सोधपुछ गर्न लागिएको हो। उनले बताएअनुसार मानव तस्करीमा संलग्न गिरोहको पहिचान गर्न र अनुसन्धान अघि बढाउन त्यस्तो सूचना महत्वपूर्ण हुने विश्वास गरिएको छ। सोधपुछपछि आवश्यक परे ती व्यक्तिहरूलाई पुनः बोलाएर विस्तृत अनुसन्धान गरिने पनि जनाइएको छ।

तर, विगतका अनुभवले देखाएको छ कि निष्कासित भएर फर्किएका नेपालीहरूले आफूलाई अमेरिका पुर्‍याउने व्यक्तिको बारेमा सूचना दिन रुचि राख्दैनन्। ब्यूरोमा लामो समयदेखि कार्यरत एक अनुसन्धान अधिकारीका अनुसार, तस्करीमा संलग्न अधिकांश व्यक्ति पीडितका आफ्नै गाउँघरका चिनजानका हुने हुँदा उजुरी गर्न उनीहरू डराउँछन् वा हिच्किचाउँछन्। अझ कतिपय अवस्थामा त फेरि विदेश जान सकिन्छ भन्ने आश्वासनले उनीहरू चुप लाग्ने गर्छन्।

यो घटनासँग मिल्दोजुल्दो प्रकृतिको अर्को घटना २१ फागुन २०८१ मा देखिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि पहिलोपटक आठ नेपाली नागरिक चार्टर्ड विमानमार्फत नेपाल फर्काइएका थिए। तीमध्ये कसैले पनि आफूलाई तस्करीमार्फत अमेरिका पुर्‍याउने व्यक्तिको नाम खुलाएका थिएनन्। प्रहरीले राज्यसँग कुनै गुनासो छ कि भनेर सोध्दा पनि उनीहरूले केही गुनासो नरहेको जनाएका थिए। बरु ट्रम्पको कार्यकाल सकिएपछि फेरि अमेरिका जाने इच्छा व्यक्त गरेको प्रहरी अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार, ती आठ जना केही महिनाअघि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए। उनीहरूले ५० देखि ९० लाख रुपैयाँसम्म तिरेर मध्यपूर्व, युरोप र दक्षिण अमेरिकामार्फत लामो र जोखिमपूर्ण यात्रा गरेका थिए। जंगल, खोला र समुद्र पार गर्दै महिनौंको यात्रा गरेर अमेरिका पुगेका उनीहरू त्यहाँ पुगेको केही समयमै समातिएका थिए।

यसै सन्दर्भमा, आइतबार फर्काइएका नयाँ समूहबाट अनुसन्धानका लागि केही उपयोगी सूचना पाइन्छ कि भन्ने आशा गरिएको छ, तर ब्यूरोका अधिकारीहरू धेरै आशावादी भने देखिएका छैनन्। तर, कुनै एक क्लूको आधारमा लाखौं असुली गर्ने तस्करहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउने सम्भावना भने खुला रहने जनाइएको छ।

पोर्चुगल छाड्नुपर्ने आप्रवासीमा चौथौ ठूलो संख्यामा नेपाली

यसै बीच उता पोर्चुगल सरकारबाट अवैधरूपमा बसोबास गरिरहेका नेपालीहरूलाई देश छाड्न आदेश दिइएकोबारे त्यहाँस्थित नेपाली दूतावासले कुनै औपचारिक जानकारी नपाएको जनाएको छ। पोर्चुगलका एक मन्त्रीले गत साता सार्वजनिक रूपमा ३४ हजार आप्रवासीलाई देश छाड्न आदेश दिइएको घोषणा गरेका थिए, जसमा ३ हजार २७९ जना नेपाली पनि समावेश छन्। तर, यस्ता सूचना नेपाली दूतावासले मिडियामार्फत मात्रै थाहा पाएको बताइएको छ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार, सरकारको तर्फबाट दूतावासमा कुनै आधिकारिक सूचना आएको छैन। उनका अनुसार पोर्चुगल सरकारले अहिले बसोबासका लागि आवेदन दिएका तर अस्वीकार गरिएका आप्रवासीहरूलाई देश छाड्न भनेको हो। तीमध्ये कतिपयले झुटा वा अपूर्ण कागजात पेश गरेका थिए भने कतिपयको आवास अनुमति लामो समयदेखि अलपत्र थियो। त्यसैले वैध बन्न नसक्ने अवस्थामा पुगेकालाई देश छाड्न भनिएको राजदूत पौडेलले बताए।

देश छाड्न भनिएकामा नेपाली चौथो ठूलो समूहमा परेका छन्। सबैभन्दा धेरै १३ हजार ४६६ जना भारतीय, त्यसपछि ५ हजार ३८६ जना ब्राजिलियन, ३ हजार ७५० जना बंगालादेशी, त्यसपछि नेपालीहरूको संख्या परेको छ। त्यस्तै, ३ हजार ५ जना पाकिस्तानी, १ हजार ५४ जना अल्जेरियन, ६०३ जना मोरक्कन, २३६ जना कोलम्बियन, २३४ जना भेनेजुयली, १८० जना अर्जेन्टिनी र अन्य २ हजार ७९० जना अन्य मुलुकका रहेका छन्।

पोर्चुगलको एकीकरण, आप्रवासन र शरणार्थी एजेन्सी (AIMA) ले उनीहरूले दिएको बसोबाससम्बन्धी कागजात शंकास्पद ठहरेपछि ती आवेदनहरू खारेज गरिएका हुन्। यसपछि सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा पोर्चुगल छाड्न सूचना दिएको हो। पोर्चुगिज कानुनअनुसार, अवैध आप्रवासीलाई पहिला स्वेच्छिक रूपमा देश छाड्न समय दिइन्छ। सो अवधीभित्र देश नछाडेमा जबरजस्ती डिपोर्ट गरिने व्यवस्था छ।

पोर्चुगलका मन्त्री एन्टोनियो लिताओ अमारोले पत्रकार सम्मेलनमार्फत् ३४ हजार आप्रवासीको आवेदन खारेज भइसकेको र तीमध्ये करिब एक हजार जनालाई स्वेच्छिक रूपमा देश छाड्न सूचना दिइसकेको जानकारी दिएका थिए। अहिले पोर्चुगलमा करिब चार लाख ४६ हजार आप्रवासीले बसोबासका लागि आवेदन दिएका छन्। तीमध्ये १ लाख ५० हजारभन्दा बढीलाई स्वीकृति दिइएको छ भने १ लाख ६५ हजार आवेदन खारेज गरिएका छन्।

अनुमानअनुसार, पोर्चुगलमा हाल वैध तथा अवैध गरी ७० हजारभन्दा बढी नेपाली छन्। पछिल्लो समय आप्रवासनविरोधी चर्को अभियान चलाइरहेको दक्षिणपन्थी चेगा पार्टीको प्रभाव बढ्दै गएको छ। सो पार्टी आप्रवासीमाथि कठोर नीति अवलम्बन गर्नुपर्ने अडानमा रहेको छ र त्यही दबाबमा पोर्चुगलको कामचलाउ सरकारले यस्तो कदम चालेको हो।

देश छाड्न आदेश दिइएका आप्रवासीहरूलाई जुन महिनाको तेस्रो साताभित्र पोर्चुगल छाड्न भनिएको छ। नेपाली समुदायमा यसले चिन्ता र अन्योलता बढाएको छ भने नेपाली सरकारको औपचारिक प्रतिक्रिया आउन अझै बाँकी छ।


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।