Washington DC, US : May 27, 2026, Wednesday 02:06 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|इरानसँगको युद्धमा अमेरिकी राष्ट्रपति Donald Trump ले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष|दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व, लाइसेन्स नवीकरण र सेयर संरचनालाई लिएर फेरि गम्भीर विवाद सतहमा|European Union ले नेपाली वायुसेवालाई आफ्नो आकाशमा लगाएको प्रतिबन्ध तत्काल हट्ने सम्भावना नरहेको स्पष्ट संकेत|डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ आवेदन प्रक्रियामा ठूलो परिवर्तन गर्दै नयाँ कडा नियम लागू|नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित|cartoon|ट्रम्प जुनियरको विवाह समारोहमा सहभागी हुने कि नहुने भन्ने दुविधामा डोनाल्ड ट्रम्प|लगातार तीन आर्थिक वर्षसम्म स्थिर रहेको सरकारी कर्मचारीको तलब अब बढ्ने संकेत|अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले युरोपमा अमेरिकी सैनिक तैनाथीबारे सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्ने प्रयास|अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशकको जिम्मेवारी सम्हालिरहेकी तुलसी ग्याबार्डले पदबाट राजीनामा दिने घोषणा

इरानसँगको युद्धमा अमेरिकी राष्ट्रपति Donald Trump ले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष

  NepalMother.com | १३ जेष्ठ २०८३, बुधबार ००:५४

इरानसँगको युद्धमा अमेरिकी राष्ट्रपति Donald Trump ले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष अमेरिकी जनमत सर्वेक्षणहरूले देखाउन थालेका छन् । युद्ध सुरु भएको केही समयमै अमेरिकी नागरिकहरू थकित देखिन थालेका छन् भने अधिकांशले यो संघर्ष अब चाँडै अन्त्य होस् भन्ने चाहना व्यक्त गरिरहेका छन् ।

हालै सार्वजनिक भएका विभिन्न सर्वेक्षणहरूले अमेरिकी जनतामा युद्धप्रति बढ्दो निराशा र अविश्वास देखाएका छन् । धेरै अमेरिकीहरूलाई यो युद्धले कुनै ठोस सकारात्मक परिणाम दिनेमा विश्वास छैन । बरु, युद्धको अन्त्य जस्तोसुकै भए पनि त्यसले अमेरिकालाई उल्लेखनीय उपलब्धि दिलाउने सम्भावना कम रहेको धारणा बलियो बन्दै गएको छ ।

विशेषगरी मेमोरियल डे सप्ताहन्ततिर युद्ध अन्त्यका लागि सम्भावित सम्झौताबारे केही सकारात्मक संकेत देखिए पनि त्यसका प्रारम्भिक विवरण सार्वजनिक हुनासाथ अमेरिकी रिपब्लिकन पार्टीभित्रकै ‘कट्टर’ धारका नेताहरू असन्तुष्ट बनेका थिए । केही रिपब्लिकन नेताहरूले त यस्तो सम्झौताले उल्टै इरानलाई पहिलेभन्दा बलियो बनाउने चेतावनीसमेत दिएका छन् ।

यदि इरानले आफ्नो कठोर अडान नछाड्ने हो भने राष्ट्रपति ट्रम्पले आफ्नो प्रतिष्ठा जोगाउँदै युद्ध अन्त्य गर्ने बाटो फेला पार्न कठिन हुने विश्लेषण भइरहेको छ । अझ युद्ध लम्बिँदै गएमा त्यसले रिपब्लिकन पार्टीकै लागि राजनीतिक बोझ बन्न सक्ने चिन्ता पनि देखिएको छ ।

हालै सार्वजनिक भएको Fox News को सर्वेक्षणअनुसार केवल ३९ प्रतिशत मतदाताले मात्रै अमेरिकी सैन्य कारबाही “अमेरिकी उद्देश्य पूरा नभएसम्म जारी रहनुपर्छ” भन्ने पक्षमा मत दिएका छन् । तर ६१ प्रतिशतले भने सीमित समयमै युद्ध अन्त्य गर्नुपर्ने धारणा राखेका छन् ।

त्यस्तै The New York Times र सिएना कलेजको संयुक्त सर्वेक्षणले ५२ प्रतिशत मतदाताले इरानको आणविक कार्यक्रमबारे सम्झौता नभए पनि अमेरिका युद्ध अन्त्य गर्न तयार हुनुपर्ने बताएका छन् । केवल ३७ प्रतिशतले मात्रै सम्झौता नभए फेरि सैन्य कारबाही सुरु गर्नुपर्ने पक्षमा मत दिएका छन् ।

