Washington DC, US : July 20, 2026, Monday 06:23 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (GSI) मा समर्थन गरेको भन्ने विषय फेरि विवादमा

  NepalMother.com | १६ भाद्र २०८२, सोमबार ०८:२३

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसँगै नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (GSI) मा समर्थन गरेको भन्ने विषय फेरि विवादमा तानिएको छ। चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति सी चिनफिङसँग ओलीको भेटपछि सार्वजनिक गरेको विज्ञप्तिमा नेपालले GDI, GSI र GCI तीनवटै पहललाई समर्थन गरेको दाबी गरेको छ। तर नेपाली पक्षले यसबारे औपचारिक स्पष्टता नदिँदा प्रश्नहरू उठेका छन्।

परराष्ट्र मामिला विज्ञ रुपक सापकोटाले चीनले एकपक्षीय रूपमा धारणा प्रस्तुत गरेको हुनसक्ने भन्दै नेपालले यसमा स्पष्ट धारणा दिनुपर्ने बताउँछन्। उनका अनुसार, नेपाल पहिल्यै GDI मा सहभागी भइसकेको हो तर GSI भने संवेदनशील विषय भएकाले “असंलग्न परराष्ट्र नीति” को आधारमा सहभागी नभएको अघिल्ला नीतिहरूले देखाउँछन्।

दक्षिण एसियाली सुरक्षा मामिलाका जानकार एवं नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातले पनि वृहत छलफलविना नेपालले कुनै सुरक्षा पहलमा समर्थन गर्नु जोखिमपूर्ण हुने बताए। उनका अनुसार, “यदि नेपालले GSI समर्थन गरेको हो भने, यसले हाम्रो भूराजनीतिक पोजिसन परिवर्तन गर्छ र नेपाल चीनको ब्लकमा तानिन्छ भन्ने प्रश्न उठ्छ।”

सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले समेत यसमा सहभागी हुन नहुने धारणा सार्वजनिक गरेका छन्। उनका अनुसार, अमेरिका नेतृत्वको इन्डो–प्यासिफिक स्ट्राटेजी र चीनको GSI जस्ता अवधारणामा नेपालले असंलग्न परराष्ट्र नीतिलाई आधार बनाउनुपर्छ।

पूर्वसांसद् दिपकप्रकाश भट्टले भने चिनियाँ वक्तव्यमा नेपालले समर्थन गरेको दाबी मात्र आएको भन्दै, यसमा अझै प्रष्टिकरण आवश्यक रहेको बताए। उनका अनुसार, “यो प्रधानमन्त्रीको व्यक्तिगत दलको नीति हो कि राष्ट्रिय सहमतिबाट आएको हो भन्ने विषय स्पष्ट हुनुपर्छ।”

ओलीले आफ्नो भ्रमणमा लिपुलेक–भारत सम्झौता र सुगौली सन्धिको प्रसंग उठाएर नेपालको भू–अधिकारबारे चीनसँग आपत्ति प्रष्ट्याएको विषयले भने देशभित्र प्रशंसा पाएको छ। तर, GSI समर्थनको दाबीले राजनीतिक तहदेखि विज्ञ सम्ममा शंका पैदा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर उठेको विवादमा उनका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (GSI) मा समर्थन नगरेको स्पष्ट पारेका छन्।

चिनियाँ विदेश मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिमा ओली र राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा नेपालले चीनले अघि सारेका तीन एजेन्डा — ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (GDI), ग्लोबल सेक्युरिटी इनिसियटिभ (GSI) र ग्लोबल सिभिलाइजेसन इनिसियटिभ (GCI) — लाई समर्थन गरेको उल्लेख थियो। तर, डा. खतिवडाले उक्त दाबीलाई अस्वीकार गर्दै नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिअनुसार कुनै पनि मुलुकको सुरक्षा रणनीतिको हिस्सा बन्न नसक्ने प्रष्ट्याएका छन्।

भदौ १४ गते तियानजिनमा भएको द्विपक्षीय भेटमा ओलीले भाग लिएको बैठक एससिओ प्लस शिखर सम्मेलनकै साइडलाइन वार्ता भएको भन्दै खतिवडाले त्यस्तो भेटमा सहमति वा सम्झौतामा हस्ताक्षर नहुने स्पष्ट पारे। उनका अनुसार, भ्रमणको मुख्य उद्देश्य सम्मेलनमा सहभागिता र अघिल्ला सहमति–सम्झौताहरू, विशेषगरी बेल्ट एन्ड रोड इनिसियटिभ (BRI) अन्तर्गतका परियोजनाको कार्यान्वयनबारे छलफल गर्नु थियो।

चिनियाँ विज्ञप्तिमा नेपालले GSI समर्थन गरेको उल्लेख भए पनि खतिवडाले यसलाई “पूर्णरूपमा गलत प्रचार” भनेका छन्। उनले जोड दिँदै भने, “नेपालले कुनै पनि मुलुकको सुरक्षा रणनीति स्वीकार गर्ने वा त्यसको अङ्ग बन्ने सोच कहिल्यै बनाएको छैन।”

यससँगै नेपाल–चीनबीच BRI अन्तर्गत भएका समझदारीलाई कार्यान्वयन गर्ने प्राथमिकता दिने विषयमा छलफल भएको उनले बताए।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor