Washington DC, US : March 3, 2026, Tuesday 02:14 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : इजरायलले इरानी शीर्ष नेतृत्व बस्ने क्षेत्रमा पुनः शक्तिशाली हवाई आक्रमण, ज्यान गुमाउने र घाइतेको संख्या बढ्दै|दक्षिण सुडानमा सशस्त्र समूहले दुर्गम गाउँमा आक्रमण गर्दा कम्तीमा १६९ जना मारिए, देश पुनः पूर्ण गृहयुद्धतर्फ धकेलिने खतरा|Breaking News : तेहरान र बेरुतमा आक्रमण जारी, मृतक संख्या ६०० नाघ्यो,अमेरिका, इजरायल र इरानबीचको तनाव झन् चुलिंदै|Breaking News : यो युद्ध “एक रातमै सम्पन्न हुने अपरेसन होइन”|इरानमा ५५५ जनाको मृत्यु, हजारौं घाइते, इजरायलमा १० जनाको मृत्यु र २०० भन्दा बढी घाइते, लेबनानमा ३१ जनाको मृत्यु, युक्त अरब इमिरेट्समा ३ जनाको मृत्यु भइसकेको पुष्टि|लेबनानको बेरुतमा इजरायली लडाकु विमानहरूले हवाई आक्रमण गरे|इरानी सैनिक, प्रहरीलाई ट्रम्पले भने “हतियार त्याग्नुहोस्, आत्मसमर्पण गर्नुस र पूर्ण उन्मुक्ति पाउनुहोस्, नत्र निश्चित मृत्युको सामना गर्नुहोस्”|यस्तै निर्णय जन्मसिद्ध नागरिकता सम्बन्धी आफ्नो कार्यकारी आदेशविरुद्ध आए चीनलाई फाइदा पुग्ने चेतावनी|Breaking News : अमेरिका–इजरायलद्वारा इरानमा गरिएको संयुक्त सैन्य आक्रमणका क्रममा अहिले त्यहाँ के के भइरहेको छ ?|सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको इरानद्वारा पुष्टि

राजावादी प्रदर्शन, एमालेको शक्ति प्रदर्शन र सरकारको सुरक्षा तयारी बीचको त्रिकोणीय तनाव, स्थिति मुठभेडसम्म पुग्न सक्छ !

  NepalMother.com | १४ जेष्ठ २०८२, मंगलवार १०:१५

काठमाडौं — राजावादी शक्तिहरूले १५ जेठदेखि काठमाडौंमा अनिश्चितकालीन आन्दोलनको घोषणा गरिरहेका छन्, तर उनीहरूले अहिलेसम्म प्रशासनसँग अनुमति मागेका छैनन्। उनीहरूको भनाइअनुसार यो कार्यक्रम कुनै साधारण सभा नभएर “विद्रोह” हो, जसका लागि कुनै पूर्वस्वीकृति वा ठाउँको आवश्यकतासमेत नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्।

तर, सरकार यसलाई सामान्य रूपमा लिएको छैन। उच्च सरकारी स्रोतका अनुसार, व्यवस्था उल्ट्याउने उदेश्यले हुने प्रदर्शनका लागि स्थान तोक्ने तयारी छैन। स्रोत भन्छ, “यस्ता आन्दोलनलाई स्थान दिएर व्यवस्थाविरुद्ध प्रदर्शन गर्न प्रोत्साहन गर्नु उपयुक्त हुँदैन।”

यसैकारण राजावादीहरूले पनि अहिलेसम्म औपचारिक रूपमा प्रदर्शनका लागि प्रशासनसँग अनुमति मागेका छैनन्। तर, अनुमति बिना गरिएको र अराजक ढंगले हिंसात्मक रूप लिएको खण्डमा सुरक्षाकर्मीले कडा प्रतिक्रिया जनाउने संकेत दिइएको छ। सुरक्षा विज्ञहरू चेतावनी दिन्छन्— यस्तो अवस्थामा स्थिति मुठभेडसम्म पुग्न सक्छ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले थपिएको तनाव

१५ जेठको दिन एमालेले पनि शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा भनेका छन्, “१५ जेठको ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा एमालेको नियन्त्रण हुनुपर्छ।” यस्तो अभिव्यक्तिले सुरक्षा निकायहरूलाई अन्योलमा पारेको छ। यसलाई मानव अधिकार आयोग, सत्तारूढ दलका नेताहरू र विपक्षी दल राप्रपाले समेत आलोचना गरेका छन्।

