Washington DC, US : March 13, 2026, Friday 10:22 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु|पानी परे पछि बल्ल अलिकति सुधार भएको छ राजधानीको बायु प्रदुषण|एनआरएनलाई विदेशी जस्तो बनाइयो|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे

Breaking News – मृत्यु विवरण : वैदेशिक रोजगारीका क्रममा ११ वर्षमा १२ हजारभन्दा बढी नेपालीको मृत्यु

  NepalMother.com | २९ कार्तिक २०८२, शुक्रबार १७:१४

काठमाडौं । विदेशी भूमिमा रोजगारीका क्रममा पछिल्लो ११ वर्षमा झन्डै १२ हजार नेपाली कामदारले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डले संकलन गरेको विस्तृत तथ्याङ्कअनुसार, रोजगारीमा जाने नेपालीहरूबीच हृदयघात, आत्महत्या र सडक दुर्घटना मृत्युका प्रमुख कारणका रूपमा पुनः पुष्टि भएका छन्।  हालै सार्वजनिक गरिएको ‘आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन’ अनुसार, गत आर्थिक वर्ष मात्र १,५४४ नेपाली वैदेशिक रोजगारीमा रहँदै मृत्यु भएको उल्लेख छ।

गत वर्षका मृत्यु विवरण

२०८१ साउन १ देखि २०८२ असार मसान्तसम्मको अवधिमा

  • ३२९ — बिरामीका कारण

  • २२४ — हृदयघात

  • १९१ — आत्महत्या

  • १७६ — सडक दुर्घटना

  • २१२ — प्राकृतिक मृत्यु

  • ५४ — कार्यस्थल दुर्घटना

  • ४७ — क्यान्सर

  • १२ — मिर्गौला समस्या

  • — कोभिड–१९

  • २०८ — अन्य कारण

  • ३० — मृत्युको कारण अज्ञात

  • — हत्या

सबैभन्दा धेरै मृत्यु भएका देश

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै मृत्यु मलेसियामा भएको छ।

  • मलेसिया — ३९४

  • साउदी अरेबिया — ३३५

  • यूएई — ३११

  • कतार — २५२

  • कुवेत — ८४

  • बहराइन — २५

  • रोमानिया — २४

  • दक्षिण कोरिया — १९

  • ओमान — १५

  • क्रोएसिया — १४, मौरिसस — १३, जापान — १३, माल्दिभ्स — ८, अन्य देशहरूमा सानो संख्यामा मृत्यु भएको छ।

मृतक परिवारलाई सहायता

प्रतिवेदनका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा मृत्यु भएका १,५४४ नेपालीको परिवारलाई वैदेशिक रोजगार बोर्डले एक अर्ब ११ करोड ९४ लाख ६० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ।

११ वर्षमा १२ हजारभन्दा बढी नेपालीको मृत्यु

आर्थिक वर्ष २०७१/७२ देखि २०८१/८२ सम्मको ११ वर्षमा वैदेशिक रोजगारीका क्रममा कुल ११,९६४ नेपालीले ज्यान गुमाएका छन्।

वार्षिक मृत्यु संख्या यस प्रकार छ:

  • २०७१/७२ — १,००६

  • २०७२/७३ — ८२७

  • २०७३/७४ — ७६०

  • २०७४/७५ — ८३८

  • २०७५/७६ — ७८५

  • २०७६/७७ — ६८१

  • २०७७/७८ — १,२७६

  • २०७८/७९ — १,५१२

  • २०७९/८० — १,२७६

  • २०८०/८१ — १,४५९

  • २०८१/८२ — १,५४४

११ वर्षका विस्तृत कारण

बोर्डको तथ्याङ्कअनुसार ११ वर्षमा—

  • २,७०९ — बिरामी भएर

  • २,२२६ — प्राकृतिक कारण

  • १,८८२ — हृदयघात

  • १,४१९ — सडक दुर्घटना

  • १,४१८ — आत्महत्या

  • ६३४ — कार्यस्थल दुर्घटना

  • १,३६९ — अन्य (क्यान्सर, मिर्गौला, हत्या आदि)

  • २७५ — कारण अज्ञात

प्रतिवेदनले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सुरक्षा, स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य, बिमा व्यवस्था र श्रम निगरानी प्रणाली अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता बल्झिएको निष्कर्ष निकालेको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।