Washington DC, US : January 30, 2026, Friday 11:24 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ” - न्यायाधीश हरिप्रसाद फुयाल - सर्वोच्च अदालत

  NepalMother.com | १० फाल्गुन २०८१, शनिबार १०:२८

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल

ले नेपालका अदालती प्रक्रियाहरु पनि छिटै अनलाइन प्रणालीबाट टुंगो लगाउने बताउनुभएको छ । नेपाल चाइना लिगल कोअप्रेशन फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय पहिला आफू चीन भ्रमणमा गएको र त्यसताका चिनियाँ सर्वोच्च अदालतसहित केही अदालतहरुको अवलोकन गर्ने क्रममा अदालतमा सबै प्रक्रियाहरु अनलाइन प्रणालीबाट सम्पन्न हुने गरेको पाएको बताउनु भयो । उहाँले भारतमा पनि अदालतका कारबाहीहरु अनलाइनबाट हुने गरेको भन्दै नेपालमा पनि केही शुरु भएको तर पूर्ण रुपमा हुन नसकेको बताउनु भयो । अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने उहाँको दाबी छ । चीन र भारतबाट यसबारे अझ विस्तृत रुपमा अध्ययन गरेर नेपालमा अदालती प्रक्रियालाई अनलाइन प्रणालीबाट प्रभावकारी व्यवस्थापन गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘म चीन भ्रमणमा जाँदा त्यहाँका अदालतहरु अवलोकन गर्ने मौका पाएको थिएँ । जसमा अदालतमा मान्छेहरु थिएनन् । मोबाइलबाट क्लाइन्टहरुले सर्भिस दिँदा रहेछन् । सूचनाहरु लिँदा रहेछन् । सबै इन्टरनेट र अनलाइनबाट त्यहाँको अदालती कारबाही हुँदो रहेछ । मैले इन्टरमिडिएट कोर्टमा एउटा सेसन हेरेँ, जज अगाडि बस्नुभएको थियो । वकीलहरु कम्प्युटर अगाडि लिएर जजसँग सँगसँगै कम्प्युटरमा काम गरिरहनुभएको थियो । बहस भन्दा पनि टेक्निकल भेरिफिकेसन्स । मुद्दाको विषयवस्तुसँग भेरिफिकेसन खालको कुराहरु उहाँहरुको बीचमा हुने रहेछ । मैले त्यहाँको सर्वोच्च अदालतको सबै डेटा कन्ट्रोल रुम हेर्ने मौका प्राप्त गरेँ । सबै अनलाइन प्रणालीमा गइसकेको रहेछ । हाम्रो लागि यो निकै महत्वपूर्ण हो । हाम्रो छिमेकी देश भारत पनि लगभग त्यो ठाउँमा पुगिसकेको छ । हामी भर्खर भर्खर स्क्यानिङ गर्न थालेका छौँ । केही केही अनलाइन सिस्टमका फाइलहरु डकुमेण्टहरु गर्न थालेका छौँ । चीन र भारतले गरेको यो प्रगति केही वर्षभित्र हामी त्यो अवस्थामा पुग्नेछौँ ।’

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अरु देशहरुको कानूनी प्रक्रियाबारे जानकारी नलिइकन नेपालमा पनि कानूनी पद्धतिमा निखार आउन नसक्ने बताउनु भयो । उहाँले एकनासे कानून पद्धति कार्यान्वयन गरिरहन नसकिने बताउनु भयो । जति छ त्यत्तिमै सिमित हुनुपर्छ र यही विशेषता हो भन्नु जिद्दी मात्रै हुने बताउनु भयो । कुनैपनि देशको कानून आफूभित्रबाट मात्रै जन्मिएको र त्यहीँ हुर्किएको र त्यहीँ टुंगिएको भन्ने नभएको बतउनु भयो । एक अर्काबाट पद्धतिगत अवलोकन भ्रमण गरेर त्यसको यथार्थताको बारेमा जानकारी लिनु राम्रो रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अरु धेरै मुलुकसँग हामीले अन्तरक्रिया गरे बेगर उनीहरुको अनुभवबाट आफूलाई इंगरेज गरे बेगर हाम्रो कानून पद्धतिमा निखार आउन सक्दैन । योबलियो हुन सक्दैन । यसले जरो र हाँगा पनि पक्रन सक्दैन । हामी एकनासे कानून पद्धति कार्यान्वयन गरिरहन सक्दैनौँ । यो भन्दा अगाडि पनि हाम्रो अनुभव छ । जापानी सहायतामा पनि जापानी लिगल ट्रेडिशनको बारेमा हामीले केही अन्तरक्रियाहरु गर्ने गरेका छौँ । कानून पद्धति एकनासे हुँदैन । हामी जति छौँ त्यत्तिमै सिमित हुनुपर्छ, त्यही नै हाम्रो विशेषता हो भन्नु भनेको जिद्दि गर्नु हो । कुनैपनि देशको कानून आफूभित्रबाट मात्रै जन्मिएको र त्यहीँ हुर्किएको र त्यहीँ टुंगिएको छैन । हामीले के अफ्ठ्यारो मान्नुपर्दैन भने हामीले एक अर्काबाट पद्धतिगत अवलोकन भ्रमण गरेर त्यसको रियालिटीको बारेमा जानकारी पाउँदा राम्रै हुन्छ ।’

उहाँले कानूनहरु स्थानीय हुने तर त्यसका सिद्धान्त, दर्शन, अभ्यासहरु एक अर्काबाट सिकेर फेरि बिस्तारित र विकसित गर्न जरुरी हुने बताउनु भयो । लिगल कोअप्रेशनको अभ्यास महत्वपूर्ण आयाम भएको जिकिर गर्नुभयो । —NAN

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।