Washington DC, US : July 21, 2026, Tuesday 12:33 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|भूमिगत गिरोह बालेन युगमा भने साँच्चिकै सक्रिय !|ट्रम्पको नयाँ व्यापारिक प्रहार : क्यानडाका अधिकांश वस्तुमा ५० प्रतिशत आयात शुल्क|अमेरिकी सेना थप सुदृढ, मध्यपूर्वमा तनाव उच्च बिन्दुमा|Breaking News : संसद घेराउको प्रयास, दिल्ली तनावग्रस्त|नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा|अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, ९ प्रमुख राजमार्ग पूर्ण वा आंशिक रूपमा अवरुद्ध|एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री|स्पेन विश्व विजेता, अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रोपटक जित्यो फिफा विश्वकप|अमेरिकाद्वारा इरानमाथि लगातार आठौँ रात हवाई आक्रमण|चितवनमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते, मुग्लिङ नारायणगढ सडक केहीबेर अवरुद्ध

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, ९ प्रमुख राजमार्ग पूर्ण वा आंशिक रूपमा अवरुद्ध वर्षा अझै जारी रहेकाले थप पहिरो र बाढीको जोखिम उच्च रहेको भन्दै अनावश्यक यात्रा नगर्न र अत्यावश्यक यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न आग्रह गरिएको छ।

  NepalMother.com | ४ श्रावण २०८३, सोमबार ०३:००

काठमाडौं, साउन ४ । देशभर निरन्तर भइरहेको वर्षाका कारण पहिरो, बाढी र सडक कटानको समस्या बढ्दै जाँदा कम्तीमा ९ वटा प्रमुख राजमार्ग प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ। यसले यात्रु तथा मालवाहक सवारीसाधनको आवागमनमा ठूलो असर परेको छ।

नेपाल प्रहरीका अनुसार सबैभन्दा बढी प्रभाव कोशीबागमती प्रदेशका राजमार्गमा परेको छ। वर्षा अझै जारी रहेकाले थप पहिरो र बाढीको जोखिम उच्च रहेको भन्दै अनावश्यक यात्रा नगर्न र अत्यावश्यक यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न आग्रह गरिएको छ।

कोशी प्रदेशमा चार प्रमुख सडक प्रभावित

कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण अहिले एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

त्यस्तै इलाम नगरपालिका–९ राजदुवालीपाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोला क्षेत्रमा आएको पहिरोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा पहिरो खस्दा दिक्तेल–भोजपुर सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

बागमती प्रदेशका मुख्य राजमार्गमा उच्च जोखिम

बागमती प्रदेशमा लगातारको वर्षासँगै नदीको बहाव बढेपछि बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालन अस्थायी रूपमा रोकिएको छ।

त्यसैगरी काठमाडौं–हेटौंडा कान्ति लोकपथमा पनि बाढी तथा पहिरोको जोखिम उच्च देखिएपछि अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सवारी सञ्चालन बन्द गरिएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला तथा कोदारी क्षेत्रमा खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। चीनसँगको प्रमुख व्यापारिक मार्ग भएकाले यसको अवरोधले ढुवानी व्यवस्थामा समेत असर पर्ने देखिएको छ।

रसुवा र पृथ्वी राजमार्ग पनि प्रभावित

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डा क्षेत्रमा रहेको पासाङल्हामु राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

उता चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ क्षेत्रमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। यसले काठमाडौं–पोखरा तथा पश्चिम नेपालतर्फको आवागमन प्रभावित बनेको छ।

त्यसैगरी धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा रहे पनि जवाङखोला क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

सतर्क रहन आग्रह

नेपाल प्रहरीले वर्षा अझै जारी रहेकाले थप पहिरो, बाढी र सडक कटान हुन सक्ने जोखिम रहेको जनाएको छ। यात्रुहरूलाई यात्रा अघि सडकको वास्तविक अवस्था बुझ्न, मौसमको जानकारी लिन तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले पनि देशका धेरै स्थानमा अझै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र पहिरोको जोखिम भएका क्षेत्रमा उच्च सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।

May be an image of text

May be an image of text

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor