Washington DC, US : July 18, 2026, Saturday 11:46 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|क्यानडाको डढेलोको धुवाँ अमेरिकामा फैलिँदा ….|इरानमाथि अमेरिकाको लगातार सातौँ रात हवाई आक्रमण|आज साँझदेखि देशभर मुसलधारे वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम उच्च, ६ प्रमुख राजमार्ग प्रभावित|साउनदेखि बैंक ब्याजदर थप घट्यो : निक्षेपकर्तालाई झट्का, ऋणीका लागि भने अवसर|माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप|न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

अब फोहोर पारिसकेपछि देखेको दैलोको के अर्थ हुन्छ ? प्रा पुरुषोत्तम दाहाल

  NepalMother.com | ९ भाद्र २०८२, सोमबार १०:४४

पाँच वर्ष पुरानो सहमतिलाई कार्यान्वयन गर्ने पुनर्सहमति छिमेकी मित्र राष्ट्र भारत र चीनले गरेका छन् । सन् २०१५ यता गंगामा धेरै पानी बहिसकेको छ र ब्रहृमपुत्र वा याङसी नदी पनि उस्तै बहिरहेका छन् । भारत र चीनबीच ०१५ मा भएको द्विपक्षीय सहमतिका समयमा नै हामीले भनिरहेका थियौं भारत र चीनले पहिले आफ्नो राष्ट्रिय स्वार्थ हेर्नेछन् । चीनले नेपालको स्वार्थ वा भारतले नेपालको स्वार्थ हेर्दैनन् । लिपुलेकमा सडक बनाउने वा दुई पक्षीय सहमतिमा त्यही मार्गलाई दुवै पक्षले उपयोग गर्ने निर्णय गर्दा नेपाललाई एक शब्द सोध्ने जाँगर चीन र भारत दुबैले देखाएनन् । नेपालको भूमिलाई उपयोग गर्ने निर्णय दुई पक्षले गर्दा भूमि मालिक भने फड्के किनाराको साक्षी हुनुपर्ने अवस्था देखिनु दुर्भाग्यपूर्ण हो । नेपालको सुरक्षा छाता हुनेछ भनेर चीनमाथि भरोसा गर्ने धेरै नेपालीहरू थिए र छन् पनि । तर, सुरक्षा छाता मानिएको चीनले नेपालको भूमि उपयोग गर्न भारतसँग सहमति गर्ने समयमा नेपालसँग एकवचन सोध्ने चेष्ठा गरेन । भारतलाई मात्रै दोष दिएर जागीर खानेहरूमात्रै होइन भारतका पक्षमा वकालत गरिरहनेहरूसमेत यस विषयमा मौन देखिए । अब फोहोर पारिसकेपछि देखेको दैलोको के अर्थ हुन्छ ?
कुनै विद्यालय वा गुरुकुलमा बसेर नपढेका तत्कालीन राजा पृथ्वीनारायण शाह र ‘क’ अक्षर पनि नचिनेका प्रधानमन्त्री जंगबहादर राणाले समेत नेपालको राजनीति र कूटनीतिका सीमा बुझेका थिए । पच्चीस दशकअघिको अवस्था भिन्न थियो ।

अहिले युगले कोल्टो फेरेको छ । सूचनाको गति, विकासको गतिले संसार छपक्क छोपिएको छ । तर, पनि संसार देखेका, इतिहासका अनेक कालखण्डको अध्ययन गरेका, विद्यालय महाविद्यालयमा अध्ययन अध्यापन गरेका, विद्यावारिधि हासिल गरेका आजका नेपालीहरूले नेपालको भूराजनीतिक यथार्थतालाई बुझ्न र भूमिलाई सुरक्षित गर्ने हैसियत र सामथ्र्य समेत देखाउन सकेका छैनन् । यसोभन्दा हामी कसैलाई पनि सुखद् अनुभूति हुँदैन । नेपालको भूमिको उत्तर वा दक्षिण दुबैतिर जीवित बाघहरू छन् । एउटामा अडेस लाग्दा अर्कोले आँखा तर्ने र दुबै निदाएको अवस्थामा हलचल गरे दुवै ब्यूँझने स्थिति छ ।
हामी यो गम्भीर अवस्थालाई महसुस गर्नुभन्दा पनि माक्र्सवाददेखि दलाल पुँजीवादसम्म समाजवाददेखि अनेक वादहरूको विमर्शमा व्यस्त छौं । राष्ट्रवादको उत्तेजक नारा लगाउँछौं तर राष्ट्रवादी अडान र साना देशको स्वतन्त्रता र सार्वभौम सर्वोच्चताका पक्षमा दृढ युक्रेनमाथि रूसले गरेको आक्रमणलाई सिधा र सगौरव समर्थन गर्छौं, हामी हिन्दु राष्ट्रको पहिचानको कुरा गर्छौं तर पाकिस्तानदेखि इरानसम्म र त्योभन्दा पनि पर पुगेर हमास र हिजवुल्लाहका पक्षमा समर्थन गरिरहेका हुन्छौं, कतिपयले इसाइहरूसँग समेत गैरसरकारी संस्थामार्फत सहयोग जुटाउँदै काम गरिरहेका हुन्छौं । लोकतन्त्रको कुरा गछौं तर सबैभन्दा ठूलो लोकतन्त्र भारत र अमेरिकाविरुद्ध निरन्तर घृणाको खेती गरिरहेका हुन्छौं ।

हामी के बुझिरहेका छैनौं वा बुझेर पनि बुझ पचाइरहेका छौं भने : शब्दले राष्ट्रको स्वतन्त्रता, सार्वभौम सर्वोच्चता सुरक्षित हुँदैन । व्यावहारिक धरातल निर्माण गर्नुपर्दछ । सुदृढ रक्षाकवच तयार पार्नुपर्दछ । आफू कमजोर छु भन्ने सत्यलाई स्वीकार गर्दै शक्ति आर्जनको उपायहरू खोज्नुपर्दछ । अहिलेको युग वैश्विक युग हो र विस्तारो यान्त्रिक युगमा परिणत भइरहेको छ । यान्त्रिक युगको विकासको आधार पनि वाणिज्य विकास नै हो । इजरायलको जीवन र युक्रेनको अवस्थाको मिहीन समीक्षा गर्दै हामीले बाँच्ने सशक्त आधार खडा नगरी हुँदैन ।

तेलजस्तै गरी नेपालको भूमि प्राकृतिक स्रोतमा धनी छ । नेपालले आफ्नो प्राकृतिक स्रोतको सुरक्षा र सही उपयोगमा ध्यान केन्द्रित गर्नु जरुरी छ । हाम्रो भूगोल नेपालीका लागि वरदान र अभिसाप दुबैजस्तो छ । अभिसाप यसका छिमेकमा दुई विशालकाय राष्ट्रहरू हुनु हो भने वरदान ती विशालकाय छिमेकीलाई उपयोग गर्ने अवसर पनि छ । यसका लागि उग्र, तर्कहीन नारा वर्षाउनुभन्दा समयानुकुल रणनीति तय गर्नु आवश्यक छ । सामन्ती राजा महाराजा वा राणा शासनलाई सरापेर नेपाल प्रगतिशील भएको भ्रम छर्नुको कुनै अर्थ छैन । उनीहरूले कुन व्यावहारिक धरातलमा रहेर देशको सार्वभौम सर्वोच्चता सुरक्षित गरेका थिए र कतिपय सन्दर्भमा उनीहरुले के कति कसरी गल्ती गरेका थिए त्यो कुशल नीति र अवस्थालाई गहिरोसँग बुझ्नु र विश्लेषण नगरी हुँदैन ।

निकै लामो प्रयासपछि प्रधानमन्त्री केपी ओली चीन र भारतको भ्रमणमा जानु हुने निश्चय भएको छ । दुबै छिमेकी मित्र राष्ट्रहरूले नेपाललाई एक शब्द नसोधी आपसी दुई पक्षीय सहमतिमा नेपालको भूमि उपयोग गर्ने भएका छन् । नेपालप्रति दुवै सकारात्मक छैनन् भन्ने यो पछिल्लो उदाहरण हो । यस्तो समय नेपालको कूटनीति कस्तो हुनुपर्ने हो ? राजनीति गर्ने कि कूटनीतिको भर गर्ने ? नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भएको स्पष्ट गरेको छ । अनेक ऐतिहासिक प्रमाण छन् नेपालसँग । त्यसमा पनि सुगौली सन्धि पहिलेको अवस्था हेर्ने हो भने नेपालको आकार विशाल छ र प्रमाणहरू पनि छन् । कमसेककम सुगौली सन्धिसम्म नपुगे पनि कालापानीसम्म त नेपालको अधिकार सुनिश्चित स्थापित छ । तर, भारतीय पक्ष यसलाई वेवास्ता गर्दै फरक दाबी गरिरहेको मात्रै छैन वर्षौं लगाएर उसले चीनसम्म पुग्ने मोटरबाटो नै निर्माण गरिसकेको छ । भारतले सडक निर्माण गर्न सुरु गर्दैदेखि नेपालको कूटनीतिक सक्रियताले त्यसलाई रोक्नु जरुरी थियो । त्यस समयको नेतृत्वले सकेन । विस्तारै चीनसमेत भारतको सहयोगमा जुट्न पुगेपछि नेपालको सामथ्र्य, कूटनीति निरीह हुनपुगेको छ ।

शक्तिशाली बन्ने आधार खडा गर्नुभन्दा सदा अरूलाई निषेध गर्ने, अरूका खुट्टामा उभिएर आफ्नै नागरिकविरुद्ध कारबाही गर्ने, वर्गशत्रुको विनाशदेखि, नागरिक अधिकार खोस्ने शासकहरूको नायकत्वका कारण देश सानो र झन् सानो भइरहेको छ । अन्तर्राष्ट्रिय सामथ्र्य झन् कमजोर भइरहेको छ । यस्तो समय एकथरी अतिवादीहरू प्रधानमन्त्रीले चीन र भारत दुबैतिर भ्रमण रोक्न सल्लाह, सुझाव दिन लागेका छन् । यो सुझाव देशको हितमा हुनसक्दैन । अनेक असहमति भए पनि प्रधानमन्त्री ओलीको भ्रमण हाम्रो तर्फबाट रोकिनु हुँदैन । चीन गएर त्यहाँको नेतृत्वसँग गम्भीरतापूर्वक आफ्नो पक्ष राख्नुपर्छ भने भारत पुगेर विद्यमान प्रमाणहरू प्रस्तुत गर्नु अनिवार्य छ । यदि दुबै पक्ष सहमत भएकाखण्डमा सो क्षेत्रको स्वामित्व नेपालकै हो भनेर स्वीकार गर्न लगाउने र उपयोगका सन्दर्भमा विकल्प खोज्नु उचित हुनेछ । तातो रिस र प्रतिक्रिया झन् घातक हुनसक्छ । -हिटाबाट

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor