Washington DC, US : April 1, 2025, Tuesday 07:25 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

कविता : “बा” शहरकाहरू

  NepalMother.com | २ चैत्र २०८१, आईतवार १८:१६

छन्दः शार्दूलविक्रीडित
-स्पन्दन विनोद

केरा पालन गर्न थाल मनुवा, के हुन्छ खेती गरि
बाख्रा रोप र नस्ल पालन गरौँ, डाडा र पाखा भरि
चढ्दा त्यो रुख लड्दछौ मरिचका, हुन्छन् बडेमा ठुला
भ्या भ्या गर्न नछोड “बा” शहरका, हे कार्यकर्ता मुला ॥
मुर्राले अब पाउँछन् सपुत लौ, खाऊ बिगौँती बसी
नक्सा पास गरेर भारत खुसी, चुच्चो हरायो कति
भेडा रोप र भ्रष्ट पालन गरौँ, भ्रष्टे बुढाका कुरा
भ्या भ्या गर्न नछोड “बा” शहरका, हे कार्यकर्ता मुला ॥
आँखा छैन र कान बन्द गरि ऊ, मस्तै निदायो सधैँ
राजा आउँछ भन्दछन् जनहरू, हाँस्दैछ ऊ लाजमै
होला दण्ड र के मरेपछि उही, जल्लाद जल्ला कता
भ्या भ्या गर्न नछोड “बा” शहरका, हे कार्यकर्ता मुला ॥
लुट्ने मात्र छ कूटनीति छ कहाँ, लाजै लजायो सखे
कोही छैन कि मर्द यो मुलुकमा, पालो कुरेरै बसे
डुब्दै देश छ जोक भन्छ सहजै, हाँस्छन् तिनैका ठुटा
भ्या भ्या गर्न नछोड “बा” शहरका, हे कार्यकर्ता मुला ॥
हेर्दै विश्व छ जिल्ल पर्छ अहिले, कस्तो भयो हालत
टुक्के बा अब मृत्युको मुख पुग्यौ, बिर्स्यौ बुटो के रुख
के गर्छस् सुविधा अझै छ सुविधा, थप्दै तलाका तला
भ्या भ्या गर्न नछोड “बा” शहरका, हे कार्यकर्ता मुला ॥

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।