Washington DC, US : April 5, 2026, Sunday 10:26 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त|इमान्दार एमाले नेता र कार्यकर्ताका लागि यो भन्दा ठुलो नैतिक हार अरु के होला र !|चीनले पाकिस्तानसँग मिलेर युद्ध रोक्ने प्रयास, पाँच बुँदे प्रस्ताव अघि सारे|बेलायतसहित पश्चिमी मुलुकहरू लक्षित कडा र असामान्य टिप्पणी

Breaking News : युद्ध सुरु भएयता ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या सात, मोज्तबा खामेनेई नयाँ सर्वोच्च नेता बनाउने निर्णय अहिलेसम्मको ताजा जानकारी अनुसार इरानमा १४०० भन्दा बढी मानिस को मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । इजरायलमा इरानी मिसाइल र ड्रोन आक्रमणबाट करीब २६ जनाको ज्यान गएको छ र सयौं घाइते भएका छन्। लेबनानमा इजरायली हमलाले करिब ४०० भन्दा बढीको मृत्यु भएको बताइएको छ। अन्य खाडी मुलुकहरूमा पनि केही क्षति भएको छ।

  NepalMother.com | २४ फाल्गुन २०८२, आईतवार १७:३८

इरान, इजरायल, अमेरिका युद्धका कारण मध्यपूर्वको अवस्था झन् जटिल र तनावपूर्ण बन्दै गएको छ। पछिल्ला घटनाक्रमले यो संघर्ष क्षेत्रीय सीमाभन्दा बाहिर फैलिने सम्भावना बढेको संकेत दिएका छन्। अहिलेसम्मको ताजा जानकारी अनुसार इरानमा १४०० भन्दा बढी मानिस को मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । इजरायलमा इरानी मिसाइल र ड्रोन आक्रमणबाट करीब २६ जनाको ज्यान गएको छ र सयौं घाइते भएका छन्। लेबनानमा इजरायली हमलाले करिब ४०० भन्दा बढीको मृत्यु भएको बताइएको छ। अन्य खाडी मुलुकहरूमा पनि केही क्षति भएको छ, यद्यपि अहिले सम्म ठीक-ठीक संख्या सबै ठाउँमा एकैनासले पुष्टि भइसकेको छैन।

इरानमा सर्वोच्च नेता चयन गर्ने निकाय असेम्ब्ली अफ एक्सपर्ट्स (Assembly of Experts) ले आयातोल्लाह अली खामेनेई (Ali Khamenei) को स्थानमा उनका छोरा मोज्तबा खामेनेई (Mojtaba Khamenei) लाई नयाँ सर्वोच्च नेता बनाउने निर्णय गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। तर नियुक्ति प्रक्रिया अझै पूर्ण रूपमा टुंगो लागिसकेको छैन र केही प्रशासनिक तथा राजनीतिक अवरोध बाँकी रहेको बताइएको छ। यसबीच इजरायलले भने खामेनेईका सम्भावित उत्तराधिकारीलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको छ।

युद्धका क्रममा अमेरिकाको पनि क्षति बढ्दै गएको छ। अमेरिकी सेनाको मध्यपूर्व क्षेत्र हेर्ने कमाण्ड युनाइटेड स्टेट्स सेन्ट्रल कमाण्ड (United States Central Command सेन्टकम) का अनुसार इरानले गत साता मध्यपूर्वका विभिन्न क्षेत्रमा गरेको प्रारम्भिक आक्रमणमा घाइते भएका एक अमेरिकी सैनिकको मृत्यु भएको छ। यससँगै युद्ध सुरु भएयता ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या सात पुगेको छ। ती सैनिक साउदी अरेबियामा अमेरिकी फौजमाथि गरिएको आक्रमणमा गम्भीर घाइते भएका थिए।

उता लेबनानमा इजरायली हवाई आक्रमणका कारण मानवीय क्षति तीव्र रूपमा बढेको छ। लेबनान सरकारका स्वास्थ्य मन्त्रीका अनुसार हालसम्म इजरायली आक्रमणमा करिब चार सय जनाको मृत्यु भइसकेको छ। दक्षिणी लेबनानका गाउँहरूमा गरिएको पछिल्लो आक्रमणपछि बिहानै अस्पतालहरूमा घाइते र मृतकका शव ल्याइएका दृश्य देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।

