Washington DC, US : March 10, 2026, Tuesday 11:14 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे|निर्वाचन आयोगद्वारा १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल|Breaking News : युद्ध सुरु भएयता ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या सात, मोज्तबा खामेनेई नयाँ सर्वोच्च नेता बनाउने निर्णय|तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ सहित उच्च तहका अधिकारीमाथि फौजदारी दायित्व निर्धारण गर्दै कानुनी कारबाही गर्न सुझाव|इरानका राष्ट्रपतिले गल्फ क्षेत्रका देशहरूसँग माफी माग्दै “पहिले हमला नभएसम्म इरानले उनीहरूलाई निशाना नबनाउने” बताए

Breaking News : देशभरका कारागारबाट हजारौँ कैदीबन्दी भागे, अहिलेसम्म ५,४९५ कैदी र २४४ बालबन्दी फिर्ता ८,८१६ अझै फरार देउवाको गर्धनमा १२ टाँका, उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग, राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाबाट सरकार गठन गर्न नसकिने भएपछि संसद विघटन गरिएको बताए

  NepalMother.com | ३ आश्विन २०८२, शुक्रबार ०८:०३

भदौ २४ गतेको जेन–जी आन्दोलन हिंसात्मक बनेपछि आन्दोलनकारीको समूहले शेरबहादुर देउवाको निवासमै घुसपैठ गरी देउवा दम्पतीमाथि धारिलो हतियारले आक्रमण गरेको घटनाले देशभर तरंग ल्याएको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आक्रमणका क्रममा देउवाको गर्धनमा गहिरो चोट लागी १२ वटा टाँका लगाउनुपरेको हो। उपचारपछि देउवाको स्वास्थ्यमा सुधार आइरहेको र उनले पार्टी नेताहरूसँग छलफल सुरु गरेको विश्वकर्माले जानकारी दिए। त्यस्तै, आरजु राणा देउवाको स्वास्थ्यमा पनि उल्लेखनीय प्रगति भएको बताइएको छ।

शुक्रबार सानेपास्थित क्षतिग्रस्त कांग्रेस मुख्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दम्पतीमाथि भएको ‘अमानवीय र बर्बरतापूर्ण’ आक्रमणको तीव्र निन्दा गर्दै दुवैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बैठकले भदौ २३ र २४ गतेको आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटका घटनाले खर्बौँ मूल्य बराबरको निजी तथा सार्वजनिक सम्पत्ति नष्ट भएको भन्दै सरकारलाई उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

बैठकपछि बोल्दै विश्वकर्माले मुलुकको सबै राजनीतिक समस्या संविधानकै दायराभित्र समाधान खोजिनुपर्ने कांग्रेसको अडान पुनः स्पष्ट गरे। पार्टीले भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जाल सुचारु गरिनेजस्ता जायज मागहरूलाई आत्मसात् गर्दै विधिसम्मत समाधानका लागि प्रतिवद्धता जनाएको छ। साथै, मुलुक चुनौतीपूर्ण मोडमा रहेकाले सबै सदस्य, समर्थक र आम नेपालीबीच एकता र संयम आवश्यक भएको कांग्रेसको निष्कर्ष छ।

यता राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा सितल निवासमा आयोजित समारोहमा बोल्दै, प्रतिनिधि सभाबाट सरकार गठन गर्न नसकिने भएपछि संसद विघटन गरिएको बताएका छन्। उनले मुलुक फेरि नयाँ सपनासहित परिवर्तनको मार्गमा अघि बढेको उल्लेख गर्दै, आगामी छ महिनाभित्र अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गरेर निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए। पौडेलले सबै राजनीतिक दल, निकाय र बौद्धिक समुदायलाई पूर्वाग्रह र द्वन्द्वभन्दा पर रही निर्वाचनलाई सफल बनाउन एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

राष्ट्रपतिले भदौ २४ पछि उत्पन्न राजनीतिक रिक्तता र कठिन परिस्थितिलाई सबैको सुझबुझ र सहकार्यले सम्हालिएको भन्दै लोकतन्त्रलाई थप सबल बनाउन सबै पुस्ताको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे। उनले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति संवेदना प्रकट गरे।

यसैबीच, आन्दोलनकै गडबडीका कारण देशभरका २७ कारागार र नौवटा बालसुधारगृहबाट हजारौँ कैदीबन्दी भागेका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी र १,४२२ मध्ये ९६४ बालसुधारगृहका बालबन्दी भागेका थिए। अहिलेसम्म ५,४९५ कैदी र २४४ बालबन्दी फिर्ता भइसकेका छन् भने ८,८१६ अझै फरार रहेको र खोजी कार्य जारी रहेको विभागले जनाएको छ। नेपाल प्रहरीको हिरासतबाट भागेका कैदीबन्दीको पनि खोजी चलिरहेको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।