Washington DC, US : March 3, 2026, Tuesday 06:56 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|दक्षिण सुडानमा सशस्त्र समूहले दुर्गम गाउँमा आक्रमण गर्दा कम्तीमा १६९ जना मारिए, देश पुनः पूर्ण गृहयुद्धतर्फ धकेलिने खतरा|Breaking News : तेहरान र बेरुतमा आक्रमण जारी, मृतक संख्या ६०० नाघ्यो,अमेरिका, इजरायल र इरानबीचको तनाव झन् चुलिंदै|Breaking News : यो युद्ध “एक रातमै सम्पन्न हुने अपरेसन होइन”|इरानमा ५५५ जनाको मृत्यु, हजारौं घाइते, इजरायलमा १० जनाको मृत्यु र २०० भन्दा बढी घाइते, लेबनानमा ३१ जनाको मृत्यु, युक्त अरब इमिरेट्समा ३ जनाको मृत्यु भइसकेको पुष्टि|लेबनानको बेरुतमा इजरायली लडाकु विमानहरूले हवाई आक्रमण गरे|इरानी सैनिक, प्रहरीलाई ट्रम्पले भने “हतियार त्याग्नुहोस्, आत्मसमर्पण गर्नुस र पूर्ण उन्मुक्ति पाउनुहोस्, नत्र निश्चित मृत्युको सामना गर्नुहोस्”|यस्तै निर्णय जन्मसिद्ध नागरिकता सम्बन्धी आफ्नो कार्यकारी आदेशविरुद्ध आए चीनलाई फाइदा पुग्ने चेतावनी|Breaking News : अमेरिका–इजरायलद्वारा इरानमा गरिएको संयुक्त सैन्य आक्रमणका क्रममा अहिले त्यहाँ के के भइरहेको छ ?|सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको इरानद्वारा पुष्टि|“सत्य र न्यायको खोजी अभियान” को कार्यक्रममा पूर्व न्यायाधीश, विभिन्न क्षेत्रका प्रतिनिधिमूलक अनुभवी व्यक्तित्व तथा स्वतन्त्र राष्ट्रवादीहरू सहभागी

हेलिपोर्टमा भ्रष्टाचार भएको निष्कर्षसँगै अख्तियारले प्राधिकरणका महानिर्देशकसहित सातजनाविरुद्ध मुद्दा दायर

  NepalMother.com | १८ मंसिर २०८२, बुधबार २२:१०

null

भक्तपुरको सूर्यविनायक–१० नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्टमा ठूला अनियमितता र भ्रष्टाचार भएको निष्कर्षसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका महानिर्देशकसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको छ। २०८१ असारको पहिलो सातादेखि सञ्चालनमा आएको १७ हेलिकोप्टर पार्किङ क्षमताको उक्त हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी रकम दुरुपयोग भएको आरोपसहित अख्तियारले महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारि भण्डारी, प्रबन्धक नलविक्रम थापा, उपप्रबन्धक तथा इन्जिनियर समृद्धि श्रेष्ठ, अभियन्त्र कन्सल्टिङ प्रालिका प्रबन्ध निर्देशक विजय थापा, सो कम्पनीका परामर्शदाता गुरुदत्त अधिकारी र परामर्शदाता कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार हेलिपोर्ट निर्माण अघि अनिवार्य रूपमा गरिनुपर्ने सम्भाव्यता अध्ययन नगरी, सरोकारवालासँग परामर्श नलिई र कानुनी प्रक्रिया खुल्लमखुल्ला उल्लंघन गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), लागत अनुमान र बिडिङ डकुमेन्ट बदनियतपूर्ण ढंगले तयार पारिएको छ। उपप्रबन्धक समृद्धि श्रेष्ठले नै नलिञ्चोकमा नयाँ हेलिपोर्ट आवश्यक छ कि छैन भन्ने अध्ययन गर्न सुझाव दिए पनि भण्डारी र श्रेष्ठ स्वयं संलग्न भएर कुनै अध्ययन नगरी प्रतिवेदन तयार गरेको आयोगले उल्लेख गरेको छ।