इरानको राजधानी तेहरानमा पनि ठूलो क्षति भएको विवरण सार्वजनिक भएको छ। तेल भण्डारण केन्द्रहरूलाई लक्षित गर्दै गरिएको तीव्र हवाई बमबारीपछि शहरका विभिन्न भागमा आगलागी र बाक्लो धुवाँ फैलिएको स्थानीय बासिन्दाहरूले बताएका छन्। एक महिलाले “हावामै जलेको तेलको गन्ध फैलिएको छ” भन्दै त्यहाँको भयावह अवस्था वर्णन गरेकी छन्।

युद्ध फैलिने जोखिम अझ बढेको देखिएको छ। पछिल्लो एक सातामा इजरायल, साउदी अरेबिया, ओमान, कतार, इराक, कुवेत र संयुक्त अरब इमिरेट्सले आफूहरूमाथि इरानी मिसाइल वा ड्रोन आक्रमण भएको बताएका छन्। बहराइन र जोर्डनले पनि आफ्नो आकाशतर्फ प्रहार गरिएका मिसाइलहरू अवरोध गरेको दाबी गरेका छन्। साइप्रसस्थित बेलायती हवाई अड्डा आरएएफ अक्रोटिरी (RAF Akrotiri) मा भएको ड्रोन आक्रमणलाई लेबनानस्थित इरान समर्थित समूह हिजबुल्लाह (Hezbollah) सँग जोडेर हेरिएको छ।

यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघची (Abbas Araghchi) ले अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (Donald Trump) ले इरानसँग युरोपसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र रहेको दाबी गरेको कुरा गलत भएको बताएका छन्।

अराघचीका अनुसार इरानसँग मिसाइल निर्माण गर्ने क्षमता भए पनि देशले आफ्ना क्षेप्यास्त्रहरूको दूरी करिब दुई सय किलोमिटरमै सीमित राखेको छ। उनले इरानले अन्य देशलाई खतरा महसुस नहोस् भन्ने नीति अपनाएको दाबी गर्दै हालसम्म क्षेप्यास्त्रको दूरी बढाउने कुनै योजना सुरु नगरेको बताएका छन्।

मध्यपूर्वमा बढ्दो युद्ध र हिंसाका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै क्याथोलिक चर्चका प्रमुख Pope Leo XIV ले युद्ध रोक्न र संवाद सुरु गर्न विश्वलाई आह्वान गरेका छन्।

भ्याटिकनको St. Peter’s Square मा आइतबार आयोजित नियमित एन्जेलस प्रार्थनाका क्रममा पोप लियो चौधौँले इरानसँगको युद्ध मध्यपूर्वभर फैलिने खतरा देखिएको भन्दै आफू “गहिरो चिन्तित” भएको बताए।

उनले “बमको आवाज बन्द होस्” भन्दै हिंसा अन्त्य गरी संवाद सुरु गर्न आग्रह गरे। पोपले भने, “जनताको आवाज सुन्नका लागि वार्ता आवश्यक छ।”

पोपका अनुसार पछिल्ला घटनाहरूले मध्यपूर्वमा हिंसा, विनाश र घृणा तथा डरको वातावरण बढाएको छ। उनले विशेषगरी Lebanon को अवस्था झन् अस्थिर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे। उनका अनुसार यदि युद्ध अझै फैलियो भने थप देशहरू पनि यसमा तानिन सक्ने जोखिम छ।

यसबीच भ्याटिकनका कूटनीतिक प्रमुख Cardinal Pietro Parolin ले पनि युद्धको खतराबारे चेतावनी दिएका छन्। उनले भने, “यदि कुनै पनि देशले आफ्नै मापदण्डमा ‘पूर्व–आक्रमण (preventive war)’ गर्ने अधिकार दाबी गर्न थाल्यो भने संसारभर आगो फैलिने जोखिम हुन्छ।”

भ्याटिकनले परम्परागत रूपमा कूटनीतिक तटस्थता अपनाउँदै आएको भए पनि इरान युद्धलगायत केही मुद्दामा पोप लियो चौधौँ र अमेरिकी राष्ट्रपति Donald Trump बीच मतभेद देखिएको बताइएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।