Washington DC, US : April 10, 2026, Friday 07:36 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|मध्यपूर्वमा जारी अस्थायी युद्धविराममाथि गम्भीर प्रश्न उठ्न थाले|बहुचर्चित सुन तस्करी प्रकरणसँग जोडिएको मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा सहितका व्यक्तिविरुद्ध गम्भीर आरोप|Breaking News : अमेरिका–इरानबीचको बढ्दो तनावबीच अन्ततः अस्थायी सहमतितर्फ, इरानले दुई हप्ताको युद्धविराम स्वीकार गरेको घोषणा, अमेरिका–इरानबीच भएको दुई हप्ते युद्धविराममा इजरायलले पनि समर्थन|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त

पत्रकारिता र मिडियाप्रतिको बढ्दो अविश्वास, हावा सूचना र हाम्रो चुनौती - रामप्रसाद खनाल, अध्यक्ष, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिका

  NepalMother.com | १५ आश्विन २०८२, बुधबार ०९:२७

आजको नेपालमा एक गहिरो र पीडादायी यथार्थ छ – पत्रकारिता, जसलाई लोकको चौथो अंग मानिन्छ, त्यही पत्रकारिता र पत्रकारमाथि नै प्रश्नचिह्न लागिरहेको छ। कारण स्पष्ट छ; मुलधारका भनिने मिडियाहरू र त्यहाँ कार्यरत केही स्वनामधन्य मिडियाकर्मीहरूको राजनीतिकरण, अदूरदर्शिता र पाखण्डीपन । यी कारणले गर्दा जनताको विश्वास खस्कँदै गएको छ। परिणाम स्वरूप, आज आम पाठक र दर्शकले समाचारको सत्यता पहिचान गर्न सक्ने आधार गुमाइरहेका छन्। के सही र के गलत ? छुट्याउन गाह्रो हुने यस्तो समय हामीले पहिले कहिल्यै देखेका थियौँ र ? यो स्थिति कहालीलाग्दो मात्र नभई लोकतान्त्रिक प्रणालीका लागि खतरनाक पनि बन्दैछ।

पत्रकारिताको पतन र हावाहुरी सूचनाको उकालो यात्रा

पत्रकारिता एक समय समाजको आत्मा थियो। यथार्थमा आधारित, तथ्यसहितको सूचना पाउनु नागरिकको अधिकार र पत्रकारहरूको पेशागत धर्म थियो। तर पछिल्ला वर्षहरूमा केही प्रभावशाली मिडियाले पार्टीगत रंग धारण गरे। कसैको राजनीतिक आकांक्षाको मुखपत्र बन्ने, कसैको आर्थिक स्वार्थमा पक्षपाती समाचार बनाउने र कसैको व्यक्तिगत रिसईबी पूरा गर्न “विशेष रिपोर्ट” भनेर भ्रामक प्रचार गर्ने क्रमले पत्रकारितालाई कमजोर मात्र बनाएको छैन, बरु यसको पवित्रता र विश्वसनीयतामै आँच ल्याएको छ।

सामाजिक सञ्जालले सूचना प्रवाहलाई सजिलो बनायो, तर यसले नै पत्रकारितालाई सबैभन्दा बढी चुनौती पनि दिएको छ। अब हरेक फेसबुक स्टाटस र युट्युब भिडियो समाचारझैँ देखिन्छ। सूचना खोजी गर्ने मेहनत नगरी जो कोहीले माइक र क्यामेरा समाएर “पत्रकार” बन्छन्। पत्रकारिताको आधारभूत शिक्षा, आचारसंहिता र अनुसन्धानात्मक मापदण्डबिना हावा हावा कुरा, अनुमान र अफवाहलाई समाचारको रूपमा पस्किन्छन।

परिणाम : असत्यले सत्यलाई हराउँदै

यो प्रवृत्तिको मारमा साँचो पत्रकार र वास्तविक मिडिया पनि परेका छन्। विश्वसनीयतामा दाग लाग्दा असल पत्रकारले समेत जनताको विश्वास गुमाइरहेका छन्। अपराधी र भ्रष्टाचारीले यस्ता भ्रमित सूचनालाई आफ्नो पक्षमा प्रयोग गरी निर्दोषलाई दोषी र दोषीलाई निर्दोष बनाउने जाल बुन्छन्।

