Washington DC, US : April 5, 2026, Sunday 06:39 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त|इमान्दार एमाले नेता र कार्यकर्ताका लागि यो भन्दा ठुलो नैतिक हार अरु के होला र !|चीनले पाकिस्तानसँग मिलेर युद्ध रोक्ने प्रयास, पाँच बुँदे प्रस्ताव अघि सारे|बेलायतसहित पश्चिमी मुलुकहरू लक्षित कडा र असामान्य टिप्पणी|Sadhain Saathmaa Timro : New Official Music Video|चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान, संविधान संशोधनका लागि बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय|गृहमन्त्री सुधन गुरूङ प्रहरी प्रधान कार्यालय पुगेर के गरे ? के भने ?

अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी फेब्रुअरी २८ देखि सुरु भएको यो युद्ध अहिले क्षेत्रीय सीमाभन्दा बाहिर गएर विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय राजनीति र सुरक्षा व्यवस्थामाथि गम्भीर असर पार्ने अवस्थामा

  NepalMother.com | २१ चैत्र २०८२, शनिबार २०:२२

अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी दिएका छन्। यसको जवाफमा इरानी सैन्य प्रवक्ता इब्राहिम जोलफाघारीले अमेरिका र इजरायलले आक्रमण जारी राखे सम्पूर्ण क्षेत्र नै युद्धको आगोमा जल्ने बताएका छन्।

शनिबार इरानले खाडी देशहरू, इराक र इजरायलतर्फ पुनः मिसाइल प्रहार गरेको जनाएको छ। केही मिसाइलहरू अवरोध गरिए पनि तिनका टुक्रा झर्दा विभिन्न स्थानमा क्षति पुगेको छ। उता इजरायलले पनि इरानका सैन्य, ऊर्जा तथा औद्योगिक संरचनामाथि निरन्तर आक्रमण गरिरहेको जनाएको छ।

यसैबीच दक्षिणी इरानमा खसालिएको अमेरिकी एफ–१५ युद्धक विमानका एक सदस्य अझै हराइरहेका छन्। अमेरिकी पक्षका अनुसार पाइलटलाई भने सुरक्षित रूपमा उद्धार गरिएको छ। हराइरहेका ‘वेपन सिस्टम अफिसर’ को खोजीमा अमेरिकी र इरानी दुवै पक्ष सक्रिय रहेका छन्। इरानले भने नागरिकहरूलाई उक्त अमेरिकी सैनिकलाई “जिउँदै पक्राउ गर्न” आह्वान गर्दै पुरस्कारसमेत घोषणा गरेको छ।

उद्धार अभियानमा खटिएको अमेरिकी ए–१० वार्थोग विमानमाथि पनि आक्रमण भएको बताइएको छ। उक्त विमानमा क्षति पुगे पनि पाइलट भने सुरक्षित रहेका छन्।

युद्धका कारण Strait of Hormuz (होर्मुज)  प्रभावकारी रूपमा अवरुद्ध भएको छ। विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको बन्द अवस्थाले विश्व अर्थतन्त्रमा ठूलो असर पारेको छ। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य ७३ डलरबाट बढेर १०० डलरभन्दा माथि पुगेको छ।

यसबीच, फ्रान्सको स्वामित्वमा रहेको एउटा जहाज द्वन्द्व सुरु भएपछि पहिलोपटक उक्त जलमार्ग पार गर्न सफल भएको जनाइएको छ। यद्यपि, लगातारको असुरक्षा र आक्रमणका कारण सामान्य ढुवानी अझै प्रभावित रहेको छ।

इरानले आफ्नो एकमात्र सञ्चालनमा रहेको आणविक ऊर्जा केन्द्र Bushehr Nuclear Power Plant (बुशेहर आणविक विद्युत् केन्द्र) आसपास फेरि आक्रमण भएको जनाएको छ। उक्त घटनामा एक कर्मचारीको मृत्यु भएको बताइएको छ। तर केन्द्रको मुख्य संरचनामा ठूलो क्षति नभएको र सञ्चालन प्रभावित नभएको इरानको दाबी छ।

यस घटनाप्रति International Atomic Energy Agency (अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी) ले गम्भीर चिन्ता व्यक्त गर्दै आणविक केन्द्रमा आक्रमण नगर्न र अधिकतम संयमता अपनाउन आग्रह गरेको छ। हालसम्म विकिरण स्तरमा कुनै वृद्धि नभएको पनि जनाएको छ।

यता रुसले उक्त केन्द्रमा कार्यरत आफ्ना कर्मचारीहरूलाई फिर्ता लैजान सुरु गरेको छ।

राष्ट्रपति ट्रम्प (डोनाल्ड ट्रम्प) ले यसअघि ऊर्जा संरचनामाथिको आक्रमण १० दिनका लागि स्थगित गर्दै इरानलाई सम्झौताको अवसर दिएका थिए। तर उनले ४८ घण्टाभित्र सम्झौता नगरे वा होर्मुज जलडमरूमध्य नखोले कडा कारबाही हुने चेतावनी पुनः दोहोर्‍याएका छन्।

फेब्रुअरी २८ देखि सुरु भएको यो युद्ध अहिले क्षेत्रीय सीमाभन्दा बाहिर गएर विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय राजनीति र सुरक्षा व्यवस्थामाथि गम्भीर असर पार्ने अवस्थामा पुगेको विश्लेषकहरूको भनाइ छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।