युद्धको परिणामबारे पनि अमेरिकीहरू खासै आशावादी देखिएका छैनन् । सर्वेक्षणअनुसार केवल २२ प्रतिशत अमेरिकीले मात्रै यो युद्ध इरानको आणविक कार्यक्रम समाप्त गर्न “धेरै सफल” हुने विश्वास गरेका छन् । जबकि आधाभन्दा बढी उत्तरदाताले युद्ध असफल हुने अनुमान गरेका छन् ।

यहीबीच The Washington Post र एबीसी न्युजको सर्वेक्षणले ६५ प्रतिशत अमेरिकीहरू युद्ध अन्त्य गर्ने सम्भावित सम्झौताले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न सक्छ भन्नेमा विश्वस्त नरहेको देखाएको छ ।

Pew Research Center को अर्को सर्वेक्षणले पनि ट्रम्प प्रशासनले इरानसम्बन्धी आफ्नो लक्ष्य पूरा गर्न सक्छ भन्नेमा अमेरिकी जनताको भरोसा निकै कमजोर रहेको देखाएको छ ।

सम्झौता भए पनि त्यसलाई अमेरिकीहरूले “लाभदायक” ठान्ने सम्भावना कम देखिएको छ । न्यूयोर्क टाइम्स–सिएना सर्वेक्षणअनुसार ५५ प्रतिशत मतदाताले यो युद्धको मूल्य चुकाउन लायक नरहेको बताएका छन् भने केवल २१ प्रतिशतले मात्र यसलाई उचित ठानेका छन् ।

धेरै अमेरिकीहरूका अनुसार युद्धले उल्टै नकारात्मक असर पारेको छ । वासिङ्टन पोस्ट–एबीसी सर्वेक्षणले ६१ प्रतिशत अमेरिकीहरूले यो युद्धले अमेरिकाविरुद्ध आतंकवादी जोखिम बढाएको बताएका छन् । त्यस्तै ५६ प्रतिशतले अमेरिकाका अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर बन्ने खतरा बढेको बताएका छन् भने करिब आधाले मध्यपूर्व झन् अस्थिर बन्ने धारणा व्यक्त गरेका छन् ।

राजनीतिक रूपमा ट्रम्पका लागि अर्को ठूलो चुनौती भनेको जनविश्वास गुम्नु हो । हालैको CNN सर्वेक्षणले केवल २० प्रतिशत अमेरिकीले मात्रै ट्रम्पलाई इरानबारे सही निर्णय गर्न सक्ने नेताका रूपमा उच्च विश्वास गरेको देखाएको छ । यसको विपरीत करिब ६० प्रतिशतले ट्रम्पमाथि थोरै वा कुनै विश्वास नरहेको बताएका छन् ।

युद्ध सुरु हुँदा ट्रम्पले “बिनाशर्त आत्मसमर्पण” मात्रै स्वीकार गर्ने बताएका थिए । उनले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्ने तथा HamasHezbollah जस्ता समूहलाई इरानले सहयोग गर्न नसक्ने अवस्था सिर्जना गर्ने लक्ष्य राखेका थिए । तर अहिले सार्वजनिक भइरहेका वार्ताका प्रारम्भिक संकेतहरूले ती मागहरू क्रमशः कमजोर बन्दै गएको देखाएको विश्लेषण भइरहेको छ ।

विश्लेषकहरूका अनुसार ट्रम्पले सुरुदेखि नै दुई ठूला रणनीतिक गल्ती गरेका थिए । पहिलो, युद्ध कसरी अन्त्य गर्ने भन्ने स्पष्ट र व्यवहारिक योजना उनीसँग थिएन । दोस्रो, उनले अमेरिकी जनतालाई युद्धको आवश्यकता र उद्देश्य विश्वसनीय ढंगले बुझाउन सकेनन् । बरु, उनले सफलताको मापदण्ड अत्यधिक उच्च बनाए, जसलाई हासिल गर्न अब झन् कठिन बन्दै गएको छ ।

युद्ध लम्बिँदै जाँदा अमेरिकी जनतामा असन्तोष बढिरहेको छ । यस्तो अवस्थामा ट्रम्प प्रशासनका लागि अहिलेको सबैभन्दा व्यवहारिक विकल्प युद्धलाई थप फैलिन नदिई कुनै न कुनै सम्झौतामार्फत बाहिरिने प्रयास गर्नु मात्रै हुनसक्ने विश्लेषण भइरहेको छ

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।