Washington DC, US : March 19, 2026, Thursday 05:38 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|राष्ट्रपतिलाई निर्वाचन परिणामसहितको विस्तृत प्रतिवेदन हस्तान्तरण|गगन थापाको राजिनामा र आगामी कार्यदिशा|Breaking News : कतारको प्रमुख ऊर्जा केन्द्र रास लाफानमा भएको आक्रमणपछि अमेरिका, बेलायत र युरोपभर ग्यासको मूल्य बढ्यो|रवि र बालेन्द्रलाई अत्यन्त अर्थपूर्ण खुला पत्र लेखे रबीन्द्र मिश्रले|इरानका गुप्तचर मन्त्री इस्माइल खतिब हवाई आक्रमणमा मारिए|NRNA नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले संगठनलाई नयाँ ढंगले पुनर्संरचना गर्ने र विश्वभरका नेपालीलाई एकीकृत गर्ने लक्ष्य सार्वजनिक|NRN नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग|Breaking News : इरानका दुई शीर्ष नेता मारिए|निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम सार्वजनिक|नेपाली अदालतमा विदेशी संस्थाले मुद्दा दर्ता गर्न पाउने नजिर स्थापित

गाजामा रहेका इजरायली बन्दीहरूबारे नयाँ विवाद उत्पन्न, इजरायल र बन्दीका परिवारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास इजरायली सेनाले गाजा सिटी कब्जा गर्ने लक्ष्यसहित हवाई र स्थल आक्रमण तीव्र पारेको बेला यो तस्वीर सार्वजनिक

  NepalMother.com | ४ आश्विन २०८२, शनिबार १४:०७

गाजामा रहेका इजरायली बन्दीहरूबारे नयाँ विवाद उत्पन्न भएको छ। हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले शनिबार सार्वजनिक गरेको ‘बिदाइ तस्वीर’मा ४८ जना बन्दीहरूको अनुहार देखाइएको छ, जसमा नेपालका विपिन जोशीको तस्वीर पनि समावेश गरिएको छ। यो तस्वीर सार्वजनिक गर्दै हमासले उनीहरूको वास्तविक अवस्थाबारे केही खुलाएको छैन, तर इजरायल र बन्दीका परिवारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास गरेको टाइम्स अफ इजरायलले जनाएको छ।

अल जजिराका अनुसार, इजरायली सेनाले गाजा सिटी कब्जा गर्ने लक्ष्यसहित हवाई र स्थल आक्रमण तीव्र पारेको बेला यो तस्वीर सार्वजनिक गरिएको हो। तस्वीरमा जीवित र मृत दुवै प्रकारका बन्दीहरूको अनुहार राखिएको छ र सबैलाई ‘रोन अराड’ भन्ने क्याप्सन दिइएको छ—यो सन् १९८६ मा लेबनानमा हराएका इजरायली पाइलट रोन अराडको नामसँग तुलना गर्दै गरिएको प्रतीकात्मक टिप्पणी हो।

हमासले तस्वीरसँगै गरेको टिप्पणीमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको “अस्वीकार” र सेनाप्रमुख एयाल जामिरको “आत्मसमर्पण”लाई दोष दिंदै, गाजा सिटीमा सैन्य कारबाही सुरु हुनु अघिको “बिदाइ” भएको दाबी गरेको छ। नेतान्याहूले हमाससँग सम्झौता नगर्ने अडान दोहोर्याउँदै आएको छ भने जामिरले पनि सरकारको रणनीति सार्वजनिक रूपमा आलोचना गरे पनि सैन्य आक्रमणलाई नेतृत्व गरेको बताइएको छ।

इजरायली अधिकारीहरूले अझै करिब २० जना बन्दी जीवितै रहेको विश्वास व्यक्त गरेका छन्, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संख्या २० भन्दा कम हुन सक्ने बताएका छन्। नेतान्याहू र ट्रम्प दुवैले सबै जीवित र मृत बन्दीहरू फर्काउने र हमासलाई पूर्ण रूपमा ध्वस्त पार्ने प्रतिज्ञा गरेका छन्।

हमासले भने इजरायली तीव्र आक्रमण र स्थल अभियानका कारण बन्दीहरूको जीवन खतरामा परेको चेतावनी दिएको छ। समूहका अनुसार केही बन्दीहरू इजरायली बम आक्रमणमै मारिएका छन् र बाँकीलाई गाजाका विभिन्न बस्तीमा “छरिएर राखिएको” दाबी गरिएको छ।

तेल अभिभलगायत इजरायलका ठूला शहरहरूमा लाखौं नागरिकहरू सडकमा उत्रेर युद्ध अन्त्य गर्न र बन्दीहरूलाई सुरक्षित फर्काउन सरकारलाई दबाब दिइरहेका बेला यो तस्वीर सार्वजनिक भएको हो। यसअघि पनि हमासले बन्दीहरूको भिडियो सार्वजनिक गरेर इजरायली समाजमा रोष र चिन्ता जगाएको थियो। यो घटनाले गाजाको संघर्षलाई अझ संवेदनशील र तनावपूर्ण बनाइदिएको छ।

May be an image of 2 people, beard and text

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।