Washington DC, US : November 11, 2025, Tuesday 12:20 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नाइजेरिया भीषण भिडन्तमा करिब २०० लडाकु मारिए|Breaking News : नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते|नेपालका आजका ३ समाचार : नेपाली कांग्रेसभित्र फेरि ठूलो विवाद, मधेश प्रदेशकी प्रदेश प्रमुख पदमुक्त, कर्मचारीमाथि कुटपिट|“टेरिफको विरोध गर्नेहरू मूर्ख हुन् ! प्रति व्यक्ति कम्तीमा २,००० डलर (धेरै उच्च आय भएका बाहेक) सबैलाई दिइनेछ।” – राष्ट्रपति डोनाल्ड ट्रम्प|Breaking News : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी, बीबीसीका न्यूज विभाग प्रमुख डेबराह टर्नेस र महानिर्देशक टिम डेवीले पदबाट राजीनामा|सरकारका ७ प्रमुख निर्णयहरू यस्ता, नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की नियुक्त|अमेरिकी संघीय सरकार बन्द (शटडाउन) अन्त्य हुने संकेत, ८ जना डेमोक्रेट सिनेटरहरूले पार्टी लाइन तोडेर रिपब्लिकनको पक्षमा मतदान गरे|ट्रम्पले आफ्ना सहयोगीहरू रुडी जुलिआनी, मार्क मेडोज, सिड्नी पॉवेल लगायतलाई “पूर्ण, सम्पूर्ण र बिना कुनै शर्त” क्षमादान दिए|के हाम्रो नेपाली समाज अहिले देखिएको वा देखाइएको जस्तो छ, त्यही नै हाम्रो वास्तविक अनुहार हो त ?|“अपराधी जहाँ भए पनि, कति शक्तिशाली भए पनि, अन्त्यमा सजाय पाउनेछन्।”

रवि लामिछाने सहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोजन मुद्दा दर्ता लामिछानेविरुद्ध चार करोड १५ लाख बढी र पूर्व-डिआइजी जोशीविरुद्ध चार करोड २७ लाख बढी बिगो माग दाबी

  NepalMother.com | ६ माघ २०८१, आईतवार २१:०४

रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने र पूर्व-डिआइजी छविलाल जोशी (बन्जाडे) विरुद्ध जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोजन मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आइतबार रवि, छवि लगायतका २२ जनाविरुद्ध संगठित रूपमा सहकारी ठगीको कसुरअन्तर्गत पूरक मुद्दा दर्ता गरेको हो ।

सुप्रिम ठगी प्रकरणमा गोर्खा मिडियामार्फत जोडिएका पूर्व-गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध चार करोड १५ लाख बढी र पूर्व-डिआइजी जोशीविरुद्ध चार करोड २७ लाख बढी बिगो माग दाबी सहितको अभियोग पत्र सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बुझाइएको बताइएको छ । यस्तै, सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत दुई करोड ८८ लाख १४ हजार र सामूहिक दुई करोड सात लाख ९४ हजार गरी चार करोड ९६ लाख आठ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ । मुद्दा दर्ता प्रक्रिया अगाडि बढेसँगै लामिछाने थुनछेक बहसका लागि आफ्नो तर्फका कानुन व्यवसायीसहित रुपन्देही आउने तयारीमा रहेको रास्वपा स्रोतले बताएको छ ।

बुटवलको सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताले सहकारीमा जम्मा गरेको ठूलो रकम हिनामिना गरेको भन्दै सहकारीका संरक्षक गितेन्द्रबाबु (जिबी) राई, अध्यक्ष ओमप्रकाश गुरुङ, सहितका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूविरुद्ध २०७९ सालको चैतमै प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि सुरु भएको प्रहरीको छानविन अनुसन्धानले सर्वसाधारणबाट जम्मा गरेको एक अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समूहले अपचलन गरेको खुलेको थियो ।

यसअघि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अदालतमा पूरक मुद्दा लैजान नसकेको जनाएको थियो । आइतबार भने कार्यालय खुलेपछि लामिछाने र जोशी लगायतको मुद्दा अदालतमा लगिएको हो ।

किन पर्‍यो पूरक मुद्दा ?
गत वैशाखमै जिबी सहितका २८ जनाविरुद्ध जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दर्ता भएको थियो । ती २८ जनामध्ये सहकारीका संरक्षक जिबी राई, अध्यक्ष ओमप्रकाश गुरुङ सहितका १७ जना सञ्चालक तथा कर्मचारीविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा दर्ता भएको हो । बाँकी ११ जनाविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा चलेको हो ।
अनुसन्धानकै क्रममा जिबी, छवि र रवि संलग्न रहेको गोर्खा मिडिया नेटवर्कमा मात्रै सुप्रिमबाट १४ करोड रुपैयाँ गएको पाइएपछि प्रहरीले पूरक अनुसन्धान अगाडि बढाएको थियो । जसमा रवि, छवि लगायतका थप १४ जनालाई प्रतिवादी बनाइएको थियो । प्रहरीले दोस्रोपटक गरेको पूरक अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताका लागि पूरक अभियोग पत्र जिल्ला अदालतलाई बुझाएको हो ।

त्यसो त यसअघि सुप्रिम सहकारी ठगी प्रकरणमा गत शुक्रबार जिबी राई सहितका १७ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा थप अभियोजन मुद्दा दर्ता भइसकेको छ । सहकारीका संरक्षक गितेन्द्रबाबु राई (जिबी), अध्यक्ष ओमप्रकाश गुरुङ, कुमार रम्तेल सहितका १७ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता भएको हो । सुप्रिम ठगी प्रकरणमा थप र पूरक गरी ४२ जनाविरुद्ध मुद्दा चल्नेछ । ती ४२ जनाबाट एक अर्ब १२ करोडको रुपैयाँ माग दाबी गरिएको बताइएको छ ।

प्रहरी कार्यालयको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलद्वारा पूरक अभियोजन
यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते नै लामिछाने सहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र तयार गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा लैजान लागेको २५६ पृष्ठको पूरक अभियोग पत्रमा लामिछाने र जोशी दुवै जनालाई सहकारी ठगी र संगठित अपराध कसुरको कारबाहीसहित चार करोडभन्दा बढीको बिगो माग गरिएको छ ।
यसअघि लामिछाने र जोशीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पोखरा र काठमाडौंमा अभियोग दर्ता भएको थियो । सहकारी ठगी अभियोगमा गत कात्तिक २ गते कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने अदालतको आदेशपछि ६५ लाख धरौटी बुझाएर पुस २६ गते हिरासतमुक्त भएका थिए । जोशी भने ८८ लाख धरौटीमा रिहा भएका थिए ।

त्यसलगत्तै, लामिछाने जिल्ला अदालत काठमाडौंमा पनि उपस्थित भएर ६० लाख धरौटीमा हिरासत मुक्त भइसकेका छन् भने जोशी काठमाडौं अदालतमा अझै उपस्थित भएका छैनन् । रुपन्देहीमा पूरक अभियोग पत्र दायर भएपछि लामिछाने र जोशीलाई रुपन्देही ल्याइनेछ । त्यसपछि चितवनको साहारा र पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि उनीहरू दुवै जनाविरुद्ध मुद्दा चलाउने तयारी छ । – यज्ञराज पाण्डे


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।