Washington DC, US : May 26, 2026, Tuesday 07:38 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ आवेदन प्रक्रियामा ठूलो परिवर्तन गर्दै नयाँ कडा नियम लागू|नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित|cartoon|ट्रम्प जुनियरको विवाह समारोहमा सहभागी हुने कि नहुने भन्ने दुविधामा डोनाल्ड ट्रम्प|लगातार तीन आर्थिक वर्षसम्म स्थिर रहेको सरकारी कर्मचारीको तलब अब बढ्ने संकेत|अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले युरोपमा अमेरिकी सैनिक तैनाथीबारे सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्ने प्रयास|अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशकको जिम्मेवारी सम्हालिरहेकी तुलसी ग्याबार्डले पदबाट राजीनामा दिने घोषणा|डोनाल्ड ट्रम्प ले इरानविरुद्ध युद्धसम्बन्धी अधिकार प्रयोग गरिरहेको विषयमा अमेरिकी सिनेटमा ठूलो राजनीतिक चुनौती|चीनको राजधानी बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ बाहिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लाई दिइएको स्वागत समारोह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई केही दिनअघि गरिएको भव्य स्वागतसँग लगभग उस्तै|प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तराष्ट्रिय पत्रकार महासंघ, अमेरिका – Federation of International Journalist America (FIJA) को सन्देश

  NepalMother.com | २१ बैशाख २०८३, सोमबार ०७:०८

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा Federation of International Journalists America (FIJA) ले विश्वभर प्रेस स्वतन्त्रताको अवस्था चिन्ताजनक बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

संस्थाले जारी गरेको सन्देशमा मे ३ लाई स्वतन्त्र अभिव्यक्ति, सत्यको खोजी र जिम्मेवार पत्रकारिताप्रति पुनः प्रतिबद्ध हुने दिनका रूपमा उल्लेख गर्दै पत्रकारिता क्षेत्रमाथि बढ्दो चुनौतीप्रति चिन्ता व्यक्त गरेको हो।

United Nations द्वारा सन् १९९३ मा घोषणा गरिएको विश्व प्रेस स्वतन्त्रता दिवसले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारहरूको योगदानको सम्मान गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै FIJA ले यस वर्षको नारा “शान्तिपूर्ण भविष्य निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता” विशेष सान्दर्भिक रहेको जनाएको छ।

संस्थाका अनुसार पछिल्ला वर्षहरूमा विश्वका धेरै देशमा प्रेस स्वतन्त्रता संकुचित हुँदै गएको छ। पत्रकारमाथि आक्रमण, धम्की, गिरफ्तारी तथा दण्डहीनताको प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै सन् २०२५ मा मात्र झण्डै एक सय पत्रकारले पेशागत कर्तव्य निर्वाहकै क्रममा ज्यान गुमाएको तथ्य सार्वजनिक गरिएको छ।

FIJA ले २००६ यता हजारौँ पत्रकारको हत्या भएको र तीमध्ये धेरै घटनामा अझै न्याय सुनिश्चित नभएको भन्दै यस अवस्थालाई गम्भीर चिन्ताको विषय बताएको छ। साथै, सत्य उजागर गर्ने क्रममा ज्यान गुमाएका पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदान लोकतन्त्र र मानव अधिकारको आधार भएको उल्लेख गरिएको छ।

संस्थाले पत्रकारमाथि हुने हिंसा, प्रेसमाथि नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रतामाथिको दमन कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य भएको स्पष्ट पारेको छ। स्वतन्त्र, निष्पक्ष र बहुलवादी सञ्चार माध्यम बिना लोकतन्त्र सुदृढ हुन नसक्ने पनि सन्देशमा उल्लेख छ।

यसै अवसरमा FIJA ले विश्वका सरकारहरूलाई प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्न, पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी दिन, पत्रकारमाथि हुने अपराधमा दण्डहीनताको अन्त्य गर्न तथा सूचना प्रवाहमा अवरोध पुर्‍याउने सबै प्रकारका दबाब हटाउन आग्रह गरेको छ।

साथै UNESCO लगायत अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गरी पत्रकार सुरक्षा र अभिव्यक्ति स्वतन्त्रता प्रवर्द्धनमा थप प्रभावकारी पहल आवश्यक रहेको औंल्याइएको छ।

डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता, दुष्प्रचार र सूचना विकृतिको चुनौती बढ्दै गएको उल्लेख गर्दै FIJA ले पत्रकारहरूलाई व्यावसायिकता, सत्यता र नैतिकता कायम राख्न आह्वान गरेको छ।

