Washington DC, US : May 27, 2026, Wednesday 02:05 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|इरानसँगको युद्धमा अमेरिकी राष्ट्रपति Donald Trump ले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष|दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व, लाइसेन्स नवीकरण र सेयर संरचनालाई लिएर फेरि गम्भीर विवाद सतहमा|European Union ले नेपाली वायुसेवालाई आफ्नो आकाशमा लगाएको प्रतिबन्ध तत्काल हट्ने सम्भावना नरहेको स्पष्ट संकेत|डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ आवेदन प्रक्रियामा ठूलो परिवर्तन गर्दै नयाँ कडा नियम लागू|नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित|cartoon|ट्रम्प जुनियरको विवाह समारोहमा सहभागी हुने कि नहुने भन्ने दुविधामा डोनाल्ड ट्रम्प|लगातार तीन आर्थिक वर्षसम्म स्थिर रहेको सरकारी कर्मचारीको तलब अब बढ्ने संकेत|अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले युरोपमा अमेरिकी सैनिक तैनाथीबारे सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्ने प्रयास|अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशकको जिम्मेवारी सम्हालिरहेकी तुलसी ग्याबार्डले पदबाट राजीनामा दिने घोषणा

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व, लाइसेन्स नवीकरण र सेयर संरचनालाई लिएर फेरि गम्भीर विवाद सतहमा

  NepalMother.com | १३ जेष्ठ २०८३, बुधबार ००:४७

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व, लाइसेन्स नवीकरण र सेयर संरचनालाई लिएर फेरि गम्भीर विवाद सतहमा आएको छ । कम्पनीलाई २०२९ पछि पनि निजी समूहकै नियन्त्रणमा राख्ने उद्देश्यसहित ‘कृत्रिम नेपाली स्वामित्व’ सिर्जना गरिएको आरोप सार्वजनिक भएपछि राजनीतिक, प्रशासनिक र आर्थिक वृत्तमा नयाँ बहस सुरु भएको छ ।

स्रोतहरूका अनुसार व्यवसायी सतिशलाल आचार्यसँग जोडिएको समूहले दूरसञ्चार ऐनको कानुनी प्रावधानको प्रयोग गर्दै कागजी रूपमा नेपाली स्वामित्व ५० प्रतिशतभन्दा माथि पुर्‍याउने रणनीति अघि बढाएको दाबी गरिएको छ । दूरसञ्चार ऐन २०५३ अनुसार कुनै दूरसञ्चार कम्पनीमा नेपाली पक्षको स्वामित्व ५० प्रतिशतभन्दा बढी भए कम्पनी स्वतः सरकारको स्वामित्वमा जानु नपर्ने व्यवस्था छ । यही कानुनी ‘लुपहोल’ प्रयोग गरेर एनसेललाई निजी नियन्त्रणमै राख्ने प्रयास भएको आरोप उठेको हो ।

यसै सन्दर्भमा आचार्य पत्नी भावना सिंहको नाममा २० प्रतिशत सेयर देखाइएको विषयले थप प्रश्न उठाएको छ । कम्पनी अभिलेखअनुसार उक्त लगानीको मूल्य करिब दुई करोड रुपैयाँ बराबर देखिए पनि बजार मूल्यका आधारमा त्यो हिस्साको वास्तविक मूल्य अर्बौं रुपैयाँ हुनुपर्ने विश्लेषण सार्वजनिक भइरहेको छ । आर्थिक क्षेत्रका जानकारहरूका अनुसार एनसेलजस्तो कम्पनीमा २० प्रतिशत सेयर केवल केही करोड रुपैयाँमा देखाइनु सामान्य व्यावसायिक व्यवहारसँग मेल नखाने विषय हो ।

सन् २०२३ मा बेलायतमा करिब एक लाख पाउण्ड लगानीमा स्थापना गरिएको कम्पनीमार्फत एनसेलको ८० प्रतिशत सेयर खरिद गरिएको घोषणा भएपछि विवाद अझ चर्किएको थियो । सार्वजनिक विवरणअनुसार उक्त कारोबारको मूल्य केवल पाँच करोड अमेरिकी डलर देखाइएको थियो । तर, आर्थिक विश्लेषकहरूले यसलाई वास्तविक मूल्यभन्दा निकै कम भएको दाबी गर्दै ‘नाम मात्रको हस्तान्तरण’ हुनसक्ने आशंका व्यक्त गरेका छन् । अझ रोचक कुरा, सम्झौताअनुसार भविष्यमा आउने लाभांश पुरानै मालिक आजियाटालाई जाने व्यवस्था गरिएको विषयले पनि कारोबारको पारदर्शितामाथि प्रश्न उठाएको छ ।