राजावादी नेताहरूले प्रधानमन्त्री ओलीको भनाइलाई आन्दोलन भड्काउने प्रयास भनेका छन्। राप्रपा अध्यक्ष लिङ्देनले त प्रधानमन्त्रीकै राजीनामा मागेका छन्।

सुरक्षाको कडा तयारी, तर अन्योल कायमै

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका अनुसार, १५ जेठको प्रदर्शन लक्षित सुरक्षा तयारी चुस्त बनाइएको छ। “कुनै जनधनको क्षति हुन दिइने छैन,” उनले भने।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले पनि परिस्थिति अनुसारको सुरक्षा रणनीति बनाइएको बताएका छन्। तर, दुवै पक्ष— राजावादी र एमाले—ले औपचारिक रूपमा प्रदर्शनको जानकारी नदिएपछि प्रहरीले आफैंले विश्लेषण गर्दै तयारी गरिरहेको छ।

त्रासदीको स्मरण : तीनकुने प्रदर्शन

राजावादीले आयोजना गरेको पछिल्लो तीनकुने प्रदर्शन हिंसात्मक बनेको थियो। त्यहाँ प्रदर्शनकारीहरूले घर, सवारीसाधनमा आगजनी गरे, पत्रकार र एक प्रदर्शनकारीको ज्यान गयो, २० भन्दा बढी घाइते भए। प्रहरी र प्रशासनबीच समन्वय नहुँदा ठूलो सुरक्षात्मक चुक भएको थियो।

सुरक्षा विज्ञहरूको सुझाव : समन्वय र नियन्त्रण

सशस्त्र प्रहरीका पूर्वडीआईजी माधव थापा भन्छन्— “दुई पक्ष एकै ठाउँमा प्रदर्शन गर्दा अवस्था जटिल हुन सक्छ। भिडलाई छुट्याएर, उच्छृङ्खल गतिविधिमा संलग्नलाई तत्काल नियन्त्रणमा लिनु आवश्यक छ।”

उनले कमान्ड पोस्ट खडा गरेर सीडीओ, प्रहरी, सशस्त्र सबैलाई एउटै छातामुनि ल्याई तत्काल निर्णय गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएका छन्। यदि पुनः भिड हिंसात्मक बन्दा गोली चलाउनुपर्ने अवस्था आयो भने तत्काल निर्णय गर्न सक्ने संयन्त्र आवश्यक छ।

प्रधानमन्त्री ओलीले बहिष्कार गरे मानव अधिकार आयोगको कार्यक्रम !

यसै बीच यता प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय मानवअधिकार आयोगको २५औँ वार्षिकोत्सव कार्यक्रममा अनुपस्थित भएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रमुख अतिथिका रूपमा सम्बोधनका लागि समेत निम्तो पाएका प्रधानमन्त्री ओली अन्तिम समयमा कार्यक्रममा उपस्थित नहुने जानकारी दिइएको बताइएको छ । आयोगले साढे ११ बजे प्रधानमन्त्री ओलीको पुग्नेगरी कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थापन गरेको भएपनि कार्यक्रम सुरु भएपछि प्रधानमन्त्री नआउने पनि जानकारी नगराइएको थियो ।

कार्यक्रममा सरकारका मुख्य सचिव, सचिवहरूको उपस्थिति रहने गरी कार्यक्रम तय गरिएको थियो । सरकारका उच्च पदस्थ व्यक्ति कोही पनि उपस्थित भएनन् । आयोगले वर्षेनी प्रधानमन्त्रीकै उपस्थितिमा वार्षिकोत्सव मनाउने गरेकोमा यो पटक उपस्थित नभएपछि आयोगले सोमबार निकालेर प्रधानमन्त्री ओलीलाई उत्तेजित गराउने अभिव्यक्ति नदिने दिएको चेतावनीका कारण उनी रिसाएको विश्लेषण गरिएको छ । प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्रीको व्यस्त तालिका भएकाले जान नसकेको बताएको छ ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते एमालेका कार्यकर्तालाई काठमाडौँ कब्जा गर्नुपर्ने निर्देशन दिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्तो नगर्न भनेको थियो ।

आयोगले भनेको थियो- ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।