संस्थाका अध्यक्ष राम प्रसाद खनाल र महासचिव टङ्क दाहाल ले संयुक्त रूपमा जारी गरेको सन्देशमा पत्रकारिता स्वतन्त्र, सुरक्षित र सत्यनिष्ठ हुनुपर्नेमा जोड दिँदै विश्व समुदायलाई संयुक्त प्रयासमार्फत प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गरिएको छ।

प्रेस विज्ञप्ति
मिति: ३ मे २०२६

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तराष्ट्रिय पत्रकार महासंघ, अमेरिका – Federation of International Journalist America (FIJA) को सन्देश

विश्वभरका सम्पूर्ण पत्रकार मित्रहरू, अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानिय सबै खाले मिडियामा कार्यरत सबै सञ्चारकर्ममा जोडिनु भएका मित्रहरू, र स्वतन्त्र अभिव्यक्तिको पक्षमा उभिएका सबै सरोकारवालाहरूप्रति हाम्रो हार्दिक अभिवादन।

संयुक्त राष्ट्रसंघ, विश्वभरका सरकारहरू, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थाहरू, र स्वतन्त्र अभिव्यक्तिको पक्षमा उभिएका सबै सरोकारवालाहरूप्रति पनि हाम्रो हार्दिक अभिवादन।

मे ३, विश्व प्रेस स्वतन्त्रता दिवस, मानव सभ्यताको सबैभन्दा महत्वपूर्ण आधार स्वतन्त्र अभिव्यक्ति र सत्यको खोजी प्रति पुनः प्रतिबद्ध हुने दिन हो। सन् १९९३ मा संयुक्त राष्ट्रसंघद्वारा घोषणा गरिएको यो दिवसले प्रेस स्वतन्त्रताको संरक्षण, मूल्याङ्कन र पत्रकारिताको क्रममा ज्यान गुमाएका पत्रकारहरूको सम्झनालाई सम्मान गर्ने अवसर प्रदान गर्दछ ।

यस वर्ष “शान्तिपूर्ण भविष्य निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता” भन्ने मूल नाराका साथ मनाइँदै गरेको यो दिवसले विश्व समुदायलाई एक महत्वपूर्ण सन्देश दिन्छ विश्वसनीय सूचना केवल सूचना मात्र होइन, यो मानव अधिकार, विकास र विश्व शान्तिको आधार हो ।

तर, आजको यथार्थ अत्यन्तै चिन्ताजनक छ। पछिल्ला वर्षहरूमा विश्वभर प्रेस स्वतन्त्रता खतरनाक रूपमा खुम्चिँदै गएको छ, र धेरै देशहरूमा पत्रकारिता “कठिन” वा “गम्भीर संकटग्रस्त” अवस्थामा पुगेको छ । पत्रकारहरू माथि आक्रमण, धम्की, गिरफ्तारी, तथा दण्डहीनता बढ्दो क्रममा छ। सन् २०२५ मात्रमा झण्डै एक सय पत्रकारले आफ्नो पेशागत कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएका छन् , र २००६ देखि हालसम्म हजारौँ पत्रकारको हत्या भएको तथ्यले विश्व समुदायलाई झस्काएको छ । अझ दुःखद कुरा, ती घटनामध्ये अधिकांशमा न्याय सुनिश्चित भएको छैन।

आज हामी ती सबै सहकर्मी पत्रकारहरूलाई श्रद्धाञ्जली अर्पण गर्दछौं, जसले सत्य उजागर गर्ने क्रममा आफ्नो अमूल्य जीवन गुमाए। उनीहरूको बलिदान केवल पत्रकारिताको इतिहास होइन यो लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताको आधारशिला हो।

हामी स्पष्ट रूपमा भन्न चाहन्छौं पत्रकारमाथि हुने आक्रमण, प्रेसमाथि हुने नियन्त्रण, र सत्य बोल्ने आवाजमाथि हुने दमन कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य छ। स्वतन्त्र, निष्पक्ष र बहुलवादी सञ्चार माध्यमबिना लोकतन्त्र सम्भव छैन।

यस अवसरमा, हामी विश्वका सबै सरकारहरूलाई आग्रह गर्दछौं:
प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्नुहोस्,
पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी दिनुहोस्,
पत्रकारमाथि हुने अपराधमा दण्डहीनताको अन्त्य गर्नुहोस्,
र सूचना प्रवाहलाई अवरुद्ध गर्ने कुनै पनि कानुनी, राजनीतिक वा आर्थिक दबाब हटाउनुहोस्।