निर्माणका लागि छानिएका परामर्शदातामध्ये एकजनासँग पनि नेपालमा हेलिपोर्ट वा एयरपोर्टको डीपीआर तयार पारेको अनुभव नभएको भेटिएपछि अख्तियारले सार्वजनिक खरीद ऐनको खाल्डो पारेर मिलेमतो गरिएको ठहर गरेको छ। परियोजनाको बजेट स्वीकृत नभएको, खरीद गुरुयोजना नबनेको, वार्षिक खरीद योजना अनुमोदन नभएको अवस्थामा नै २०७८ चैत २८ गते १७ करोड ५४ लाख ४५ हजार रुपैयाँको लागत अनुमान स्वीकृत गरिएको थियो। अख्तियारका अनुसार ऐन विपरीत गरेको यही निर्णयले भ्रष्टाचारको ढोका खोलेको हो।

आर्थिक वर्ष २०७९/८० मा १५ करोड रुपैयाँ बजेट विनियोजन गराउन महानिर्देशक अधिकारीले ‘अख्तियारी दुरुपयोग’ गरेको आरोप आयोगले अहिल्यै सार्वजनिक गरेको छ। प्राधिकरणको प्रयोजन काठमाडौँ बेस भएका हेलिकोप्टरहरूलाई त्रिभुवन विमानस्थलको चाप हल्का बनाउन हेलिपोर्टबाट सञ्चालन गराउने भनिए पनि, ४७ जना पाइलट र सुरक्षा संयन्त्रले नलिञ्चोक हेलिपोर्ट सञ्चालन असुरक्षित रहेको चेतावनी दिएका थिए।

विभिन्न परीक्षण उडान तथा अध्ययनहरूले पनि उक्त स्थान हेलिपोर्टका लागि अनुपयुक्त रहेको दाबी गरेका छन्। हेलिपोर्ट घना बस्तीबीच अवस्थित छ, जहाँ ३००–४०० घरधुरी प्रत्यक्ष जोखिममा छन्। वरिपरि उच्च भोल्टेज लाइन, साँघुरो पहुँचमार्ग, रिफ्युलिङ सुविधाको अभाव, आवश्यक सुरक्षा पूर्वाधार नपुग्ने जस्ता कारणले ‘अतिविपद्को सम्भावना’ रहेको विवरण आयोगले सार्वजनिक गरेको छ। यी सबै खतरा र चेतावनी बेवास्ता गर्दै हेलिपोर्ट निर्माण गरिएको र फलस्वरूप १३ करोड ५७ लाख रुपैयाँ बराबरको राष्ट्रिय क्षति भएको आयोगको निष्कर्ष छ।

३३ रोपनी क्षेत्रफलमा फैलिएको यो हेलिपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप कम गर्ने उद्देश्यले बनाइए पनि अहिले मुलुकमा सञ्चालनमा रहेका ११ हेलिकोप्टर कम्पनीका ३८ मध्ये २१ वटा जहाज मात्र काठमाडौँ–आधारित भएकाले व्यावहारिक उपयोगिता अत्यन्त कम रहेको भनिन्छ।

यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निकायहरूले ठूला भ्रष्टाचारमा संलग्न व्यक्ति तथा समूहविरुद्ध ठोस कदम चाल्न थालेको बताउनुभएको छ। सिंहदरबारमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला महिनामा कामको रफ्तार बढाएको जानकारी गराउनुभयो। उहाँले विगतमा शक्तिशाली व्यक्तिहरूको पहुँचका कारण अनुसन्धान गर्ने निकायहरू प्रभावकारी बन्न नसकेको तर अहिले सरकारबाट कुनै राजनीतिक दबाब नजाने स्पष्ट पार्नुभयो।

प्रधानमन्त्रीले अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरोजस्ता संवैधानिक तथा कानुनी संरचनाहरूलाई ‘दुर्बल बनाउने’ उद्देश्यबाट कुनै समानान्तर निकाय नबनाइने भन्दै भ्रष्टाचारविरुद्ध कडा संकल्प व्यक्त गर्नुभयो।

 

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।