“नेता” रे !
के बोलेको हो ??
कति बोलेको हो ??
यता, उता पनि कति गरेको हो ??
हिजो के बोलेँ ? आज के बोल्दै छु ?,
“हेक्का” तिम्रो मरेको हो ????
“थुतुनो” तल सम्मै झरेको हो ????
लाज शरम पनि कति मरेको हो ?!
छि छि छि !!!!!!
ऐनामा हेर त आफूलाई,
आफैले सोध त आफूलाई,
तिम्रा हिजोका “बान्ता” र बोलीहरू,
तिमीले भुल्न सक्छौ महासय,
तर अरूले भुलेका छैनन् क्यारे !
तिम्रा सस्ता भाषण, तिम्रा उत्तेजना,
सामाजिक सञ्जालमा छन् त जताततै !!
हेर अहिले पनि, मेटिने छैनन् कहिलै पनि !
पल्टाएर हेर त पानाहरू,
लाज शरम नभएका तिमीहरू,
बोलीको ठेगान नभएका तिमीहरू,
“थुतुनो” सम्हाल्न नसक्ने तिमीहरू,
पद र पावरमा बिक्ने तिमीहरू,
नक्कली “माल” भन्दा “सस्ता” तिमीहरू
आज यता, भोलि कता ? कस्ता तिमीहरू !!
तिम्रो नैतिकता, आदर्श, सिद्धान्त हरूले,
आत्मदाह गर्न केही बाँकी छ र ??
कसरी बोल्न सक्छौ हो तिमीहरू ??
कुन मुख ले बोल्न सक्छौ हो तिमीहरू ??
ए “स्वघोषित” नेता !
तिमी नेता ????
अब फेरि भोलि जान्छौ कता ????
त्यो “थुतुनो” ले जनता लाई यो पनि बता !
ए स्वघोषित नेता,
तिमी नेता ????
अब फेरि भोलि जान्छौ कता ????
त्यो “थुतुनो” ले जनता लाई यो पनि बता !
यस्ताका पछाडी लाग्नेहरु पुग्लान कता ??!!
Note: केही अशल नेताहरु लाई छाडेर अहिलेका अधिकांश “स्वघोषित” नेता र त्यो प्रबृत्ति देख्दा वाक्क दिक्क भएका बेला जन्मिएको कविता हो यो । त्यसरी बुझी दिनुहोला ।
प्रतिक्रिया