Washington DC, US : January 30, 2026, Friday 04:04 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

डाभोसबाट ट्रम्पको सन्देश : ‘हामीलाई चाहिएको सबै कुरा समेटिएको छ’

  NepalMother.com | ८ माघ २०८२, बुधबार १९:१०

नाटोसँगको वार्तापछि ग्रिनल्याण्डबारे ‘भविष्यको सम्झौता’ को प्रारूप तय

ट्रम्पद्वारा ट्यारिफ स्थगन, आर्कटिक क्षेत्रमा अमेरिकी रणनीति स्पष्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर अटलान्टिक सन्धि संगठन (नाटो) सँगको उच्चस्तरीय छलफलपछि ग्रिनल्याण्ड तथा समग्र आर्कटिक क्षेत्रलाई केन्द्रमा राखेर “भविष्यको सम्झौता” को प्रारम्भिक खाका तय भएको दाबी गरेका छन् । यही समझदारीका आधारमा फेब्रुअरी १ देखि लागू गर्ने भनिएका नयाँ व्यापारिक कर (ट्यारिफ) हाललाई स्थगित गरिएको उनले बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा राष्ट्रपति ट्रम्पले नाटोका महासचिव मार्क रुटेसँग भएको भेटघाट अत्यन्तै सकारात्मक र परिणाममुखी भएको उल्लेख गरेका छन् । उनका अनुसार उक्त छलफलबाट ग्रिनल्याण्ड र आर्कटिक क्षेत्रको सुरक्षा, प्रभाव र सहकार्यसम्बन्धी साझा समझदारी निर्माण भएको छ । “यदि यो सम्झौता अन्तिम रूप लिन्छ भने यो संयुक्त राज्य अमेरिका मात्र होइन, नाटोका सबै सदस्य राष्ट्रका लागि ऐतिहासिक र लाभदायक हुनेछ,” ट्रम्पले उल्लेख गरेका छन् । यही समझदारीका कारण फेब्रुअरी १ देखि लागू गर्ने भनिएका ट्यारिफहरू लागू नगरिने निर्णय गरिएको उनको भनाइ छ ।

डाभोसबाट ट्रम्पको सन्देश : ‘हामीलाई चाहिएको सबै कुरा समेटिएको छ’

स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ट्रम्पले प्रस्तावित सम्झौताको खाका “धेरै हदसम्म तयार भइसकेको” दाबी गरे ।
“यो सम्झौताले हामीलाई आवश्यक पर्ने सबै रणनीतिक पक्ष समेट्छ,” उनले भने, “केही प्राविधिक प्रक्रिया बाँकी छन्, तर वार्ता निकै अगाडि बढिसकेको छ ।” उनले ग्रिनल्याण्डसँग सम्बन्धित ‘गोल्डेन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबारे पनि थप छलफल भइरहेको जानकारी दिए । यस विषयमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकफले वार्ताको नेतृत्व गर्ने र प्रत्यक्ष रूपमा राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने व्यवस्था गरिएको छ ।

नाटोको आधिकारिक प्रतिक्रिया : ‘रूस र चीनलाई टाढा राख्ने उद्देश्य’

नाटोले पनि ग्रिनल्याण्ड र आर्कटिक क्षेत्रसम्बन्धी छलफलको पुष्टि गरेको छ । नाटोकी प्रवक्ता एलिसन हार्टका अनुसार यी वार्ताहरूको मूल उद्देश्य ग्रिनल्याण्डमा रूस र चीनले आर्थिक वा सैन्य प्रभाव जमाउन नपाउने सुनिश्चित गर्नु हो ।

उनका अनुसार डेनमार्क, ग्रिनल्याण्ड र संयुक्त राज्य अमेरिकाबीच थप वार्ताहरू अघि बढ्नेछन् । ती वार्ताहरू आर्कटिक क्षेत्रका सात नाटो सदस्य राष्ट्रहरूको संयुक्त प्रयासमार्फत सुरक्षा मजबुत बनाउने दिशामा केन्द्रित हुनेछन् ।

ग्रिनल्याण्डमा विरोध प्रदर्शन, तर भूराजनीतिक खेल तीव्र

यसैबीच, ग्रिनल्याण्डभित्र भने अमेरिकी पहलप्रति असन्तोष देखिएको छ । राजधानी नूकमा आयोजित प्रदर्शनमा स्थानीय नागरिकहरूले “ग्रिनल्याण्ड ग्रिनल्याण्डवासीका लागि हो” भन्ने नारा लगाउँदै अमेरिकी चासोप्रति विरोध जनाएका छन् । तर अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार संयुक्त राज्य अमेरिका र नाटोका लागि ग्रिनल्याण्ड अब केवल टापु मात्र नभई आर्कटिक क्षेत्रमा शक्ति सन्तुलन कायम राख्ने केन्द्रबिन्दु बन्दै गएको छ । रूस र चीनको बढ्दो गतिविधिलाई रोक्ने उद्देश्यले अमेरिका ग्रिनल्याण्डलाई दीर्घकालीन सुरक्षा रणनीतिको महत्वपूर्ण अंगका रूपमा अघि सारिरहेको देखिन्छ ।

ट्यारिफ स्थगन : व्यापारभन्दा रणनीति प्राथमिक

विश्लेषकहरूका अनुसार ट्यारिफ स्थगन आर्थिक निर्णयभन्दा बढी भूराजनीतिक रणनीतिको हिस्सा हो । ग्रिनल्याण्ड र आर्कटिक क्षेत्रमा सहकार्य सुदृढ गर्न अमेरिका अस्थायी रूपमा व्यापारिक दबाब घटाउन तयार भएको संकेत यसबाट मिल्छ ।व्हाइट हाउसले भने सम्झौताका विस्तृत बुँदाहरू वार्ता जारी रहँदै क्रमशः सार्वजनिक गरिने जनाएको छ । अहिलेका लागि ट्रम्प प्रशासनले यसलाई “रणनीतिक सहकार्यको प्रारम्भिक रूपरेखा” का रूपमा मात्र व्याख्या गरेको छ ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।