हामी संयुक्त राष्ट्रसंघ, विशेषगरी UNESCO लगायत अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्दै पत्रकारहरूको सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र सूचना अधिकारको प्रवर्द्धनमा अझ सशक्त पहल गर्न आह्वान गर्दछौं।

डिजिटल युगमा सूचना प्रवाहको स्वरूप परिवर्तन हुँदै गएको छ। कृत्रिम बुद्धिमत्ता, दुष्प्रचार, र सूचना विकृतिको चुनौतीबीच सत्य पत्रकारिताको भूमिका अझ महत्वपूर्ण बनेको छ। यसैले हामी सम्पूर्ण सञ्चारकर्मीलाई व्यावसायिकता, सत्यता, उत्तरदायित्व र नैतिकताको उच्चतम मापदण्ड कायम राख्न अपिल गर्दछौं।

आजको दिन केवल उत्सवको दिन होइन यो संघर्ष, प्रतिबद्धता र ऐक्यबद्धताको दिन हो।

हामी सबै मिलेर यस्तो विश्व निर्माण गर्न सक्छौं जहाँ पत्रकारिता स्वतन्त्र होस्, पत्रकार सुरक्षित होस्, र सत्य सधैं शक्तिशाली होस्।

राम प्रसाद खनाल
अध्यक्ष

टङ्क दाहाल
महासचिव
अन्तराष्ट्रिय पत्रकार महासंघ, अमेरिका
वासिङ्टन डीसी, अमेरिका
Federation of International Journalists, America (FIJA),

Washington DC

Press Release
Date: May 3, 2026

Message from the Federation of International Journalist America (FIJA) on the Occasion of World Press Freedom Day

We extend our heartfelt greetings to all journalists around the world, to all media professionals working in international, national, and local media, and to all stakeholders who stand in support of freedom of expression.

We also convey our sincere greetings to the United Nations, governments across the globe, international and national institutions, and all those committed to upholding freedom of expression.

May 3, World Press Freedom Day, is a day to renew our commitment to one of the most fundamental pillars of human civilization—freedom of expression and the pursuit of truth. Proclaimed by the United Nations in 1993, this day provides an opportunity to celebrate and assess press freedom, and to pay tribute to journalists who have lost their lives in the line of duty.

This year’s theme, “Shaping a Peaceful Future: Press Freedom for Human Rights, Development, and Security,” sends a powerful message to the global community: reliable information is not just information—it is the foundation of human rights, development, and global peace.

However, the current reality is deeply concerning. In recent years, press freedom has been shrinking dangerously across the world, and in many countries journalism has reached a “difficult” or “serious crisis” stage. Attacks, threats, arrests, and impunity against journalists are on the rise. In 2025 alone, nearly one hundred journalists lost their lives while carrying out their professional duties, and since 2006, thousands of journalists have been killed—shocking the global community. Even more troubling is that justice has not been ensured in most of these cases.

Today, we pay tribute to all those fellow journalists who lost their precious lives while exposing the truth. Their sacrifice is not just a part of journalism’s history—it is the foundation of democracy, human rights, and freedom.

We want to state clearly: attacks on journalists, control over the press, and suppression of voices that speak the truth are unacceptable in any civilized society. Without a free, fair, and pluralistic media, democracy cannot exist.

On this occasion, we urge all governments around the world to:
Respect and protect press freedom,
Ensure the safety and security of journalists,
End impunity for crimes committed against journalists,
And remove any legal, political, or economic pressures that obstruct the free flow of information.

We call upon the United Nations, particularly UNESCO, and other international bodies to strengthen their initiatives in promoting the safety of journalists, freedom of expression, and the right to information through greater cooperation.

In the digital age, the nature of information dissemination is rapidly evolving. Amid challenges such as artificial intelligence, misinformation, and disinformation, the role of truthful journalism has become even more critical. Therefore, we appeal to all media professionals to uphold the highest standards of professionalism, truth, accountability, and ethics.

Today is not just a day of celebration—it is a day of struggle, commitment, and solidarity.

Together, we can build a world where journalism is free, journalists are safe, and truth always prevails.

Ram Prasad Khanal
President

Tanka Dahal
General Secretary
Federation of International Journalist America (FIJA)
Washington, DC, USA

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।