लाइसेन्स नवीकरण प्रक्रियालाई लिएर पनि राजनीतिक संरक्षणको आरोप सार्वजनिक भएको छ । तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले कम्पनीमाथि रहेको करिब २० अर्ब रुपैयाँ दायित्व र समूहको कमजोर वित्तीय अवस्थालाई आधार बनाएर लाइसेन्स नवीकरण रोक्ने तयारी गरेको बताइन्छ । तर सरकार परिवर्तनपछि केपी शर्मा ओली नेतृत्वको सरकारले दायित्व असुल नगरी लाइसेन्स नवीकरण गरिदिएको भन्दै आलोचना भइरहेको छ ।

यसबीच नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृतिबिनै ८० प्रतिशत सेयर हस्तान्तरण गरिएको आरोपसमेत उठेको छ । नियामकीय व्यवस्थाअनुसार पाँच प्रतिशतभन्दा बढी सेयर खरिद–बिक्री गर्दा नियामक निकायको अनुमति आवश्यक हुने भए पनि यति ठूलो स्वामित्व परिवर्तनमा औपचारिक स्वीकृति प्रक्रिया पूरा नभएको दाबी गरिएको छ । उद्योग विभागबाट अनुमति नलिइएको, विदेशबाट रकम वैधानिक रूपमा नेपाल नआएको तथा कारोबार कागजी रूपमा मात्रै भएको आरोपहरू पनि सार्वजनिक भइरहेका छन् ।

यसैबीच, ‘राइट सेयर’मार्फत नेपाली स्वामित्व ५० प्रतिशतभन्दा माथि पुर्‍याउने अर्को योजना अघि सारिएको दाबी गरिएको छ । स्रोतका अनुसार २०८१ भदौमा भावना सिंहले सात करोड रुपैयाँ जम्मा गरेको विवरण देखाइएको थियो, जसलाई कम्पनीले ‘सेयर पुँजी अग्रिम’ शीर्षकमा राखेको बताइएको छ । विश्लेषकहरूका अनुसार यसरी नेपाली लगानी बढाइएको देखाएर २०२९ पछि पनि कम्पनी निजी समूहकै नियन्त्रणमा राख्ने दीर्घकालीन रणनीति बनाइएको हुनसक्छ ।

स्मार्ट टेलिकम प्रकरण सर्वोच्च अदालतसम्म पुगेपछि विभिन्न व्यावसायिक र राजनीतिक सम्बन्धहरू पनि सतहमा आउन थालेको दाबी गरिएको छ । अनुसन्धानको दायरामा केही बैंक अधिकारी, व्यावसायिक समूह र नियामक निकायसँग सम्बन्धित व्यक्तिहरूको नामसमेत चर्चामा आएको बताइएको छ । केही एनसेल अधिकारी नेपालबाहिर गएको चर्चा पनि भइरहेको छ ।

यस प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल नेतृत्वका सरकारहरूको निर्णय प्रक्रियामाथि समेत प्रश्न उठ्न थालेको छ । त्यस्तै, विभिन्न उच्चपदस्थ कर्मचारी, नियामक निकायका अधिकारी तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको भूमिकामाथि पनि चासो बढेको छ । यद्यपि, यी सबै आरोपहरू अदालतबाट प्रमाणित भइसकेका छैनन् र सम्बन्धित पक्षहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

एनसेलसँग प्रतिक्रिया लिन गरिएको प्रयास सफल नभएको उल्लेख गरिएको छ । कम्पनीकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर प्रमुख विशाखा खड्का कुँवरसँग सम्पर्क गर्न खोजिए पनि प्रतिक्रिया प्राप्त हुन नसकेको जनाइएको छ ।

सरकारी निर्णय, बैंकिङ कारोबार, शेयर संरचना, लाइसेन्स नवीकरण प्रक्रिया र विभिन्न निकायबीच भएका पत्राचार क्रमशः सार्वजनिक हुँदै जाँदा यो प्रकरण नेपालको दूरसञ्चार क्षेत्रकै सबैभन्दा ठूलो आर्थिक तथा नीतिगत विवादका रूपमा विकसित हुनसक्ने देखिएको छ । अहिले कानुनी र राजनीतिक वृत्तमा एउटै प्रश्न गुञ्जिन थालेको छ— यदि सम्पूर्ण संरचना, निर्णय श्रृंखला र वित्तीय सम्बन्धहरू प्रमाणित भए, त्यसको जिम्मेवारी कसले लिने ?

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।