Washington DC, US : January 30, 2026, Friday 11:26 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

ट्रम्पले ९० मिनेटसम्म पुटिनसँग युक्रेन युद्ध अन्त्य गर्ने विषयमा बार्ता गरे पछि युद्धविराम सम्झौतामा सहमति

  NepalMother.com | ४ चैत्र २०८१, मंगलवार १५:०२

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार कम्तीमा ९० मिनेटसम्म रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कुराकानी गरेका छन्, ह्वाइट हाउसले उक्त कुराको पुस्टि गरेको छ । दुबै नेताहरूले “मध्यपूर्वमा तत्काल शान्ति वार्ता सुरु गर्ने” सहमति गरेको ह्वाइट हाउसले जनाएको छ । दुवै पक्षले ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने युद्धविराम सम्झौतामा सहमति भएको स्पस्ट पारेका छन ।

ह्वाइट हाउसका प्रवक्ता ड्यान स्काभिनोका अनुसार, यो वार्ता बिहान १०:०० सुरु भएको थियो। करिब १२:५२ बजे ह्वाइट हाउसले वार्ता समाप्त भएको जनाएको थियो, तर दुबै नेताले ठीक कुन समयमा फोन राखे भन्ने कुरा सुरुमा खुलाइएको थिएन।

वार्तापछि जारी गरिएको ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, “आज राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनले युक्रेन युद्धमा शान्ति र युद्धविरामको आवश्यकताबारे छलफल गरे। दुबै नेताहरूले यो द्वन्द्वलाई स्थायी शान्तिका माध्यमबाट अन्त्य गर्नुपर्ने कुरामा सहमति जनाए।”

विज्ञप्तिमा थप भनिएको छ, “संयुक्त राज्य अमेरिका र रसियाबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकतामा दुबै नेता सहमत भए। युक्रेन र रसियाले यो युद्धमा खर्च गरिरहेको जनशक्ति र स्रोत उनीहरूकै जनताको आवश्यकतामा खर्च गर्नु उचित हुनेछ।”

“यो द्वन्द्व कहिल्यै सुरु हुनुहुँदैनथ्यो र ईमानदार तथा सद्भावनापूर्ण शान्ति प्रयासहरूबाट धेरै पहिले नै अन्त्य हुनु आवश्यक थियो। दुबै नेताहरूले ऊर्जा तथा पूर्वाधार युद्धविरामबाट शान्ति प्रक्रिया सुरु गर्ने, कालो सागरमा समुद्री युद्धविरामको लागि प्राविधिक वार्ता गर्ने, पूर्ण युद्धविराम लागू गर्ने र स्थायी शान्ति स्थापनाका लागि प्रक्रिया अघि बढाउने सहमति जनाएका छन्। यी वार्ताहरू मध्यपूर्वमा तत्काल सुरु गरिनेछ।”

ह्वाइट हाउसका अनुसार, “दुबै नेताहरूले मध्यपूर्वलाई भविष्यमा हुन सक्ने द्वन्द्व रोक्नका लागि सहकार्य गर्न सकिने क्षेत्रको रूपमा व्यापक रूपमा छलफल गरे। उनीहरूले रणनीतिक हतियारहरूको प्रसार रोक्न आवश्यकताबारे छलफल गरे र यसको सबैभन्दा व्यापक रोकथाम सुनिश्चित गर्न अन्य पक्षहरूसँग संलग्न हुने प्रतिज्ञा गरे।”

ह्वाइट हाउसले थप भन्यो, “दुबै नेताहरूले इरान कहिल्यै पनि इजरायललाई नष्ट गर्नसक्ने अवस्थामा रहनु हुँदैन भन्ने साझा दृष्टिकोण व्यक्त गरे। साथै, अमेरिका-रसिया सम्बन्ध सुधारिएको भविष्यले ठूला आर्थिक अवसरहरू र शान्ति प्राप्त भएपछि भू-राजनीतिक स्थायित्व ल्याउने ठूलो सम्भावना रहेकोमा सहमति जनाइयो।”

रूसको सरकारी सञ्चारमाध्यम TASS का अनुसार, वार्ताका क्रममा पुटिनले युक्रेनलाई दिइँदै आएको सबै प्रकारको सैन्य सहायता पूर्ण रूपमा रोक्नु नै युद्ध अन्त्यको प्रमुख सर्त रहेको बताएका छन्।

TASS ले ट्रम्पको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न ३०-दिनको आपसी युद्धविराम प्रस्तावलाई पुटिनले समर्थन गरेको र सोहीअनुसार आफ्नो सेनालाई आदेश दिएको उल्लेख गरेको छ। साथै, रूसले गम्भीर घाइते भएका २३ जना युक्रेनी सैनिकहरूलाई कीभ फर्काउने निर्णय गरेको छ, जसलाई सद्भावनाको संकेतका रूपमा हेरिएको छ।
वार्तापछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिका केही प्रमुख बुँदा यस्ता छन्ः

ट्रम्प र पुटिनबीच युक्रेन युद्धमा अब “शान्तिको आवश्यकता र युद्धविराम” का विषयमा कुराकानी भयो र युद्धको अन्त्य “दिगो शान्ति” सहित हुनु पर्नेमा सहमति भयो।

दुवैजनाले अमेरिकी रुस सम्बन्धमा सुधार हुनु पर्ने आवश्यकतामा पनि जोड दिए।

दुवै नेताबीच “शान्ति हासिल गर्ने गतिविधि तर्फको बाटो” उर्जा र पूर्वधारका संरचनाहरूमा युद्धविरामबाट आरम्भ हुने कुरामा सहमति भयो। साथै ब्ल्याक सीमा समुद्री आवागमनमा पनि युद्धविराम लागु गर्ने वार्ता पनि सुरु हुनु पर्ने सहमित भयो।

दुवै राष्ट्रपतिबीच मध्यपूर्वको विषयमा पनि त्यस क्षेत्र “भविष्यमा हुनसक्ने द्वन्द्वहरू रोक्नका लागि सम्भावित सहकार्यको क्षेत्र” भएको भन्नेमा पनि कुराकानी भयो।

“रणनीतिक अस्त्रहरूको विस्तारलाई रोक्नु पर्ने ” आवश्यकताका बारेमा पनि छलफल भयो।

र दुवै नेताले “इजरेललाई नष्ट गर्नसक्ने अवस्थामा इरानलाई कहिल्यै पनि पुग्न दिन नहुने साझा धारणा” पनि बन्यो।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।