Washington DC, US : March 9, 2026, Monday 07:07 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल|Breaking News : युद्ध सुरु भएयता ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या सात, मोज्तबा खामेनेई नयाँ सर्वोच्च नेता बनाउने निर्णय|तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ सहित उच्च तहका अधिकारीमाथि फौजदारी दायित्व निर्धारण गर्दै कानुनी कारबाही गर्न सुझाव|इरानका राष्ट्रपतिले गल्फ क्षेत्रका देशहरूसँग माफी माग्दै “पहिले हमला नभएसम्म इरानले उनीहरूलाई निशाना नबनाउने” बताए|खड्ग ओली हराउने झापाली जनतामा नमन र सम्मान !|Cartoon|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !|अमेरिकी प्रतिनिधि सभामा ३७२ मतका साथ पारित भयो इरान “विश्वकै सबैभन्दा ठूलो राज्य–प्रायोजित आतंकवाद समर्थक देश” प्रस्ताव|कम्युनिष्ट सिध्याउने कलंक बने ओली !|अहंकार दम्भ र घमण्डको पहाड भत्किएपछिको जनअपेक्षा

तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ सहित उच्च तहका अधिकारीमाथि फौजदारी दायित्व निर्धारण गर्दै कानुनी कारबाही गर्न सुझाव

  NepalMother.com | २४ फाल्गुन २०८२, आईतवार ०७:४३

Updated….भदौ २३ र २४ गते काठमाडौंमा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले उच्च राजनीतिक र सुरक्षा नेतृत्वसमेत जिम्मेवार ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्की को नेतृत्वमा बनेको आयोगले झण्डै छ महिनासम्म अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ सहित उच्च तहका अधिकारीमाथि फौजदारी दायित्व निर्धारण गर्दै कानुनी कारबाही गर्न सुझाव दिइएको स्रोतले जनाएको छ।

आयोगका एक सदस्यका अनुसार घटनामा संलग्नता र जिम्मेवारी देखिएको भन्दै काठमाडौं प्रहरी नेतृत्व र प्रशासनिक नेतृत्वमाथि पनि कारबाही सिफारिस गरिएको छ। त्यसमा काठमाडौंका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी (त्यतिबेला एसएसपी) र तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लाई समेत जिम्मेवार मानिएको छ।

प्रतिवेदनअनुसार भदौ २३ र २४ का घटनाहरूलाई अलग–अलग रूपमा अध्ययन गरिएको थियो। आयोगको निष्कर्षमा भदौ २३ गतेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा सुरुमा १९ जनाको ज्यान गएको उल्लेख गरिएको छ। प्रहरीलाई गोली चलाउन निर्देशन दिएको आरोपमा प्रहरी नेतृत्वलाई जिम्मेवार ठहर गरिएको छ भने परिस्थिती नियन्त्रणबाहिर जाँदा पनि माथिल्लो तहमा समयमै जानकारी नदिएको भन्दै घटनास्थलमा रहेका कमान्डरहरूलाई पनि कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको आयोग स्रोतले जनाएको छ।

आयोगका अनुसार अनुसन्धानका क्रममा दोषी देखिएका व्यक्तिहरूमाथि कसैलाई फौजदारी मुद्दा चलाउन र कसैलाई स्पष्टीकरण माग्नुपर्ने सुझाव प्रतिवेदनमा समेटिएको छ।

यसैबीच आन्दोलनको क्रममा सरकारी कार्यालय तथा सार्वजनिक सम्पत्ति जोगाउन सक्रिय भूमिका खेलेका सुरक्षाकर्मी र अन्य व्यक्तिलाई सम्मान वा पुरस्कार दिनुपर्ने सुझाव पनि आयोगले सरकारलाई दिएको छ।

भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमाथि सरकारले प्रारम्भिक अध्ययन सुरु गरेको छ। आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषदका केही सदस्यहरूले त्यसको विषयवस्तु र सम्भावित कारबाहीका प्रक्रियाबारे आन्तरिक छलफल सुरु गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग सम्बन्धित स्रोतका अनुसार केही मन्त्रीहरूले प्रतिवेदनको प्रारम्भिक अध्ययन गरिरहेका छन्। अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिवेदनसँग सम्बन्धित थप निर्णय र प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार आयोगले प्रतिवेदन सिलबन्दी अवस्थामा बुझाएकाले अहिलेसम्म त्यसलाई औपचारिक रूपमा खोलेर अध्ययन गरिएको छैन। उनका अनुसार आगामी मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन पेश भएपछि मात्रै त्यसको सामग्री सार्वजनिक हुने वा थप निर्णय हुने सम्भावना छ।

आयोगसँग सम्बन्धित स्रोतका अनुसार प्रतिवेदन तयार पार्ने क्रममा प्रारम्भिक मस्यौदा कर्मचारीहरूले तयार गरे पनि केही संवेदनशील विषयहरू अन्तिम चरणसम्म खाली राखिएको थियो। ती विषयहरूमा घटनासँग जोडिएका व्यक्तिहरूको भूमिका र उनीहरूमाथि सिफारिस गरिएको कारबाही समावेश गरिएको बताइएको छ। अन्तिम चरणमा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ती संवेदनशील भागहरू आयोगकै तर्फबाट तयार गरिने भन्दै कर्मचारीहरूलाई संलग्न नगरिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रतिवेदनमा जनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमको विश्लेषण गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको भूमिकाबारे पनि समीक्षा गरिएको छ। उनीहरूको जिम्मेवारीसम्बन्धी विश्लेषणसहित कारबाहीका लागि सिफारिस गरिएको बताइएको छ, तर कस्तो प्रकारको कारबाही सिफारिस गरिएको हो भन्ने विषय सार्वजनिक गरिएको छैन।

त्यसैगरी तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतका अधिकारीहरूको भूमिकाबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको स्रोतले जनाएको छ। घटनासँग सम्बन्धित अन्य प्रहरी अधिकारीहरूका हकमा भने प्रहरी ऐनअनुसार कारबाहीको सिफारिस गरिएको बताइएको छ।

भदौ २४ गते भएको हिंसात्मक घटनाबारे पनि आयोगले विस्तृत विश्लेषण गरेको छ। त्यस क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले निभाएको भूमिकाबारे समेत समीक्षा गरिएको छ। आगजनी र तोडफोडमा संलग्न भएको देखिएका केही व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरिएको आयोग निकट स्रोतले जनाएको छ। साथै त्यस्तो अवस्था सिर्जना हुनुका कारणहरू र त्यसपछिका परिस्थितिहरूको पनि अध्ययन गरिएको बताइएको छ।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले भदौ २४ को घटना जटिल र विस्तृत प्रकृतिको भएकाले आयोगले आगामी अनुसन्धानका लागि आधार तयार गरिदिएको बताएका छन्। उनका अनुसार आयोगले आफूले देखेको तथ्यका आधारमा प्रतिवेदन तयार गरेको हो, जसलाई कसैले स्वीकार गर्न सक्छ भने कसैले अस्वीकार पनि गर्न सक्छ।

उता गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिवेदन अहिले गोप्य अवस्थामा रहेको बताएका छन्। उनका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन प्रस्तुत गरेर अध्ययन गरेपछि मात्रै त्यसबारे थप जानकारी सार्वजनिक हुनेछ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।