थोरै उदाहरण पर्याप्त छन्  असत्य आरोपका कारण असल मानिसहरू सामाजिक सञ्जालमा चरित्र हत्या भोगिरहेका छन्। गलत समाचारले कसैको व्यक्तिगत र पेशागत जीवन नष्ट बनाइरहेको छ। कतिपय इमानदार कर्मचारी, व्यापारी वा नेता नै “भ्रष्ट” को ट्याग झेलिरहेका छन्। यता, साँच्चै भ्रष्ट र अपराधी भने “फेक” प्रचारमार्फत आफैंलाई चोख्याउन सफल भइरहेका छन्।

यसले समाजमा भय र निराशाको वातावरण सिर्जना गरेको छ। कसले के भन्यो, के लेख्यो भन्ने कुरा पत्ता लगाउन नागरिक बाध्य छन् तर आधारसहितको निष्कर्ष पाउन गाह्रो छ। सामाजिक सञ्जाललाई “असामाजिक सञ्जाल” बनाइयो भन्ने गुनासो यतिखेर सर्वसाधारणको मुखमा छ।

पत्रकारिता धर्ममा अडिग रहन सक्नेहरूको कठिन संघर्ष

यद्यपि, यो अँध्यारोबीच पनि केही उज्याला किरण छन्। थोरै भए पनि सच्चा पत्रकार आज पनि आफ्नो पेशागत धर्म र मर्ममा अडिग छन्। यथार्थ, तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्दै जनतालाई सही सूचना दिने यो कठिन लडाइँमा उनीहरू अझै उभिइरहेका छन्। राजनीतिक, आर्थिक वा सामाजिक दवाबका बीच पनि सत्य उजागर गर्न लागिपरेका यस्ता पत्रकार र संस्थान साँच्चै धन्यवादका योग्य छन्।

त्यो सजिलो छैन। धम्की, सामाजिक आक्रमण, आर्थिक संकट र मानवीय त्रासका बीच सत्य बोल्न सक्नु नै ठूलो साहस हो। तर यिनै साँचो पत्रकारहरूले नेपालमा लोकतन्त्र र उत्तरदायी शासनको मर्म जोगाइरहेका छन्।

हामी सबैको जिम्मेवारी

यो समस्या केवल मिडियाकर्मीको मात्र होइन, आम नागरिकको पनि हो। हामी पाठक, दर्शक र प्रयोगकर्ताले हरेक सामग्रीलाई बिना आधार शेयर गर्न छोड्नुपर्छ। “कसले भने ?” भन्दा पनि “स्रोत के हो? प्रमाण के छ?” भन्ने प्रश्न गर्न सक्नुपर्छ। शिक्षा र सूचनामा सचेतता अभिवृद्धि गर्नुपर्छ।

सत्य र असत्य छुट्याउन सजगता बढाउनै पर्छ। हामीले गलत समाचारमा टिप्पणी, शेयर र लाइक गरेर त्यसलाई बल नदिऊँ।

दशैंको सन्देश : सत्यको विजय होस्

दशैं केवल खुशीको पर्व मात्र होइन, सत्यले असत्यमाथि जित्ने प्रतीक पनि हो। यो अवसरमा हामी सबैले आफैंलाई प्रश्न गरौँ  के हामीले हावाहुरी सूचनाको बाढीमा बगिरहेका छौँ कि सोचेर बुझेर सूचना ग्रहण गरिरहेका छौँ ?

दुर्गा माताले विवेक र सत्यतिर जाने आँखा र कान दिउन्। यो दशैंले सबैलाई सुध्रिन र पत्रकारितालाई पुनः पवित्र बनाउन प्रेरणा देओस्। असल पत्रकारलाई सम्मान गरौँ, पाखण्डी र भ्रामक सूचनालाई अस्वीकार गरौँ।

निष्कर्ष
पत्रकारिता लोकको मेरुदण्ड हो। यदि त्यो मेरुदण्ड नै कमजोर भयो भने सम्पूर्ण समाजको सन्तुलन बिग्रन्छ। राजनीतिक रंग, व्यक्तिगत स्वार्थ र हावाहुरी सूचनाले पत्रकारितालाई कमजोर पार्दै गर्दा हामी सबैले सच्चा पत्रकार र प्रमाणित सूचनाको साथ दिनुपर्छ। असत्यलाई अस्वीकार गर्ने हाम्रो सामूहिक संकल्पले मात्र यो अन्धकारमाथि प्रकाश ल्याउन सक्छ।

बडा दशैं २०८२ को हार्दिक शुभकामना,  असत्यमाथि सत्य सधैँ विजयी होस्।

  • Editor in Chief – Nepalmother.com

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।